
बेझाड, पाल्पा, २९ असोज ‘साथमा पैसा भयो भने सबैको हाई हाई, नभए कोही न कोही’ भनेझै थियो, रम्भा गाउँपालिका–२ फोक्सिङ्गकोटकी हुमीकुमारी पाँडेलाई । आठ वर्ष अघिसम्म गर्जो टार्नै हम्मे हम्मे थियो, कष्टकर जीवन थियो तर, अहिले उहाँको दैनिकी बदलिएको छ । विगतमा दुई छोराछोरीको पठनपाठन, घरायसी खर्च धान्न धौ...बाँकी अंश →

रुपन्देही, २९ असोज बौद्ध परम्पराअनुसार गरिने पवित्र कथिन (कठिन) उत्सव आजदेखि लुम्बिनीमा शुरु भएको छ । तीन महीना वर्षाबासमा बसेका भिक्षुहरुका लागि गरिने कठिन दानका लागि बुद्ध जन्मस्थलमा दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो । असारदेखि असोज पूर्णिमासम्मको तीन महिनालाई वर्षाबास भनिन्छ । पोखराका दाता पान श्री गुरुङको सहयोगमा आयोजित...बाँकी अंश →

धनगढी, २९ असोज कैलाली र कञ्चनपुर जिल्लाका किसानलाई यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ । धान बेचेर खर्चको जोहो गर्नुपर्ने हुँदा चाडबाडको समयमा पनि आफूहरुलाई धान भित्र्याउने चटारो बढेको स्थानीय कृषकले बताएका छन् । अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ...बाँकी अंश →
काठमाडौँ, २९ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल र नेपाली समाजको विशेषतालाई ध्यानमा राखेर विकासमा जोड दिनुपर्ने बताउनुभएको छ । पार्टीले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उहाँले मुलुकको विकास र समृद्धिका लागि संसारको...बाँकी अंश →

काठमाडौँ, २९ असोज निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य नेपाली बजरामा आज प्रतितोलामा रु १०० कम भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ६०० कायम भएको छ । मङ्गलबार स्थानीय बजारमा छापावाला सुन प्रतितोला रु ७० हजार...बाँकी अंश →

फिक्कल, २९ असोज प्रतिकिलो दश लाख पर्ने उच्च मूल्यको जडीबुटी केशरको व्यावसायिक उत्पादन इलाममा शुरु गरिएको छ । जौवारी मल्टी परपोज एग्रीकल्चर एण्ड इन्भाइरोमेन्ट सेन्टरले इलामको माइजोगमाई गाउँ पालिका ६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको खेती शुरु गरेको हो । भारतको कास्मिरबाट दुई मन केशरको बीउ ल्याएर...बाँकी अंश →

इनरुवा, २९ असोज सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको को...बाँकी अंश →

काठमाडौँ, २९ असोज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताउनुभएको छ । केही वर्ष पहिले चीन र भारतको भ्रमणमा जाँदा विशिष्ट भू–राजनीतिक अवस्थाको कारणले त्रिदेशीय साझेदारीको नयाँ आर्थिक विकासको रणनीतितर्फ जानुपर्दछ...बाँकी अंश →

कञ्चनपुर, २९ असोज कञ्चनपुर, २९ असोज ९रासस० ः चुरे पर्वत शृङ्खलामै रहेको स्वच्छ, सुन्दर र मनमोहक झिलमिला तालको न पानी घट्छ, न बढ्छ । तालको पानी कञ्चन छ । तालको चारैतिर घना जङ्गल भएर पनि पानीमा रुखका पात खसेका भेटिँदैन । न त पानीको कुनै निकास नै भेटिन्छ ।...बाँकी अंश →

काठमाडौँ, २९ असोज राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्मा भ्रमणका क्रममा थाइल्याण्डको बैंककस्थित सुवर्णभूमि अन्तरराष्ट्रिय विमानस्थलमा केही बेर रोकिँदा राजदूत गणेशप्रसाद ढकालले स्वागत गर्नुभएको छ । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका...बाँकी अंश →

नुवाकोट, २९ असोज नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो केरुङ यातायातको बा ४ ख ७५०४ नम्बरको बसले किच्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बालकको घटनास्थलमै ज्यान गएपछि आक्रोशित...बाँकी अंश →

काठमाडौँ, २९ असोज चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका लागि काठमाडौँ महानगरपालिकाले ‘तीनकुने शान्तिमण्डल’ किनाराको भागमा केही काम गरेपनि पूरा काम कहिले हुने भन्ने विषय अझै अन्यौलमै रहेको छ । विगत पाँच वर्षअघि नै कामपाले निर्माणको कार्य अघि बढाउने योजनाअघि सारेपनि अहिलेसम्म कत्ति पनि काम अघि बढ्न सकेको छ्रैन । यही...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: