बिहिबार, १५ चैत २०८०

सवारी दुर्घटनामा एकको मृत्यु

२९ आश्विन २०७६, बुधबार १५:३१ मा प्रकाशित

इनरुवा, २९ असोज  सुनसरीको धरान उपमहानगरपालिका तिनकुनेस्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरीबाट धरानतर्फ जाँदै गरेको को २१ प २३६१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको को १ ख १९३० नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा स्कुटर पछाडि सवार राईको घटनास्थलमै मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिनुभयो । स्कुटर चालक उहाँको श्रीमान् जयबहादुर राई सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स्कुटी, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter