१२ चैत २०८२

प्रदेश

प्रहरी नायब महानिरीक्षक दुर्घटनाका चालक थुनामा

काभे्रपलाञ्चोक, १२ मङ्सिर ९रासस० ः मण्डनदेउपुर नगरपालिका–६ भाङ्गेटारमा गत कात्तिक १० गते प्रहरी नायब महानिरीक्षक ९डिआइजी० सुशीलकुमार भण्डारीलगायत तीन जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका जिप चालक प्रदीप बोगटीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । यसअघि उनलाई २७ दिन हिरासतमा राखी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीको...बाँकी अंश →


जिप दुर्घटनामा दुईको मृत्यु

दुल्लु, १२ मङ्सिर,,   सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उक्त गाउँपालिका–३ का वडासदस्य कर्णबहादुर बोगटीका अनुसार सोही स्थानका ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा...बाँकी अंश →


दुर्घटनामा एकको मृत्यु

काठमाडौँ, १२ मङ्सिर,,   नम्बर नखुलेको सावारीको ठक्करबाट आज बिहान टेकुमा एक जनाको मृत्यु भएको छ । टेकु पुलस्थित कनक पेट्रोल पम्प अगाडि नम्बर नखुलेको सवारी साधनले बिहान ४ बजे कञ्चनपुर घर भई हाल कीर्तिपुर बस्ने १९ वर्षीय जीवन सिंहलाई ठक्कर दिँदा गम्भीर घाइते उनको उपचारका लागि वीर अस्पताल लैजाने क्रममा...बाँकी अंश →


अग्निपीडितलाई राहत

गलकोट, १२ मङ्सिर,,   बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवीगाउँका अग्निपीडितलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले राहतस्वरुप रकम उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद खरेलले अग्निपीडितलाई जनही रु १० हजारका दरले राहत प्रदान गर्नुभएको थियो । गत आइतबार बिहान ढोरपाटनको नवीगाउँमा आगलागी हँुदा ४३ परिवारका...बाँकी अंश →


रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

बैतडी, १२ मङ्सिर,,   पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो ।...बाँकी अंश →


घलेम्दी जलविद्युत अन्तिम चरणमा

म्याग्दी, १२ मङ्सिर ,,   अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ । पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम...बाँकी अंश →


जुनी फेरेको रानीतलाउ

बाँके, १२ मङ्सिर,,   लामो समयदेखिको बेवास्ताका कारण टन्न घाँस उम्रिएर सुख्खा बनेको रानीतलाउले तलाउले जुनी फेरेको छ । नगर प्रमुख डा धवलशमसेर राणा निर्वाचित भएलगत्तै जीर्णोद्धार गर्ने निर्णय अहिले कार्यान्वयनमा आएपछि नेपालगन्ज उपमहानगरपालिका भित्रको उक्त तलाउ आकर्षक पर्यटकीय क्षेत्र पनि बन्न पुगेको छ । नेपालगञ्जसित रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै...बाँकी अंश →


रिलायन्स इन्सुरेन्सको शाखा नुवाकोटमा

नुवाकोट, ११ मङ्सिर,,   रिलायन्स लाइफ इन्सुरेन्सले आजदेखि यहाँ औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बट्टारमा बजारमा राखिएको शाखाको आज नुवाकोट उद्याग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गर्दै जीवन बीमा सबैले अनिवार्य गर्नुपर्ने र यसबाट मृत्युपछिको जोखिम वहन र आफ्नै जीवनकालमा पनि धेरै फाइदा लिन सकिने बताउनुभयो ।...बाँकी अंश →


श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

काठमाडौँ, ११ मङ्सिर ,,   नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि महासङ्घले आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश...बाँकी अंश →


ढोरपाटनमा नाउर र झारलको सिकार

गलकोट, ११ मङ्सिर ,,   ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो । नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक सिकारीले आफ्नो प्रमुख गन्तव्य बनाउँदै आएका छन् । सिकार...बाँकी अंश →


नेपाल भारतका सुरक्षा अधिकारीको बैठक सम्पन्न

तौलिहवा, ११ मङ्सिर,,   नेपाल भारत सीमा क्षेत्रमा हुने आपराधिक घटना न्यूनीकरणका लागि दुबै देशका सुरक्षा अधिकारीबीचको समन्वयात्मक बैठक भारत सिद्धार्थनगर जिल्लास्थित अलिगढवामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा अवस्था विश्लेषण, सीमास्तम्भ तथा दशगजा क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका उपाय, सूचनाको आदानप्रदान तथा सीमापार अपराध न्यूनीकरणका लागि अपनाउन...बाँकी अंश →


संविधानसँग बाझिएका दुई सय कानून संशोधन गर्न आग्रह

काठमाडौँ, ११ मङ्सिर,,   सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानून तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज यहाँ आयोजित ‘ऐन कार्यान्वयनमापन तथा अध्ययन अनुसन्धान सम्बन्धी एकदिने गोष्ठी’ को उद्घाटनमा उहाँले संविधानसँग बाँझिएका २०० कानून भएको हुँदा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter