१२ चैत २०८२

प्रदेश

अठ्ठाइस बिघा गाँजा र आठ बिघा अफिम खेती नष्ट

हेटौँडा, १२ मङ्सिर,,   मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ । यही मङ्सिर ९ गतेदेखि १५ गतेसम्म कार्यालयले शुरु गरेको दोस्रो चरणको अभियानअन्तर्गत आजसम्ममा सो परिमाणमा गाँजा र अफिम खेती...बाँकी अंश →


केरा खेतीमा गभारो र एकाधिकारको समस्या

पशुपतिनगर, १२ मङ्सिर ,,  इलामको दक्षिणी क्षेत्रको माई नगरपालिकामा केरा खेतीमा गभारो रोग फैलिएपछि किसान चिन्तित बनेका छन् । रोग नियन्त्रण र बजारीकरणमा सरकारी सहयोग नहुँदा भनेजस्तो आम्दानी लिन नसकेको किसानको गुनासो छ । दक्ष प्राविधिकको अभावमा किसानका केरा बगान गभारो रोगले सखाप हुँदै गएको र केरा बिक्री गर्दा पनि...बाँकी अंश →


गाउँले दूषित पानी पिउन बाध्य

जुम्ला, १२ मङ्सिर ,,   स्रोत, संरचना सबै हुँदा पनि तातोपानी गाउँपालिका–२ जर्मी गाउँमा महीनौँदेखि खानेपानीको हाहाकार भइरहेको छ । पानी छोड्ने चौकीदारले एकाएक पानी नछोडेपछि पूरै गाउँले दूषित नदीको पानी खान बाध्य भएका हुन् । आफूलाई गाउँलेले तलब पनि नदिएको र केही टाठाबाठाले खानेपानी आयोजनाका सामग्रीमा अनियमितता गरेको भन्दै धारा...बाँकी अंश →


दैलेख जीप दुर्घटना ः पाँच मृतक

दुल्लु, १२ मङ्सिर,,   दैलेखको ठाटीकाँध गाउँपालिकामा भएको जीप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । जीपमा सवार आठमध्ये पाँच जनाको मृत्यु भएको हो भने तीन जना गम्भीर घाइते भएका छन् । आज बिहान सुर्खेतदेखि ठाटीकाँध गाउँपालिकाको बाहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जीप ठाटीकाँधको पीपलचौतारा धामीगाउँ...बाँकी अंश →


चिडियाखानामा ‘रिङ टेल्ड ल्युमर’

काठमाडौँ, १२ मङ्सिर,,   ललितपुरमा रहेको सदर चिडियाखानामा पहिलो पटक नयाँ जनावर रिङ टेल्ड ल्युमर अवलोकनका लागि राखिएको छ । गत शुक्रबारदेखि अवलोकनका लागि राखिएको जनावर यसअघि चिडियाखानामा नभएको चिडियाखानाका सूचना अधिकारी लिना पालिखेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त जनावर चिडियाखानालाई जिल्ला वन कार्यालय काठमाडौँले उपलब्ध गराएको हो । अफ्रिकी...बाँकी अंश →


अलैँचीमा गुणस्तर खोजी शुरु

तेह्रथुम, १२ मङ्सिर,,  मेन्छ्यायेम गाउँपालिका–३, श्रीजुङका यामबहादुर लिम्बू करीब दुई बोरा अलैँची बेच्न पिठ्युँमा बोकेर व्यापारी इन्द्र भण्डारीको पसल पुग्नुभयो तर अलैँची राम्रो नसुकेको भन्दै पुनः राम्ररी सुकाएर ल्याउन भनेपछि उहाँ चकित पर्नुभयो । विगतमा यसैगरी सुकाएर लाखौँको अलैँची कारोवार गरेका लिम्बूलाई व्यापारीले अलैँचीको गुणस्तर भएन भन्दा रिस पनि उठेको...बाँकी अंश →


तेल चोर्ने चालक कारवाहीमा

विराटनगर, १२ मङ्सिर,,   भारतबाट ल्याइने ट्याङकरबाट डिजेल चोरी गर्ने ट्याङकर चालकलाई नेपाल आयल निगम विराटनगरले कारवाही गरेको छ । भारतको ब्रोनीबाट सुखदेव सिंहको ५९६५ नं को ट्याङकर चलाउने चालक धमेन्द्र स्वर्णकारले बाटोमै दुई हजार ४८४ लिटर डिजल चोरी गरी बिक्री गरेको विराटनगर निगमका प्रमुख दिनेशकुकार यादवले जानकारी दिनुभयो । ट्याङकरमा...बाँकी अंश →


न्यायालयलाई मर्यादित बनाउनु पर्छ ः महान्यायाधिवक्ता खरेल

विराटनगर, १२ मङ्सिर ,,   महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई मर्यादित बनाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारी वकिलको कार्यालयलाई विकृति, विसङ्गतिरहित एवं व्यावसायिक संस्थाका रुपमा अघि बढाउने कार्य शुरु गरिएको जानकारी दिनुभयो । महान्यायाधिवक्ता खरेलले सरकारले काम गरेबापत राष्ट्रसेवक कर्मचारीलाई सेवा सुविधा दिएकाले अनियमितता...बाँकी अंश →


सबै जिल्लामा स्वास्थ्य बीमा ः मन्त्री ज्ञवाली

काठमाडौँ, १२ मङसिर,,   परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताउनु भएको छ । प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले अहिले २५ जिल्लामा स्वास्थ्य बीमा...बाँकी अंश →


नक्कली सुनसहित तीन पक्राउ

काठमाडौँ, १२ मङ्सिर ,   महानगरीय प्रहरी प्रभाग बल्खुले नक्कली सुनसहित तीनजनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले अवैध सुनसहित दाङका २८ वर्षीय गोपाल विक र २७ वर्षीय शिव कुमाल तथा सल्यानका २७ वर्षीय सञ्जयकुमार तिरुवालाई मङ्गलबार राति नियन्त्रणमा लिई आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी...बाँकी अंश →


संविधान कार्यान्वयन र समृद्धिको यात्रा प्रारम्भ

बुटवल, १२ मङ्सिर,,  प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ आँै वार्षिकोत्सवको अवसरमा उहाँले विगतका वर्ष राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै अबको समय सुखी...बाँकी अंश →


कानून र योजना निर्माण यो वर्षको मुख्य काम ः मुख्यमन्त्री पोखरेल

नारायणपुर, १२ मङ्सिर,,   प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले यो वर्ष आधारभूत कानून निर्माण र आवधिक योजना निर्माणको कामलाई महत्वपूर्ण कामको रूपमा अगाडि बढाएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले १५ वटा कानून पारित भइसकेको र त्यति नै मात्रामा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter