१२ चैत २०८२

प्रदेश

जीर्ण भयो बेली ब्रिज

मुसिकोट, १४ मङ्सिर,,   राप्ती लोकमार्गअन्तर्गत रुकुम पश्चिम बैरागीठाँटीस्थित बाह्र वर्षअघि निर्माण गरिएको बेली ब्रिज जीर्ण भएको छ । मुसिकोट नगरपालिका–४ र १२ को सिमानामा रहेको उक्त बेली ब्रिजको विभिन्न स्थानमा प्वाल परेकाले जोखिम बढ्दै गएको सम्बद्ध सवारी चालकहरूले बताउँदै आएका छन् । पुल निर्माणपछि मर्मत र सम्भार नगरिँदा स्टिल प्लेट...बाँकी अंश →


पाथीभराको भेटी रु ५० लाख

ताप्लेजुङ, १४ मङ्सिर ,,   प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा चार महीनामा करिव रु ५० लाख सङ्कलन भएको छ । गत साउनदेखि कात्तिक मसान्तसम्म तीर्थयात्रीले चढाएको रकम गणनामा रु ४९ लाख ६५ हजार ६५०सङ्कलन भएको तर भारतीय रुपैयाँ भने गणना गर्न बाँकी रहेको पाथीभरा भेटिघाटी व्यवस्थापन समितिका सदस्यसचिव उदय भट्टराईले जानकारी दिनुभयो...बाँकी अंश →


जुटे युवा पञ्चैबाजा संरक्षणमा

पाल्पा, १४ मङ्सिर ,,   नेपाली मौलिक बाजाका रुपमा स्थापित पञ्चैबाजा जोगाउन यहाँका परियार समुदायका युवा जुटेका छन् । रम्भा गाउँपालिका–१ हँुगीका पदमबहादुर परियारले शुरुआत गरेको अभियानमा सबै जुटेपछि लोप हुने अवस्थामा पुगेको पञ्चैबाजा संरक्षण भएको हो । पदमबहादुरका परिवारले पञ्चैबाजा बजाउने पेशालाई अँगाले पछि उहाँका परिवारका साथै नयाँ पुस्तासमेत संरक्षणमा...बाँकी अंश →


सुकीबाट नेपाल र म्यान्मा व्यापारमा जोड

काठमाडौँ, १३ मङ्सिर,,   म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले नेपाल र म्यान्माबीच व्यापार सम्बन्धलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर्स अफ कमर्शले स्थानीय भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’लाई विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै उहाँले दुवै मुलुकमा मानव संसाधनको उपयोग गरी आर्थिक विकास र समृद्धिका गतिविधि सञ्चालन गर्न सकिने बताउनुभयो...बाँकी अंश →


जनमुक्ति सेनाका पूर्वकमाण्डर जडीबुटी खेतीमा जम्दै

तेह्रथुम, १३ मङ्सिर,,   परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेशिने क्रम बढ्दो छ तर नेपालमा काम गर्नभन्दा विदेशमा धेरै दुःख कष्ट भोग्नुपर्छ भनेर उनीहरूमध्ये कमैले मात्रै सोचेका हुन्छन् । धेरै युवा विदेश जान चाहन्छन्, तर थोरै युवा जो हुन्छन् उनीहरू यही देशमा केही उत्पादनशील...बाँकी अंश →


घरघरमा आँखा जाँचसेवा

काभे्रपलाञ्चोक, १३ मङ्सिर ,,   बनेपा नगरपालिकाले आफ्नो १४ वटा वडाका घरघरमा आँखा जाँचसेवा प्रदान गरिहेको छ । नपाले बनेपास्थित रेयुकाई एईको मासुनागा अस्पतालको सहकार्यमा एक महीनादेखि नगरवासीका घरघरमा गएर स्वास्थ्कर्मीले सेवा प्रदान गरेको हो । बनेपा नपा–२ टुकुचा नालामा आँखा जाँच गरिरहनुभएकी स्वास्थ्यकर्मी अप्सरा लामिछानेले नगरको १२, १३ र १४...बाँकी अंश →


मौरी किसानलाई चरनको समस्या

चितवन, १३ मङ्सिर,,   मौरी चरन क्षेत्रका स्थानीय तहले पत्र काटेर मौरी चराउन नल्याउन भनेपछि यहाँका किसान समस्यामा परेका छन् । चरनको खोजीमा यहाँका किसानले विभिन्न जिल्लामा मौरी लैजाने गर्दछन् । नेपाल मौरीपालक महासङ्घका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्मा पौडेलका अनुसार दाङको घोराही नगरपालिका र अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चरनका लागि मौरीका घार...बाँकी अंश →


व्यावसायिक फलफूल खेतीलाई प्राथमिकता

बलेवा, १३ मङ्सिर,,   फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले व्यावसायिक फलफूल खेती प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूल खेतीलाई प्राथमिकतामा राखेको हो । नगरका अधिकांश वडामा विभिन्न किसिमका फलफूलको सम्भावना रहेकाले फलफूल खेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको...बाँकी अंश →


आगलागीबाट डेढ करोड बढीको क्षति

ठिनी, १३ मङ्सिर,,   मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा आज बिहान एक घरमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको धनमाल नोक्सानी भएको छ । स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा रु एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार १४ कोठा भएको...बाँकी अंश →


कम्बोडियाका प्रधानमन्त्री नेपालमा

काठमाडौँ, १३ मङ्सिर,,   एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभयो । सो अवसरमा नेपाली सेनाको एक टुकडीले उहाँलाई सलामी...बाँकी अंश →


ह्विलचियर हस्तान्तरण

काठमाडौँ, १३ मङ्सिर,,   गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् स्विट्जरल्याण्डको महिला फोरमले वीर अस्पताललाई ह्विलचियर प्रदान गरेको छ । फोरमका संयोजक शुभ एल्मर लामाको संयोजन र फोरमका पूर्व उपाध्यक्ष विजया भट्टको पहलमा आर्थिक सङ्कलन गरी १२ वटा ह्विलचियर अस्पताललाई प्रदान गरिएको हो । बिरामीको सेवामा अलिकति भए पनि सहयोग...बाँकी अंश →


मन्त्री खनाल र राजदुत शेफरबीच भेतवार्ता

केयरखबर १३ मङ्सिर,, काठमाण्डौ   कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र नेपालका लागि जर्मनी राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको छ । भेटमा राजदुत शेफरले आगामी जनवरीमा हुने कृषि मन्त्रीहरुको ११औं बर्लिन सम्मेलनमा (द्यभचष्लि ब्नचष्अगतिगचभ ःष्लष्कतभचकु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter