१२ असार २०८३

प्रदेश

माडीवासीका मागका सम्बन्धमा अध्यक्ष दाहालको चासो

चितवन, १४ मङ्सिर,,   नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिनुभएको छ । सो क्षेत्रका सांसद समेत रहनुभएका दाहालले प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतमार्फत माडीवासीका मागका विषयमा जानकारी लिनुभएको हो । दुई दिनअघि जङ्गली हात्तीले दुई...बाँकी अंश →


कम्बोडियाका प्रधानमन्त्री हुन सेन पाटनमा

ललितपुर, १४ मङ्सिर,,   कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आउनुभएका उहाँसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण गरेको ललितपुर महानगरपालिकाले जनाएको छ । बिहान मङ्गलबजार पुग्नुभएका प्रधानमन्त्री हुन सेनले झण्डै एक घण्टा पाटन दरबार क्षेत्रमा रहेका...बाँकी अंश →


गेटा मेडिकल कलेज निर्माणमा तीव्रता

धनगढी, १४ मङ्सिर,,   कैलालीको गेटास्थित निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । सुदूरपश्चिम प्रदेशमा मेडिकल शिक्षाको समृद्धिसँग जोडिएको यो कलेजको पूर्वाधार निर्माणले तीव्रता पाउँदा आगामी केही वर्षभित्रमै उक्त कलेजमा पठनपाठन सुचारु हुने आशा पलाएको स्थानीयवासी तीर्थराज ओझाले बताउनुभयो । ‘‘शुरुका वर्षमा विभिन्न बाधा अवरोध र...बाँकी अंश →


प्रधानमन्त्री ओली र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर,,   प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले आज यहाँ भेटवार्ता गर्नुभएको छ । सो अवसरमा उहाँहरूका बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु...बाँकी अंश →


माँझी बस्तीमा खानेपानी अभाव

पर्वत, १४ मङ्सिर ,,   कुश्मा नगरपालिका वडा नं १ पाङस्थित कालीगण्डकी किनारमा रहेको माँझी बस्तीमा खानेपानीको वर्षौंदेखि अभाव कायमै छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत र बागलुङको सिमानामा रहेको मालढुङ्गा बजार र माँझी बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय समस्यामा परेका छन् । सो बजारमा व्यवसायका लागि सानाठूला गरी करीब तीन दर्जन...बाँकी अंश →


बेनी–जोमसोम सडक स्तरोन्नति प्रगति न्यून

म्याग्दी, १४ मङ्सिर,,   म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक स्तरोन्नतिका लागि सञ्चालित आयोजनाको भौतिक प्रगति न्यून छ । प्रतिकूल भूगोल, प्राकृतिक विपद्, सवारी साधनको चाप, निर्माण व्यवसायीले पर्याप्तमात्रामा उपकरण र जनशक्ति परिचालन गर्न नसकेका कारण कालीगण्डकी करिडोर सडकको बेनी–जोमसोम खण्डको भौतिक प्रगति न्यून भएको...बाँकी अंश →


मुख्यमन्त्रीद्वारा अन्नपूर्ण आधार शिविरको अवलोकन

पोखरा, १४ मङ्सिर,,   गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गर्नुभएको छ । हिमाल आरोहणको इतिहासमा सबै भन्दा जेठो हिमालका रुपमा चिनिएको अन्नपूर्ण प्रथमको फेदीमा अवस्थित आधार शिविर र त्यहाँका वातावरणीय पक्ष, पर्यटकको आगमन लगायतका विषयमा बुझ्न मुख्य मन्त्री गुरुङ सो स्थानमा पुग्नुभएको हो ।...बाँकी अंश →


राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता

काठमाडौँ, १४ मङ्सिर ,,  राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका म्यान्माका स्टेट काउन्सिलर आङ सान सु कीले भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृतको सहभागिता रहेको...बाँकी अंश →


जोरबिजोर प्रणाली हट्यो

काठमाडौँ, १४ मङ्सिर,,   काठमाडौँ उपत्यकामा चल्ने सवारीसाधनलाई लगाइएको जोरबिजोर प्रणाली हटाइएको छ । गृह मन्त्रालयको निर्देशनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म लगाएको जोरबिजोर प्रणाली आज बिहान ११ः३० बजेदेखि हटाएको हो । मङ्सिर १३ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना गरिएको एशिया प्रशान्त सम्मेलनमा भागलिन विभिन्न देशका सरकार...बाँकी अंश →


शिक्षक आन्दोलित हुँदा पनठनपाठन प्रभावित

सल्यान, १४, मङ्सिर ,,   जिल्लाको वनगाड कुपिण्डे नगरपालिका भित्रका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ । नगरपालिकाले विगत पाँच महीनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो । नगरपालिकाका प्रमुख र उपप्रमुखबीच भएको विवादका कारण हालसम्म नगरपरिषद् हुन नसकेपछि शिक्षकलगायत नगरपालिकाका कर्मचारीले गत साउनदेखि...बाँकी अंश →


दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते

राजविराज, १४ मङ्सिर,,   राजविराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ मा बसको ठक्करबाट गए राति एक महिलाको मृत्यु भएको छ । राजबिराजबाट रुपनीतर्फ जाँदै गरेको ना१ज ८१०३ नंको म्याजिक बसले पैदलयात्री स्थानीयवासी ३८ वर्षीया प्रमिलादेवी पासवान र उहाँको साथमा रहेकी १४ महीनाकी छोरी प्रबती कुमारीलाई ठक्कर दिँदा दुवै जना घाइते भएका थिए...बाँकी अंश →


वडा कार्यालय भवन शिलान्यास

चितवन, १४ मंसिर,,   भरतपुर महानगरपालिका ं १३ न वडा कार्यालयको निर्माण गरिने भएको छ । महानगर प्रमुख रेनु दाहालले बिहीबार भवन शिलन्यास गर्दै आफूहरू योजनावद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो । महानगरको आन्तरिक स्रोत, र साधनका साथै शहरी विकास मन्त्रालय र अन्य सरकारी निकायसँगको समन्वयमा चक्रपथ निर्माण भइरहेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter