१३ असार २०८३

प्रदेश

मन्त्री पुनद्वारा सिँचाइ आयोजनाको निरीक्षण

कलैया, २८ मङ्सिर ,,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बारा जिल्लामा रहेका विभिन्न सिँचाइ तथा तटबन्ध योजनाहरूको अनुगमन निरीक्षण गर्नुभएको छ । बङ्गुरी खोलामा बाढी आएर त्यस क्षेत्रका स्थानीयहरूको उठीबास नै हुने स्थिति भएपछि सरकारले सो खोलामा तटबन्ध निर्माण गरेको थियो । मन्त्री पुनले सो तटबन्धको निरीक्षण गर्दै...बाँकी अंश →


सात करोड लगानीमा सुविधासम्पन्न रिसोर्ट

परासी, २८ मङ्सिर,,  पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीमा सुविधासम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । रु सात करोडको लगानीमा स्थानीय व्यवसायी कृष्ण नारायण श्रेष्ठले ‘नेचर रे रिभर भ्यू रिसोर्ट’ सञ्चालनमा ल्याउनुभएको हो । जिल्लाकै सुविधासम्पन्न मानिएको सो रिसोर्टमा एक हजार व्यक्ति अट्ने एसीसहितको सुविधायुक्त हल निर्माण गरिएको छ । यसैगरी एसी बैङ्क्वेट...बाँकी अंश →


सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

बैतडी, २८ मङ्सिर,,  मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बैतडीको खोडपे बझाङ जयपृथ्वी राजमार्ग क्षेत्रमा...बाँकी अंश →


रासस समाचार प्रभाव ः गणपति गुरुङबाट विद्यालयलाई सहयोग

रोल्पा, २८ मङ्सिर ९,,  प्रकाशित समाचार पढेर खड्गदलगण रोल्पाका गणपति अजय गुरुङले पूर्वी रोल्पाको एक विद्यालयलाई रु तीन लाखभन्दा बढीका शैक्षिक सामग्री प्रदान गर्नुभएको छ । गत कात्तिक १८ गते प्रकाशित राष्ट्रिय समाचार समितिद्वारा सम्प्रेषित ‘सहयोगको पर्खाइमा दलित विद्यालय’ शीर्षकको समाचार पढेर उहाँले सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँमा रहेको जनएकता आधारभूत...बाँकी अंश →


शोकमग्न छन् शम्शेरगञ्जवासी

राँझा, २८ मङ्सिर ,,  विवाहको जिप दुर्घटनामा परी बेहुलाका बाबु–आमासहित छ जनाको ज्यान गएपछि बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जवासी शोकमग्न छन् । बेहुला–बेहुलीसहित जन्तीको पर्खाइमा बसेका शम्शेरगञ्जवासीले कल्पनै नगरेको बज्रपात व्यहोर्नुपरेको छ । ‘विवाहको भव्य तयारी थियो, गाउँका अधिकांश जन्ती गएका थिए तर रमाइलो पल एकाएक दुःखमा परिणत भएको छ”, राप्तीसोनारी...बाँकी अंश →


मदिरा बरामद

सप्तरी, २८ मङ्सिर ,, नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा प्रहरीले सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका १४ बाट बिहीबार बरामद गरेको छ । दिलवाले नामको १०८ कार्टुन मदिरा ११ वटा साइकलमा राखी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।रामपुर मल्हनिया प्रहरी...बाँकी अंश →


महानगरपालिकाले आवश्यक कर्मचारी अझै टुङ्गो लगाएन

2018-12-14 09:33 ललितपुर, २८ मङ्सिर ,,  ललितपुर महानगरपालिकाले आफूलाई कति कर्मचारी आवश्यक पर्छ भन्ने निर्णय अझै गर्न सकेको छैन । कर्मचारीको संरचना बन्न नसक्दा यहाँ कति कर्मचारी चाहिने भन्ने टुङ्गो लाग्न नसकेको हो । उपमहानगरपालिकाका कर्मचारी र अहिले जिल्लाका विषयगत कार्यालयबाट आएका कर्मचारी कार्यरत छन् । नेपाल सरकारका कर्मचारी समायोजन...बाँकी अंश →


आगलागीमा परी एकै घरका तीनको मृत्यु

2018-12-14 09:26 लमही, २८ मङ्सिर ९,,  दाङमा आगलागीमा परी एकै घरका तीन जनाको मृत्यु भएको छ । फुसले छाएको घरमा आगलागी हुँदा बङ्गलाचुली गाउँपालिका–८ गुराँसे निवासी नवराज पुनका दुई छोरी र एक छोराको मृत्यु भएको हो । बिहीबार राति ८ बजेतिर सोलारको ब्याट्री पड्किएर घरमा आगलागी हुँदा पुनका सात वर्षीय...बाँकी अंश →


नागरिकता विधेयक–२०७५ स्थगित गर्न माग

2018-12-14 09:11 भरतपुर, २८ मङ्सिर,,  (नागरिकता विधेयक–२०७५ स्थगित गर्न सरोकारवालाले माग गरेका छन् । राष्ट्रिय जागरण परिषद् र चितवन जिल्ला बार एशोसिएशनद्वारा बिहीबार संयुक्तरुपमा यहाँ आयोजित अन्तरक्रियामा उनीहरुले नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न ल्याइको नागरिकता विधेयक २०७५ स्थगित गर्न माग गर्दै आफ्नो खुट्टामा आफँैले बञ्चरो नहान्न सरकारसंग आग्रह...बाँकी अंश →


जिप दुर्घटनामा मृत्यु हुनेको सनाखत

2018-12-14 08:56 बेझाड, २८ मङ्सिर,,  बिहीबार साँझ भएको जिप दुर्घटनामा मृत्युु हुनेको सनाखत भएको छ । तानसेनबाट जल्पा हुँदै बहादुरपुर जाँदै गरेको लु१ज २६५३ नं को जिप आर्गिडाँडाको ओढारेमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको पाल्पा जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिजो साँझ करीब ८ बजे भएको उक्त दुर्घटनामा...बाँकी अंश →


पायक पर्ने ठाउँमा स¥यो नगरपालिका

2018-12-14 08:50 बलेवा, २८ मङ्सिर,, वडाध्यक्षहरुले सामूहिक ज्ञापनपत्र बुझाएको तीन महीनापछि बागलुङ नगरपालिकाको कार्यालय बजारमा सरेको छ ।सर्वसाधारणका लागि पायक पर्ने ठाउँको खोजी गर्दै नगरकार्यपालिकाको कार्यालय कृषि ज्ञान केन्द्रको सम्पर्क कार्यालय रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालयमा सारिएको हो । नगरप्रमुख जनकराज पौडेलको नेतृत्वमा वडा नं २ मा बिहिबार भेला...बाँकी अंश →


तुइनबाटै तारिन्छ सवासरी साधान

2018-12-14 08:14 –हेमन्त केसी जाजरकोट, २८ मङ्सिर ९,,  तुइनमा मानिस मात्र होइन सवारी साधन पनि जोखिम मोलेर नदी वारपार गर्छन् भन्दा अचम्म लाग्ला तर जाजरकोट–डोल्पा सडकखण्डको विभिन्न ठाउँमा अहिले तुइनबाटै यातायातका साधन नदी वारपार गर्छन् । भर्खरै मात्र सडक सञ्जालले जोडिएको डोल्पामा सवारीसाधन तुइनकै भरमा आवत–जावत गर्दै आएका छन् ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter