१३ मंसिर २०८३

प्रदेश

परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका

पोखरा, १ पुस,,  गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले मुलुकमा भएका राजनैतिक परिवर्तनमा सञ्चारजगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । क्रियाशील पत्रकार महिलाको छाता सङ्गठन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको पाँचाँै अधिवेशनको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले अबको पत्रकारिता समाजको समृद्धितर्पm उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य मीना...बाँकी अंश →


आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

लहान, १ पुस,,  गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक...बाँकी अंश →


बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

बनियानी, १ पुस,,  झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ९ देखि ११ र...बाँकी अंश →


निबन्ध प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान

काठमाडौँ, १ पुस,,  अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कोण्डन्यले ‘सुखी पारिवारिक जीवनका लागि बुद्ध शिक्षा’ विषयको निबन्ध प्रतियोगिताका विजेताहरुलाई शनिबार पुरस्कार प्रदान गर्नुभयो । प्रतियोगितामा दीना कंसकार प्रथम, ललिता धाख्वाः द्वितीय र सुषमा बज्राचार्य तृतीय हुनुभएको थियो भने नितेश शाहले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको थियो । प्रतियोगितमा २८ निबन्धकारबीच...बाँकी अंश →


पुस १ लाई कालो दिवसका रुपमा मनाइँदै

काठमाडौँ, १ पुस ,,  प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गर्नुभएको थियो । नेपाल...बाँकी अंश →


पदयात्रा पर्यटनलाई लक्षित गरी सामुदायिक घरबास

भैंसे गौंडा (स्याङजा), १ पुस,,  जनशक्तिका अभावमा सञ्चालित घरबास (होमस्टे) कार्यक्रम प्रभावकारी बन्न नसकेको अवस्थामा मिलेनियम (सहस्राब्दी पदमार्ग) ट्रेकअन्तर्गतका विभिन्न स्थानमा सामुदायिक घरबासको अवधारणा अघि बढाइएको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिले तनहँुको दुलेगौंडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गका विभिन्न गाउँमा सामुदायिक घरबास कार्यक्रम सञ्चालनलाई जोड दिँदै...बाँकी अंश →


टुँडिखेल आसपासमा सार्वजनिक सवारी साधन ‘पिक एण्ड ड्रप’ मात्रै

काठमाडौँ, १ पुस,, काठमाडौँ महानगरपालिकाले आजदेखि टुँडिखेल आसपास क्षेत्रमा सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेको छ । सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस किमिसको व्यवस्था शुरु गरेको जनाएको छ । कामपाको मुख्य स्थान मानिने र...बाँकी अंश →


सौर्य बत्ती जडान

बैतडी, १ पुस,,  बैतडीको दशरथचन्द नगरपालिकाले नगरक्षेत्रमा पाँच दर्जनभन्दा बढी सडक सौर्यबत्ती जडान गरेको छ । रातिको समयमा सडकमा अँध्यारो नहोस् र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले सौर्यबत्ती जडान गरेको हो । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्म ६७ वटा सडक सौर्यबत्ती जडान गरिएका नगरपालिकाका इञ्जिनीयर जय सिंह...बाँकी अंश →


बूढीगङ्गा नदी नियन्त्रण

इटहरी, १ पुस ,,  इटहरी उपमहानगरपालिकाको पूर्वी सिमानामा रहेको बूढीगङ्गा नदीको कटान नियन्त्रणका लागि जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयसँगको सहयोगमा नदी नियन्त्रण कार्यक्रम सम्पन्न गरिएको छ । उक्त डिभिजन कार्यालयको रु तीन करोडको लागतमा बूढीगङ्गा नदी नियन्त्रणको कार्य पूरा गरिएको वडाध्यक्ष बालकृष्ण विष्टले जानकारी दिनुभयो । प्रत्येक वर्ष इटहरी...बाँकी अंश →


इलाममा पुस २० मा लगानी सम्मेलन हुने

मङ्गलवारे, १ पुस ,,  इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी...बाँकी अंश →


आँखा शिविरबाट ७८१ जनाले सेवा लिए

कञ्चनपुर, १ पुस,,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा शनिबार आयोजित आँखा शिविरबाट ७८१ जनाले सेवा लिएका छन् । धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र...बाँकी अंश →


जेसिज भवन निर्माण

भद्रपुर, १ पुस ,, भद्रपुर जेसिजले रु २२ लाखमा निर्माण गरेको स्व विनेश स्मृति जेसिज भवनको शनिबार उद्घाटन भएको छ । भद्रपुर–८ मा रहेको सो भवन निर्माणका लागि निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको रु १० लाख, भद्रपुर नगरपालिका र पूर्व्जेसिज अध्यक्षहरुसहितका दाताबाट प्राप्त रु २२ लाख १३ हजार ६४८ कोे...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter