
बाजुरा, १२ पुस,, बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्यचौकी गोठमै सञ्चालन हुँदै आएको हो । ठेकेदारले समयमै काम सम्पन्न गरी स्वास्थ्य संस्थालाई भवन हस्तान्तरण नगरेकाले गोठमै बसेर...बाँकी अंश →

बलेवा, १२ पुस,, गाउँपालिकाभित्र हुने सबै कृषि उत्पादनका लागि रासायनिक मलरहित बनाउन यहाँको एक गाउँपालिकाले अभियान थालेको छ । बागलुङको ताराखोला गाउँपालिकाले जैविक मल मात्रै प्रयोग गरेर परम्परागत कृषिको जगेर्ना गर्न लागेको अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । रासायनिक मलको प्रयोग बढिरहेका बेला सिङ्गो गाउँमै जैविक मल प्रयोग गराउन पहल गर्ने...बाँकी अंश →

काठमाडौँ, १२ पुुस,, जनसांस्कृतिक महासङ्घ, नेपाल सहित सात सङ्गठनले नेपाल प्रज्ञा–प्रतिष्ठानको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् । महासङ्घका अध्यक्ष सरल सहयात्रीसहित अखिल नेपाल लेखक सङ्घ, अखिल नेपाल जनकलाकार सङ्घ, अखिल नेपाल ललितकला सङ्घ, अखिल नेपाल चलचित्रकर्मी सङ्घ, अखिल नेपाल नाट्यकर्मी सङ्घ, लोकवार्ता परिषद्, नेपाल र इतिहास तथा समाज अध्ययन परिषद्का पदाधिकारीले...बाँकी अंश →

रत्ननगर, ११ पुस,, भरतपुर महानगरपालिका–५, रामबाघस्थित जागृति टोलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । आज फ्युचर मन्टेश्वरी स्कुलको ना१क ६३४३ नंको बसबाट झार्ने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा अध्ययन गर्ने धादिङ घर भई मामा घर बस्दै आएका चार वर्षीय अनम अर्यालको मृत्यु भएको हो । ठक्कर दिएपछि गम्भीर...बाँकी अंश →

राजविराज, ११ पुस,, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–२ मा जेसिवीको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ । नम्बर नखुलेको जेसिबीको ठक्करबाट गम्भीर घाइते भएका सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय नारायण खङको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र बिष्टले बताउनुभयो । नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो...बाँकी अंश →

काठमाडौँ, ११ पुस,, हिमालयन नेपाली इभेन्ट्स प्रालिले कतारमा ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१९’को आयोजना गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त प्रालिले आगामी माघ १८ गते कतारको दोहामा ३७ विधामा अवार्ड वितरण गरिने जानकारी दिइएको हो । उक्त अवार्डका संयोजक डिएन घिसिङले असली सर्जक र सिर्जनाको उचित...बाँकी अंश →

भोजपुर, ११ पुस,, भोजपुर पौवादुङमा गाउँपालिका–४ बास्तीममा आगलागी हुँदा रु १० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय सनमान पौडेलको घरमा गएराति आगलागी हुँदा रु १० लाख ५५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट पौडेलको घरमा रहेका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । स्थानीयवासीको सहयोगमा...बाँकी अंश →

काठमाडौँ, ११ पुस,, राष्ट्रियसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत भएको छ । बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त अध्यादेश प्रस्तुत गर्नुभयो । संसद् बैठक नभएको बेला सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न उक्त अध्यादेश गत मङ्सिर २३ गते जारी भएको थियो । बैठकले...बाँकी अंश →

हेटौँडा, ११ पुस,, प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा अर्थ तथा विकास समितिको प्रतिवेदनसहित चार वटा विधेयक छलफलका लागि प्रस्ताव टेबल गरिएको छ । प्रदेशसभाको अर्थ तथा विकास समितिका अध्यक्ष सरेश नेपालले विभिन्न समितिमा दफावार छलफल भइआएको प्रदेशमा सवारी तथा यातायात व्यवस्था गर्न बनेको विधेयकको २०७५ को प्रतिवेदन र कृषि,...बाँकी अंश →

खस्यौली, ११ पुस,, प्रदेश नं ५ प्रदेशसभाको आजको बैठकको विशेष समयमा प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले स्थायी राजधानीको टुङ्गो लगाउन आग्रह गर्नुभयो । स्थायी राजधानी टुङ्गो लगाउनका लागि निर्माण भएको विशेष समितिमा कतिपय जिल्लाका प्रदेशसभाका सदस्य नपरेको गुनासो गर्दै सरकार राजनीतिक नेतृत्वभन्दा पनि प्रशासकीय आधारमा सञ्चालन भएको छ भन्नुभयो । प्रदेशसभाले...बाँकी अंश →

चितवन, ११ पुस,, राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ । १५ औँ चितवन हात्ती महोत्सवको आज सौराहामा उद्घाटन गर्नुहुँदै उहाँले भविष्यमा जलवायु परिवर्तनको असरबाट बचाउनेतर्फ सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “भविष्यमा जलवायु परिवर्तनको...बाँकी अंश →

काठमाडौँ, ११ पुस,, प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ । प्रतियोगिता उद्घाटन हुने नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रतियोगिता दुईदेखि तीन हप्तासम्म सर्ने राखेपले जनाएको छ । शुरुमा गएको मङ्सिरमा हुने तय भएको खेल आगामी माघ २५ देखि गर्ने गरी सारिएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: