
विराटनगर, १२ पुस,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन गर्ने बताउनु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा उहाँले विपद् व्यवस्थापनमा विगतका सरकारले ठोस ढङ्गले पूर्वतयारी नगरेका कारण प्रशस्त जनधनको क्षति भएको चर्चा गर्नुभयो ।...बाँकी अंश →

काठमाडौँ, १२ पुस,, राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली काङ्ग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी सङ्गठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन आह्वान गर्नुभएको थियो । काङ्ग्रेसले महासमिति बैठकबाट पारित...बाँकी अंश →

काठमाडौँ, १२ पुस,, पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको प्रतिष्ठासँग गाँसिएको राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको समयावधि लम्बिन नदिन सबैपक्षले ध्यान दिनपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा उहाँले आयोजना निर्माणको अन्तर्राष्ट्रिय ठेकेदार इटलीयन कम्पनी सिएमसीले के कारणले काम रद्द ग¥यो यस विषयमा सरकार गम्भीर बन्नुपर्छ भन्नुभयो ।...बाँकी अंश →

काठमाडौँ, १२ पुस,, काठमाडौँको बूढानीलकण्ठस्थित जस्ताको टहरोभित्र आज एक व्यक्ति मृत भेटिएका छन् । बूढानीलकण्ठ नगरपालिका–७ च्यासिङ्टोलस्थित जस्ताको टहरोमा बस्दै आएका खोटाङका ४० वर्षीय कर्ण राई आज बिहान मृतावस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यता काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बबालीचोकस्थित टहरामा जुवातास खेल्दै गरेको अवस्थामा नौ जना पक्राउ...बाँकी अंश →

बैतडी, १२ पुस बैतडीको पाटन नगरपालिका–९ विजयपुरस्थित ज्ञानेश्वर माविमा रु ३२ लाख लगानीमा विद्यालय भवन निर्माण गरिएको छ । सांसद दामोदार भण्डारीको पहलमा शिक्षा विभागबाट ‘मल्टिस्टोर’ कार्यान्वयनअन्तर्गत तत्कालीन जिल्ला शिक्षा कार्यालयको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिश विष्टले जानकारी दिनुभयो । चार कोठे उक्त भवन निर्माणपश्चात्...बाँकी अंश →

नेपालगञ्ज, १२ पुस,, तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग कम गर्न बाँकेको खजुरा गाउँपालिका–३ ले किसानका लागि तालीमसहित सचेतनामूलक अभियान सञ्चालन गरेको छ । रासायनिक विषादीको प्रयोगद्वारा उत्पादित तरकारीले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएपछि सो वडा कार्यालयले विषादिरहित तरकारी उत्पादनका लागि अभियानसहित कृषकलाई तालीम शुरु गरेको हो । वडाध्यक्ष कान्तुराम...बाँकी अंश →

तेह्रथुम, १२ पुस,, तेह्रथुमको फेदाप गाउँपालिका–२, ओयाक्जुङ घर भई हाल दुबई जेलमा रहेका खड्गबहादुर जोगीलाई स्वदेश फर्काउन रु ५५ लाख जम्मा भएको छ । जोगी बचाउ अभियानका अनुसार उनलाई स्वदेश फर्काउन आवश्यक पर्ने ‘ब्लडमनि’ रु ६२ लाख करीब–करीब जम्मा भइसकेको छ । हालसम्म नेपाल बैंकको खातामा रु ५५ लाख बढी...बाँकी अंश →
काठमाडौँ, १२ पुस,, प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा आज प्रधानमन्त्री ओलीले देशमा भइरहेका विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको बताउनुभयो...बाँकी अंश →

पर्वत, १२ पुस,, सरकारले हालै गरेको साना किसानको ऋण मिनाहा गर्ने घोषणाबाट पर्वतका सयौँ कृषकले राहत पाएका छन् । सरकारले कृषि क्षेत्रमा लगानी गर्न ऋण लिएका तर विविध कारणले भुक्तानी गर्न नसकेका कृषकको ऋण मिनाहा गर्ने घोषणा गरेपछि पर्वतका कृषकले लिएको रु २३ लाख ३८ हजार ७२० मिनाहा हुने भएको...बाँकी अंश →

दमौली, १२ पुस,, तनहुँको भानु नगरपालिका–१३ स्थित सम्जुरमा भालुले विगत दुई सातादेखि खेतबारीमा लगाइएको अन्नबाली खाइदिएपछि स्थानीयवासी चिन्तित भएका छन् । रातको समयमा भालुले खेतबारीमा कोदो खाइदिने गरेको स्थानीय अगुवा रफिक मियाँले जानकारी दिनुभयो । आफूले लगाएको तीन मुरी कोदो भालुले खाइदिएको उहाँको गुनासो छ । उहाँले माउ र दुई...बाँकी अंश →

काठमाडौँ, १२ पुस,, तीन पटकको ‘ए’ डिभिजन लिग विजेता सङ्कटा क्लब र सात पटकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच आज हुने ११ औँ चरणको खेललाई उपाधि भिडन्तको रुपमा हेरिएको छ । जारी ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज हुने खेल मनाङले जिते ए डिभिजनको इतिहासमा कीर्तिमानी जितसहित मनाङले दुई खेलअगावै आठौँ पटक...बाँकी अंश →

काठमाडौँ, १२ पुस,, दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट बिग ब्यास लिगमा खेल्ने पहिलो खेलाडी बनेर इतिहास रचेका मात्र छैनन, डेब्यू...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: