काठमाडौँ, १२ पुस,, वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि बर्खायाममा...बाँकी अंश →

राजविराज, १२ पुस,, कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट दैनिक निस्किने जङ्गली हात्तीका कारण सप्तरीको उत्तर र पूर्वी क्षेत्रका जनता आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण त्यस क्षेत्रका बासिन्दा जाडो मौसममा पनि रातभर जाग्राम बस्नुपरेको स्थानीयवासीले गुनासो गरेका छन् । कोशीटप्पु वन्यजन्तु आरक्षबाट दैनिकजसो रातको समयमा आउने...बाँकी अंश →

काठमाडौँ, १२ पुस,, दैनिक हजारौँ सार्वजनिक यातायात ओहोरदोहोर गर्ने रत्नापार्क र त्यस आसपासका क्षेत्रमा बस स्टप परिवर्तन हुँदा यात्रु मर्कामा परेका छन् । काठमाडौँ महानगरपालिका, यातायात व्यवस्था विभाग, सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सहकार्यमा टुँडिखेल आसपासको क्षेत्रमा सवारी आवागमन व्यवस्थित बनाउन बस स्टप परिवर्तन गर्दा यात्रु मर्कामा परेका...बाँकी अंश →

कास्की, १२ पुस,, कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १, २ र ३ का किसानले पालेका पशुमा खोरेत रोग देखिएको छ । मङ्सिर तेस्रो साताबाट फैलिएको रोगबाट हालसम्म पाँच पशु मरेको गाउँपालिकाका पशु शाखा संयोजक ऋषिराम दाहालले जानकारी दिनुभयो । साविक ढिकुरपोखरी गाविसअन्तर्गत सेराचौर, भीरमुनी लाकुरीबोट, सिम्पाली र माझथोकका किसानले पालेका...बाँकी अंश →

काठमाडौँ, १२ पुस,, विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो ।...बाँकी अंश →

काठमाडाँै, १२ पुस,, यसवर्ष देशमा धान उत्पादनमा झण्डै नौ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष कुल ५६ लाख १० हजार मेट्रिक टन उत्पादन भइसकेको कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले जानकारी दिनुभयो । यद्यपि अझै माग...बाँकी अंश →

मङ्गलबारे, १२ पुस,, इलामको सन्दकपुर गाउँपालिकाकी एक वृद्धालाई जबर्जस्ती करणी गरेको आरोपमा दुई युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । गत शनिबार घरमै गई जबर्जस्ती गरेको आरोपमा प्रहरीले इलामको सन्दकपुर गाउँपालिका–४ का ३० वर्षीय सोम राई र झापा बुद्धशान्ति गाउँपालिका–४ बुधबारे निवासी २७ वर्षीय उत्तम श्रेष्ठलाई पक्राउ गरेको हो ।...बाँकी अंश →

दमक, १२ पुस,, विद्युत् चुहिएर गए राति झापा दमक नगरपालिका–३ का दुई घरमा आगलागी हुँदा करीब रु १० लाख बराबरको सामान क्षति भएको छ । स्थानीय विष्णु चिमरियाको घर गोठ र सँगै जोडिएका छिमेकी श्रीप्रसाद भण्डारीको भान्साघर र गोठमा गए राति ७ बजेतिर आगलागी भएर अन्नपात, धानको कुन्यु जल्दा करीब...बाँकी अंश →

काभ्रेपलाञ्चोक, १२ पुस,, सामान्य विवादका क्रममा खुकुरी र रडले आक्रमण गर्ने तेमाल गाउँपालिका–६ ठूलोपर्सेलका तीन विरुद्ध ज्यान मार्ने उद्योगमा धुलिखेल जिल्ला प्रहरी कार्यालयमा जाहेरी गरिएको छ । मङ्गलबार साँझ उक्त गाउँपालिका–६ होटलडाँडास्थित बसपार्कमा सामान्य विवादका क्रममा स्थानीय ५० वर्षका रकम तामाङ, २३ वर्षका फन्जु तामाङ र १७ वर्षका पाल्देन तामाङले...बाँकी अंश →

इटहरी, १२ पुस,, धरान हेटौँडा सडकखण्डको सर्दू खोलामा पक्की पुल निर्माण भएको छ । सुनसरी जिल्लाको धरान उपमहागनरपालिका–१७ सर्दुदेखि हेटाँैडा जोड्ने राजमार्गको वैकल्पिक मार्गको रुपमा निर्माण भइरहेकामा धरानदेखि चतराबीचमा पर्ने दुई ठूला पक्की पुलको निर्माण लगभग पूरा भएको रसुवा निर्माण सेवाका इञ्जिनीयर आर्यन आचार्यले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गलाई जोड्ने...बाँकी अंश →

बाँके, १२ पुस,, भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाले उक्त परिणामको चिनी भन्सारमै थन्किएको हो । गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ...बाँकी अंश →
मेलम्ची, १२ पुस,, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुर पिपलबोट बस्ने बिष्णु दमै बुधबार अपराह्न ४ बजे मृतावस्थामा फेला पर्नुभएको छ । कृष्णबहादुर दमैको ३७ वर्षीया श्रीमती विष्णुको अत्यधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे अनुसन्धान भइरहेको मेलम्ची इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: