
सुर्खेत, १९ पुस,, कर्णाली प्रदेश सरकारद्वारा गठित उच्चस्तरीय बाढीपीडित समस्या समाधान समितिले पुनःस्थापनासम्बन्धी प्रतिवेदन अन्तिम चरणमा पुगेको जनाएको छ । समितिले पाँच महीनाको अवधिमा पीडितको वास्तविक तथ्याङ्क सङ्कलन, जग्गाको पहिचान र पुनःस्थापनासम्बन्धी कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका सदस्य यज्ञ ढकालले पहिलो चरणमा विस्थापितको यकिन तथ्याङ्क सङ्कलन...बाँकी अंश →

बलेवा, १९ पुस,, बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइले सञ्चालन गरेको अक्षयकोष स्थापना अभियानका लागि झण्डै रु १२ लाख सङ्कलन भएको छ । बिरामीको उपचारमा आवश्यक औषधिको जोहो गर्न र कार्यालय व्यवस्थापनको स्रोत जुटाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि एकाइले सहयोग अभियान सञ्चालन गरेको हो । गत...बाँकी अंश →

साँखु, काठमाडौँ, १९ पुस,, स् अवैध मदिरा उत्पादन गर्ने भट्टीहरूमा महानगरीय प्रहरी वृत्त बौद्धले आज छापा मारी हजारौँ लिटर मदिरा नष्ट गरेको छ । अवैध मदिरा उत्पादन तथा विक्री वितरणले समाजमा विभिन्न किसिमका दुर्घटना र अराजक गतिविधि निम्त्याउने गरेको भन्दै प्रहरीले त्यस्ता गतिविधि नियन्त्रण गर्न अवैध मदिरा नष्ट गरेको हो...बाँकी अंश →

घोराही, १९ पुस,, घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन् । घरायसी सामान किन्न करीब १५ किलोमिटर टाढा घोराहीबजार आएकी १६ वर्षीया भुमा राहुमगर गत १५ गतेदेखि बेपत्ता भएकी उनको पारिवारिक स्रोतले जनाएको छ । बेपत्ता किशोरीका बुबा ओबाराम राहुमगरले छोरीलाई चिनेजानेका र...बाँकी अंश →

काठमाडौँ, १९ पुस,, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको चालू तेस्रो अधिवेशनलाई आज पहिलो पटक सम्बोधन गर्दै हुनुहुन्छ । यही पुस ११ गतेबाट शुरु भएको सङ्घीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । सरकारको काम प्रभावकारी बनाउन...बाँकी अंश →

इनरुवा, १९ पुस,, झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् । विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले बुधबार जानकारी दिनुभयो । दाहालले...बाँकी अंश →

भतरपुर, १९ पुस,, एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बुधबार...बाँकी अंश →

भक्तपुर, १९ पुस,, कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ ।उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा...बाँकी अंश →

साँखु, १९ पुस,, केही वर्ष यता समाजमा यौन हिंसा, साइबर अपराध, लैङ्गिक हिंसाजस्ता अपराध बढ्दो छ ।प्रहरीकै तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७४÷७५ मा मात्रै एक हजार ४८० बलात्कारका घटना भएको देखिन्छ । साइबर अपराध, जबर्जस्ती करणी, लैङ्गिक हिंसा बहुविवाह, सम्बन्धबिच्छेद र घरेलु हिंसाका घटना पनि उत्तिकै मात्रामा...बाँकी अंश →

बेत्रावती, १९ पुस,, नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत् केन्द्रसमेत बन्द हँुदा राष्ट्रिय प्रसारणलाइनमा यहाँबाट जोडिएको ३५ मेगावाट विद्युत् गिरावट आएको छ । बुधबार साँझ...बाँकी अंश →

चन्द्रौटा, १९ पुस,, कपिलवस्तुको शिवराज नगरपालिका–३ मा रहेको ऐतिहासिकस्थल सोनवागढ क्षेत्रमा पहिलो चरणको उत्खनन्मा पुरातत्व विभागले गुप्तकालीन इँटा, माटोका भाँडाका टुक्रा, विभिन्न माटोका घोडा तथा मूर्तिहरु फेला पारेको छ । मन्दिरको पाँच किलोमिटर वरपरसम्म विभिन्न पुरातात्विक वस्तु छरपस्ट अवस्थामा रहेकाले हाल मन्दिर छेउ दुईवटा ट्रेन्च बनाएर उत्खन्नन् गर्दा लुम्बिनीको मायादेवी...बाँकी अंश →

काठमाडौँ, १८ पुस,, नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ । नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार सभापति देउवाले काङ्ग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १० को उपधारा २ (ग) बमोजिम उमेश श्रेष्ठ...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: