१२ असार २०८३

प्रदेश

सांसद चौधरीको शपथ

काठमाडौँ, १९ पुस,, प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गर्नुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ । शपथपछि सभामुख महराले सांसद...बाँकी अंश →


चुरा बनाएरै राम्रो आम्दानी गर्छिन् मीना

महुवा, पुस १९,,  जनकपुरधाम उपमहानगरपालिका–१८ महुवाटोल बस्ने मीना मण्डल आफैँले चुरा बनाएर बिक्री गरी आत्मनिर्भर बनेकी छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको लघुउद्यम विकास कार्यक्रम (मेडेप) मार्फत ‘मित्र धनुषा’ नामक संस्थाबाट १० दिनको तालीम लिएकी मीनाले घरमै बनाएको चुरा बेचेर राम्रो आम्दानी गर्दै आएकी हुन् । उनले लाहा, चपरामा रङ...बाँकी अंश →


‘एक घर एक धारा’ योजना शुरु

पर्वत, १९ पुस,, खानेपानीको अभाव रहेको पर्वत मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्यसहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ । मोदी गाउँपालिका–६ को साविक तिलहार गाविस ठूलो भूभाग र वडा नं ८ साविक चित्रे ओडारे गाउँमा हरेक घरमा एक धारा...बाँकी अंश →


वडा कार्यालय भवन निर्माण

मेलम्ची , १९ पुुस,, स्थानीयतह निर्वाचनको २१ महीनापछि बलेफी गाउँपालिका–४ वडा कार्यालय आफ्नै सुविधासम्पन्न भवनमा सरेको छ । वडा कार्यालयको भवननिर्माण सम्पन्न भएपछि पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद अग्निप्रसाद सापकोटाले बुधबार नवनिर्मित वडा कार्यालयको भवन उद्घाटन गर्नुभयो । वडा कार्यालयको भवन उद्घाटन भएसँगै बलेफी गाउँपालिका–४ नम्बर वडा जिल्लाकै पहिलो वडा बनेको...बाँकी अंश →


लागुऔषध चरेससहित दुई भारतीय पक्राउ

धादिङ, १९ पुस,, बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडाँैबाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ...बाँकी अंश →


वैकल्पिक ऊर्जा विकासमा केन्द्रसँग प्रदेशको सम्झौता

हेटाँैडा, १९ पुस,, प्रदेशस्तरमा ऊर्जाको माग र आपूर्ति व्यवस्थापन तथा ऊर्जा परियोजनाको विकास र विस्तार गर्न प्रदेश सरकारले केन्द्रसँग सम्झौता गरेको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र तथा प्रदेश नं ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयबीच प्रदेशको ऊर्जाको विकास र विस्तारमा सहकार्य हुने...बाँकी अंश →


क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब पाउने

काठमाडौँ, १९ पुस,,  राष्ट्रिय खेलकूद परिषद् (राखेप)को विशेष पहलमा विगत दुई वर्षदेखि रोकिएको पारिश्रमिक नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले पाउने भएका छन् । साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसपछि क्रिकेट...बाँकी अंश →


कृषिलाई सम्मानित पेशा बनाउनुपर्छ.. वरिष्ठ नेता पौडेल

दमौली, १९ पुस,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनुभएको छ । ब्यास नगरपालिका–६ सिसाघाटस्थित श्याम्घा साना किसान सहकारीको चौथो साधारणसभाको आज उद्घाटन गर्दै नेता पौडेलले नेपालका अधिकांश किसान कृषिमा निर्भर भए पनि यो पेशा अपहेलित हुन पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाललाई किसानको देश...बाँकी अंश →


बाँदरले पनि छोडेन सुन्तला

पोखरा, १९ पुस,, सिक्टस ग्रिनिङ भाइरसका कारण कास्कीका सुन्तला सखाप भएसँगै किसान मारमा परेका त थिए नै, जसोतसो बचेका ठाउँमा पनि बाँदर आतङ्कले पिरोल्न थालेको छ । कास्कीको भरतपोखरी, हंसपुरलगायत स्थानमा सुन्तला सखाप जस्तै भएका बेला निर्मलपोखरी, कृस्ती लगायतका स्थानका केही किसानले अभैm पनि सुन्तला उत्पादन राम्रो गरेका छन् ।...बाँकी अंश →


एम्बुलेन्स सेवा शुरु

बैतडी, १९ पुस,, बैतडीको मेलौली नगरपालिकामा एम्बुलेन्स सेवा शुरु भएको छ । नगरपालिकाको रु १० लाख ४९ हजार बजेटमा नगरपालिकाले एम्बुलेन्स खरीद गरी बुधबारबाट सञ्चालनमा ल्याइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह नेगीले बताउनुभयो । २४ सैँ घण्टा सञ्चालन गरिने एम्बुलेन्स नेपाल सरकारको एम्बुलेन्स भाडादरमा चलाइने मेलौली नगरपालिकाले जनाएको छ ।...बाँकी अंश →


कृषि विश्वविद्यालय र निजी क्याम्पसबीच भर्नामा विवाद

चितवन, १९ पुस,,  कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्वीकृति बिना निजी क्याम्पसले भर्ना आह्वान गरेपछि विवाद चुलिएर गएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा निजी क्याम्पसले मङ्गलबार र बुधबार पत्रिकामा विज्ञापन प्रकाशन गरेर भर्ना आह्वान गरेका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको...बाँकी अंश →


छोरा खेलाउन फुर्सद छैन मन्त्री मगरलाई…

काठमाडौँ, १९ पुस,,  बालकुमारीमा स्थापना हुने फोहर पानी प्रशोधन केन्द्रको शिलान्यासको तयारीको कुरा चलिरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट आज शिलान्यास हुने सो कार्यक्रमबारे बुधबार आफ्ना सचिवालयका कर्मचारीलाई निम्तोपत्र के कति पुग्यो भनेर खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले सोध्दै गर्दा छोरा प्रणव दाहाल मन्त्रीको कुर्सी नजिकको बिजुलीको ‘प्लग’ चलाउन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter