२१ मंसिर २०८२

प्रदेश

बलात्कारपछि हत्या घटनामा संलग्नलाई अमेरिकाबाट पक्राउ

काठमाडौँ, ७ कात्तिक    ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमलाई प्रहरीले पक्राउ गर्न सफल भएको...बाँकी अंश →


विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

काभ्रेपलाञ्चोक, ७ कात्तिक    प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनुभयो । “विशेष...बाँकी अंश →


छाडा पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन

कैलाली, ७ कात्तिक  कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदललाई एक...बाँकी अंश →


सञ्चार क्षेत्र द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न 

    कपिलवस्तु, कृष्णनगर कार्तिक ६ कपिलवस्तुको आर्थिक राजधानि कृष्णनगरमा पहिलोपटक सञ्चार क्षेत्र द्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शार्दुल मिडिया प्रा. ली कपिलवस्तु द्वारा शिवगढी शन्देश साप्ताहिकको प्रकाशन तथा व्यवस्थापनको जिम्मेवारी लिए पछि पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । सिमा क्षेत्र भएकोले स्भावैले...बाँकी अंश →


इलाका प्रहरी कार्यालय कृष्णनगर द्वारा लाखौ पर्ने पटका र अबैध औषधी नष्ट

अजय मिश्र ,कृष्णनगर , कपिलवस्तु कार्तिक ६ कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरको क्षेत्राधिकार भित्र चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न पटाका र विभिन्न किसिमका औषधी जन्य चिजहरु वेवारिसे अवस्था मा फेला पारी बरामद गरि इलाका प्रहरी कार्यालय कृष्णनगर को पछाडि रहेको प्रांगणमा पत्रकार, स्थानीय,नगरपालिका का प्रतिनिधि ,सुरक्षाकर्मी को...बाँकी अंश →


न्हूदँ शुभकामना सभामा प्रधानमन्त्री ओली सरिक हुनुहुने

काठमाडौँ, ६ कात्तिक  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो । प्रधानमन्त्री ओलीले...बाँकी अंश →


गाँजाखेती नष्ट

काठमाडौँ, ६ कात्तिक  स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो । उहाँका अनुसार...बाँकी अंश →


भेलागढी वनले तान्यो पर्यटकको ध्यान

भद्रपुर, ६ कात्तिक  झापाको हल्दिबारी गाउँपालिकामा रहेको भेलागढी सामुदायिक वनको हाताभित्रको स्थलले पर्यटकको ध्यान तानेको छ । भद्रपुर विमानस्थलबाट करीब तीन किलोमिटरको दुरीमा रहेको को सो वनभित्रको लोकतान्त्रिक शहीद पार्क र पोखरी नै भेलागढको पर्यटकीयस्थल हुन् । गाउँपालिकाले गतवर्ष नै ‘फेरि पनि घुम्न जाउँ हल्दिबारी गाउँ’ भन्ने नारा तय गरेर...बाँकी अंश →


करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

जाजरकोट, ६ कात्तिक  जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक समायोजनमा अन्यत्र सरुवा भएपछि करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपरेको हो । अस्पताल सञ्चालनका लागि अहिले तीन जना...बाँकी अंश →


बीससडक बालबालिकाको उद्धार

काठमाडौँ, ६ कात्तिक  बालबालिका खोजतलास केन्द्रले गौशाला क्षेत्रबाट २० सडक बालबालिकालाई उद्धार गरेकोे छ । सरकारले नयाँ बसपार्क, पशुपति, रत्नपार्क र स्वयम्भूलगायत क्षेत्रलाई मगन्तेमुक्त क्षेत्र घोषणा गरेसँगै प्रहरीको बालबालिका खोजतलास केन्द्रले आज बिहान उनीहलाई नियन्त्रणमा लिएको थियो। राष्ट्रिय बालअधिकार परिषद् र केन्द्रलगायत सङ्घ÷संस्थाले सडक बालबालिकामुक्त शहर निर्माण गर्ने अभियानअन्तर्गत उनीहरूलाई...बाँकी अंश →


राजनीतिमा अपराधीकरण अक्ष्यम्य ः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, ६ कात्तिक  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधीकरण र नेतृत्वमा भ्रष्टिकरण अक्ष्यम्य हुने बताउनुभएको छ । उहाँले लायन्स क्लब अफ काभ्रेपलाञ्चोकद्वारा लायन्स हार्ट क्लिनिक सञ्चालनार्थ परियोजना प्रस्तुत तथा विभिन्न चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । “मान्छेलाई जिउँदै जलाउने,...बाँकी अंश →


कतारको श्रम कानूनमा सुधारः लाखौँ आप्रवासी कामदार लाभान्वित हुने

काठमाडौँ, ६ कात्तिक  नेपालीको प्रमुख श्रम गन्तव्य रहेको कतारले आफ्नो श्रम कानूनमा व्यापक सुधार गर्ने घोषणा गरेसँगै लाखौँको सङ्ख्यामा रहेका आप्रवासी कामदार लाभान्वित हुने भएका छन् । लामो समयदेखि आप्रवासी कामदारका क्षेत्रमा क्रियाशील सङ्घसङ्गठनले आवाज उठाउँदै आएका विषयलाई सम्बोधन गर्ने गरी कतार सरकारले श्रम कानूनमा व्यापाक सुधार गर्ने घोषणा गरेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter