बिहिबार, १५ चैत २०८०

छाडा पशुचौपायाको व्यवस्थापनका लागि कार्यदल गठन

७ कार्तिक २०७६, बिहीबार १०:१८ मा प्रकाशित

कैलाली, ७ कात्तिक  कैलाली र कञ्चनपुर जिल्लाका मुख्य समस्याको रुपमा रहेको छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र स्थानीय तहका प्रमुखहरुबीच छलफल भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बुधबार सम्पन्न छलफलले सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनीता चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदललाई एक महीनाको कार्यावधि दिइएको र उक्त अवधिभित्र छाडा चौपायाको व्यवस्थापनको समग्र योजना बनाएर बैठकमा पेश गर्ने गरी निर्णय भएको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह वलीले बताउनुभयो । कार्यदलमा कुन–कुन क्षेत्रको व्यक्ति र कति जना रहने भन्ने जिम्मा पनि संयोजकलाई नै तोकिएको बताइएको छ । छलफलमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले छाडा पशु चौपाया व्यवस्थापनका थुप्रै प्रयास गर्दा पनि पूर्णरुपमा व्यवस्थापन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “उपमहानगरपालिकाले गौशाला बनाएर व्यवस्थापन गरेको छ तर व्यवस्थापन नगरेका स्थानीय तहबाट धनगढीमा पशुचौपाया भित्रिने गरेका छन् ।” कैलालीको गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले गौरीगङ्गाको तालबन्द क्षेत्रमा एकीकृतरूपमा पशुचौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने प्रस्ताव आफूले राखेको बताउनुभयो । गोदावरी नगरपालिकाका प्रमुख हरीसिंह साउदले सामुदायिक पशुचौपायाको व्यवस्थापनमा कैलाली र कञ्चनपुका सबै स्थानीय सरकार र प्रदेश सरकार मिलेर गर्ने विषयमा छलफल भएको बताउनुभयो । स्थानीय तहले मात्रै छाडा चौपाया व्यवस्थापन गर्न नसक्ने अवस्था भएपछि प्रदेश सरकारसँग छलफल थालिएको हो । धनगढीका पाँच पसलबाट मिठाइ जफत नजिकिँदै गरेको महान् चाड तिहारलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ । मङ्गलबार र बुधबार गरी मुख्य बजारका १९ मिठाइ पसलमा गरेको अनुगमनका क्रममा सङ्कलित नमूनामा पिठो मिसिएको पाएपछि कार्यालयले बसपार्कको भद्रपुर स्वीट हाउस, अदालत रोडको मधुवन स्वीट हाउस, पुष्पलालचोकको सदाबहार फास्टफुड, जुगेडा रोडको नवीन होटल र मोतीचोकको अनुकल डेरी गरी पाँच पसलबाट झण्डै आठ किलोग्राम पिठो मिसिएको मिल्केक पाइएपछि मिठाइ जफत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिनुभयो । त्यस्तै क्याम्पस रोडको न्यू अनुपमा स्वीट एण्ड बेकरीको उत्पादनस्थल अत्यन्तै फोहर रहेको पाइएपछि उत्पादन रोक्का गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत धितालले बताउनुभयो । नवीन होटल र सदावहार फास्टफुडबाट उपभोग्य मिति सकिएको १६ लिटर जति पेय पदार्थ पनि जफत गरिएको छ । तिहारको समयमा मिठाइ बढी बिक्ने भएका कारण मौका छोपेर मिसावट गरी बिक्री वितरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै खाद्य अनु्सन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा अनुगमन टोली खटाइएको र टोलीले हरेक पसलबाट नमूना सङ्कलन गरी कार्यालयको प्रयोगशालामा परीक्षण गरिरहेको जनाइएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter