१३ चैत २०८२

प्रदेश

अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रमको सम्बोधन तथ्यमा आधारित

काठमाडौँ, २४ पुस,, अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ । उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो । मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो चार...बाँकी अंश →


दुई घण्टा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित

काठमाडौँ, २४ पुस,,  सञ्चार उपकरणमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान करीब दुई घण्टा प्रभावित भएको छ । विमानस्थलको सञ्चार प्रणाली भिडियो हाई फ्रिक्वेन्सी (भिएचएफ) मा समस्या आएपछि उडानमा समस्या अएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार बिहान करीब ९ बजे विमानस्थलको सञ्चार उपकरणमा लाइन सर्ट भएपछि भिएचएफमा...बाँकी अंश →


न्यायिक समितिको अभ्यास शुरु

चितवन, २४ पुस,, भरतपुर महानगरपालिकामा रहेको न्यायिक समितिले इजलासको न्यायिक अभ्यास सोमबारबाट शुरु गरेको छ । महानगरले पहिलो अभ्यासस्वरूप न्यू खरेल भाँडा पसल तथा गिफ्ट सेन्टरले लक्की ज्वेलर्सविरुद्ध हालेको रिटको सुनुवाइ गरेको छ । सेन्टरले बिना जानकारी पसल बन्द गराइएको भन्दै सञ्चालनको वातावरण तयार गर्न माग गर्दै मुद्दा दर्ता गराएको...बाँकी अंश →


सम्बन्ध विच्छेदका मुद्दा बढे

भीमदत्तनगर, २४ पुस,,  गत भदौदेखि नयाँ मुलुकी देवानी संहिता ऐन, २०७४ लागू भएसँगै कञ्चनपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । विगतको भन्दा तुलनात्मकरूपमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गइरहेको कञ्चनपुर जिल्ला अदालत महेन्द्रनगरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । अदालतमा सम्बन्ध विच्छेदका ४९ मुद्दा दर्ता भएका छन् जसमा २५...बाँकी अंश →


छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

भोजपुर, २४ पुस,,  भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो । बालिकाको आज...बाँकी अंश →


लेनदेन मुद्दामा फरार अभियुक्त पक्राउ

लहान, २४ पुस,, लेनदेन बिगो मुद्दामा फरार रहेका एक जना अभियुक्तलाई सोमबार साँझ सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सुरेशप्रसाद साहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी रहेको लेनदेन मुद्दामा फरार रहेका सिराहा नगरपालिका–१२ सारश्वर निवासी चन्द्रदेव दासलाई पक्राउ गरेको हो । पक्राउ परेका...बाँकी अंश →


छ विमानस्थलमा रात्रिकालीन उडान

काठमाडौँ, २४ पुस,,  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ...बाँकी अंश →


‘चित्र आफैँ बोल्छ’

काठमाडौँ, २४,, अग्रज चित्रकार गेहेन्द्रमान अमात्य उपत्यकाका धार्मिक धरोहर एकै ठाउँमा देख्न पाउँदा खुशी हुनुभयो । नेपालको सम्पदा तस्वीरमा देखेर उहाँले साँच्चै नै चित्रले एउटा भेग बोलेको महसुस गर्नुभयो । “म अहिले भक्तपुर जान सक्तिनँ, तर ठिमीलगायतका दृश्य यहीँबाट नियाल्न पाएँ, यस्ता १५ ठाउँका धार्मिक सम्पदा देख्न पाएँ, चित्रले आफैँ...बाँकी अंश →


कपिलवस्तु मा स्वतन्त्र राजनीतिक समूह को विस्तार तिव्र

देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त्य, सार्थक संघीयताको कार्यान्वयन, संविधानमा आवश्यक संशोधन, समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा पहुँच, नागरिकता समस्या समाधान गर्न, देशको मुख्य मेरूदण्डको रूपमा रहेका किसानको समस्या समाधान गर्ने, आर्थिक–सामाजिक विभेदलाई समाप्त पार्ने लगायतका विषयमा  केन्द्रित रहि  यी समस्याहरू समाधान गर्नेतर्फ स्वतन्त्र राजनीतिक समूह...बाँकी अंश →


प्राविधिक सहायकको भरमा वडा कार्यालय

बैतडी, २४ पुस,,  स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ वर्ष भइसक्दा पनि कर्मचारी अभाव कायमै छ । जिल्लाका १० स्थानीय तहका ४८ वडामा सचिव नहुँदा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् । वडा सचिवमा नहुँदा पञ्जीकरणलगायतका काम प्रभावित हुने गरेको जनप्रतिनिधिले बताएका छन् । शिवनाथ गाउँपालिकाका छ वडामा सचिवको काम प्राविधिक...बाँकी अंश →


पौडेललाई ‘सुदीश निरौला स्मृति’ पुरस्कार

पथरी, २४ पुस,, पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले यस वर्षको ‘सुदीश निरौला स्मृति साहित्य पुरस्कार’ युवा समालोचक, अनुवादक, कवि एवं आख्यानकार महेश पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले पहिलो पटक पौडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । सुदीश निरौला...बाँकी अंश →


भत्ता उपलब्ध गराउँदै सहकारी

पाल्पा, २४ पुस,, रामपुरको एउटा सहकारीले पशु ब्याएपछि किसानलाई भत्ता उपलब्ध गराउन थालेको छ । उन्नत जातका पशुपालनतर्फ आकर्षण बढाउने उद्देश्यले पशु ब्याएपछि किसानलाई भत्ता दिन थालिएको हो । रामपुरस्थित सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले शेयर सदस्यका किसानलाई गाईभँैसी ब्याएपछि रु ६०० भत्ता उपलब्ध गराउँदै आएको छ । यसअघि सो...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter