१२ असार २०८३

प्रदेश

भारतले ढिलो पानी छाड्दा गहुँखेती प्रभावित

वीरगञ्ज, २५ पुस,, भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यसवर्ष गहुँखेती प्रभावित हुने किसानको गुनासो रहेको छ । भारतीय पक्षले गण्डक नहरमा डिसेम्बर २५ (पुस १०) भित्र पानी छोडी सक्नुपर्नेमा भारतीय पक्षको नहरको मूलढलानमा ढिलो गरी पानी दिएकाले दुई हप्ता ढिलो पानी आएको...बाँकी अंश →


गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ २५ पुस,, सङ्घीय संसद्, राज्य व्यवस्था तथा सुशासन समितिले लागुऔषध ओसारपसारसँग सम्बन्धित गतिविधि रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिकोसभा कक्षमा आज बसेको समितिको बैठकले सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, सीमा अपराध र सङ्गठित अपराध नियन्त्रण गर्न र आतङ्ककारी गतिविधिलाई रोक्न थप मिहेनत र परिश्रमका साथ काम...बाँकी अंश →


डुबेर महिलाको मृत्यु

उर्लाबारी, २५ पुस,, मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो । पैनीमा लडेपछि उठ्न नसकेकी लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ...बाँकी अंश →


रु एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

चितवन, २५ पुस,, जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् । कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फरार भएको...बाँकी अंश →


बालविवाह विरुद्धको अभियानमा किशोरी

बैतडी, २५ पुस,, बालविवाहका कारण महिलाले थुप्रै किसिमका हिंसा खेप्नुपरेको भन्दै बैतडीका किशोरी बालविवाहविरुद्धको अभियानमा जुटेका छन् । बालविवाहका कारण महिला तथा किशोरीहरुले थुप्रै खालका हिंसा खेप्नु परेकाले आफूहरु बालविवाह विरुद्धको अभियानमा जुटेको किशोरीहरुले बताएका छन् । जिल्लाका विभिन्न ठाउँमा गठन भएका किशोरी किशोरी वृत्त आवद्ध किशोरी बालविवाह न्यूनीकरण अभियानमा...बाँकी अंश →


मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन

काठमाडौँ, २५ पुस,, राष्ट्रियसभाको आजको बैठकमा पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । बैठकको विशेष समयमा सांसद दीनानाथ शर्माले सुन्दरीजलमा रहेको विश्वेश्वरप्रसाद कोइरालाको सङ्ग्रहालय कुनै व्यवस्थित नभएको र पुष्पलालको जन्मस्थल रामेछापको भँगेरीमा रहेको घरसमेत भूकम्पले भत्किएपछि...बाँकी अंश →


बाढीपीडितलाई अनुदान रकममा थप गर्ने निर्णय

सुर्खेत, २५ पुस,, कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बाढी पहिरोपीडितलाई अग्रसूचीमा राखेर काम गर्न आग्रह गर्नुभएको छ । आज सुर्खेत जिल्लास्थित सात स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र बाढीपीडित समस्या समाधान समितिका सदस्यसँगको बैठकमा कानूनमन्त्री भण्डारीले लामो समयदेखि पीडा खेप्दै आएका बाढीपीडितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो...बाँकी अंश →


राष्ट्रियसभा : बम्जनलाई पक्राउ नगरेकोमा सांसदको आपत्ति

काठमाडौँ, २५ पुस,,  राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गर्नुभयो । सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा...बाँकी अंश →


विद्यार्थीलाई न्यानो कपडा र कम्मल वितरण

धादिङ, २५ पुस,, नाङ्गै खुट्टाले भोकभोकै विद्यालय जाने दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालयका ५५ बालबालिकालाई मङ्गलबार न्यानो कपडा वितरण गरिएको छ । स्वीटर, ट्रयाकसुटसेट, टोपी, पञ्जा, जुत्तामोजा, कापीसहित स्टेशनरी र सबैलाई कम्मल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक बुद्धिमाया तामाङले बताउनुभयो । बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको...बाँकी अंश →


रोहितको सम्झौता थप

काठमाडौँ, २५ पुस,, इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पोर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ । रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो । रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पेर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए । पोर्सिजाका...बाँकी अंश →


आगलागीबाट रु ४० लाखको क्षति

मङ्गलबारे, २५ पुस,,  इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ । स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिनुभयो । घरमा कोही नभएको समयमा...बाँकी अंश →


नेम्वाङको निधनमा कांङ्ग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, २५ पुस,, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले जिल्ला विकास समिति पाँचथरका पूर्वसभापति हरीशचन्द्र नेम्वाङकी धर्मपत्नी हंसरानी नेम्वाङको निधनमा दुःख व्यक्त गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार विज्ञप्ति जारी गरी ९२ वर्षीय नेम्वाङको निधन भएकामा दुःख व्यक्त गर्नुभएको हो । नेम्वाङको निधनप्रति काङ्ग्रेसले गहिरो दुःख व्यक्त...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter