१३ चैत २०८२

प्रदेश

आगलागीबाट रु बाह्र लाखको क्षति

बनियानी, २५ पुस,, झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ । झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा नगद रु...बाँकी अंश →


हुम्लामा अत्यधिक हिमपात

हुम्ला, २५ पुस,, जिल्लामा अत्यधिक हिमपात भएको छ । सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको छ । हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ । विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो । हवाईसेवा अवरुद्ध भएको छ । हवाईसेवा अवरुद्ध हँुदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानको...बाँकी अंश →


सबै स्थानीय तहमा बैंकिङ सेवा

फिदिम, २५ पुस,, पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको...बाँकी अंश →


थारूबस्तीमा माघीको रौनक

दाङ, २५ पुस,,  युवती घर लिपपोतमा व्यस्त छन् । पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाँडाकुँडा सबै सफा पारिएको छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–६ रजौराको थारू बस्तीको हो । थारू जातिको महान् पर्व माघीको रौनक अहिले रजौराको थारू बस्तीमा मात्र होइनु जिल्लाका अधिकांश थारू बस्ती देख्न...बाँकी अंश →


बूढीगङ्गाले कर घटाउने

पथरी, २५ पुस,,  बूढीगङ्गा गाउँपालिकाले व्यवसाय कर घटाउने भएको छ । व्यवसायीको अनुरोधलाई सम्बोधन गर्न गाउँपालिकाले व्यवसाय कर घटाउने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बालचन्द चौधरीका अनुसार गाउँपालिकाको राजश्व समितिले कुन कुन किसिमका उद्योगलाई के कति कर लगाउने भन्नेबारे सुझाव पेश गरेको थियो । “उद्योगबाट लिँदै आएको व्यवसाय कर...बाँकी अंश →


आलुबालीका किसान उत्साहित

पशुपतिनगर, २४ पुस,,  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय स्थापना भएर आलुबालीको अनुसन्धानमा सक्रिय भएपछि पूर्वी नेपालको पहाडी जिल्लाका किसान उत्साहित भएका छन् । इलामको सन्दकपुर र माई जोगमाई गाउँपालिकामा पर्ने जौवारीमा सरकारले नेपाल कृषि अनुसन्धान परिषद् नार्कको कार्यालय स्थापना भएपछि किसानलाई प्राविधिक सेवा र उन्नत जातका आलुका बीउ...बाँकी अंश →


जनअपेक्षा अनुसार काम भएन..गगन थापा

बनेपा, २४ पुस,, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।” नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको...बाँकी अंश →


हिटर पड्किएर आगलागी

काठमाडौँ, २४ पुस,, जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको...बाँकी अंश →


वैदेशिक रोजगार कार्यालय ताहचलबाट सात विचौलिया नियन्त्रणमा

काठमाडौँ, २४ पुस,, प्रहरीले वैदेशिक रोजगार कार्यालय ताहचलमा सेवाग्राहीलाई हैरानी दिने सात विचौलियालाई आज नियन्त्रणमा लिएको छ । श्रम स्वीकृति लिन आएका सर्वसाधारणलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको फलाने साँखुका २५ वर्षीय भरत तामाङ, मङ्गलटारका ३७ वर्षीय दिपु शाह र कोशीपारिका...बाँकी अंश →


मापसेका कारण ११६ नेपाली युएईको कारागारमा

काठमाडौँ, २४ पुस,, मादक पदार्थको सेवन (मापसे)का कारण सिर्जित समस्याबाट सबैभन्दा बढी नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा जेल जीवन बिताउन बाध्य भएको एक अध्ययनले देखाएको छ । आबुधावीस्थित नेपाली दूतावासले गत डिसेम्बर महीनामा युएईको सात वटा इमिरेट्समा रहेका आठ जेलमा गरेको अध्ययनका क्रममा मादक पदार्थका कारण ५८ प्रतिशत नेपाली...बाँकी अंश →


लागुऔषध नियन्त्रणमा प्रहरी सक्रिय

रुपन्देही, २४ पुस,, खुला सीमाका कारण रुपन्देहीमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएकोछ । प्रहरीले पछिल्लो एक हप्तामा १३ जना लागुऔषधका कारोवारीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ परेकामध्ये १० रुपन्देही, एक स्याङ्जा,...बाँकी अंश →


फेरि चल्दैछ ‘साक्षर नेपाल’ अभियान

काठमाडौँ, २४ पुस,, विगतमा पनि घोषणा भएर पूरा हुन नसकेको ‘साक्षर नेपाल’ अभियान अब आगामी वर्ष २०७६ का लागि निर्धारण गरिएको छ । नेपाल सरकारले विसं २०७२ मै साक्षर नेपालको लक्ष्य लिई लगातार साक्षरताका कार्यक्रम जारी राखेपनि हालसम्म मुलुक साक्षर हुन नसकेपछि सरकारले पुनः अभियानको घोषणा गरेको हो । अभियानले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter