
भद्रपुर, २७ पुस,, प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक...बाँकी अंश →

अमरगढी, २७ पुस,, उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् । जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी...बाँकी अंश →

बाजुरा, २७ पुस,, खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् । शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन् । जसमा महिला ३२५ र पुरुष २२४ रहेका छन् ।...बाँकी अंश →

काठमाडौँ, २७ पुस,, नख्खु कारागारका भूकम्पका समयमा क्षतिग्रस्त ब्लकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्ममा दुई ब्लकको काम सक्ने योजना रहेको जेलर जीवन दुलालले बताउनुभयो । भूकम्पका समयमा यहाँका ब्लक पूर्ण क्षतिग्रस्त भएपछि दुई वर्ष अघिदेखि यहाँ पुनःनिर्माण शुरु भएको थियो । कम्युनिटी रिहविलिटेशन सेन्टर (सिआरसी) र ड्रग्स...बाँकी अंश →

सिन्धुली, २६ पुस,, बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट आज एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । आश्रमबाट महात्मा गुरु भनिने...बाँकी अंश →

सुर्खेत, २६ पुस,, ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत यतिबेला सुर्खेत प्रहरीको पहिलो निशाना बनेको छ ‘लागू औषध र अवैध मदिरा’ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘लागुऔषध र अवैध मदिरा’ बिक्रीवितरण तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न जिल्लाभरि कार्यरत आफू मातहतका २९ प्रहरी एकाइलाई सक्रिए बनाएको छ । प्रहरीले ‘शहर तथा गाउँ, शान्त,...बाँकी अंश →

कपिलवस्तु/संवाददाता पुस २५ कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं.७को कुशहवा गाउमा स्वतन्त्र राजनितीक समूह को भेला गरि इकाई समिती गठन गरिएको छ।उक्त भेलाको अध्यक्षता राम किशोर चौधरी ले गरेका थिए। देशमा विद्यमान विभेद, शोषण, दमन र उत्पीडनको अन्त्य, सार्थक संघीयताको कार्यान्वयन, संविधानमा आवश्यक संशोधन, समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यका हरेक अंगमा...बाँकी अंश →

बाँके, २६ पुस,, बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ तर, उनीहरुलाई पुग्दो आहारा छैन । विसं २०६७ मा स्थापना भएको निकुञ्जमा यतिबेला २१ वटा बाघ छन् । बाघको सङ्ख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्था गर्न निकुञ्जलाई हम्मेहम्मे छ । बाघको सङ्ख्याको तुलनामा यसले आहारा...बाँकी अंश →

दमौली, २६ पुस,, तनहुँको बन्दीपुर गाउँपालिकाले फोहरमैला सङ्कलन केन्द्र निर्माण गरेको छ । गाउँपालिकाको शहरी क्षेत्रबाट उत्पादन हुने फोहरमैला व्यवस्थापनका लागि वडा नं १ को कुखुरेपानीमा फोहरमैला सङ्कलन केन्द्र निर्माण गरिएको हो । गाउँपालिका वडा नं १ का अध्यक्ष भानुभक्त पोख्रेलले रु २५ लाखमा सङ्कलन केन्द्र निर्माण गरिएको बताउनुभयो ।...बाँकी अंश →

काठमाडौँ, २६ पुस,, नेपालको दुई दिवसीय औपचारिक भ्रमण पूरा गरी जापानका विदेशमन्त्री तारो कोनो आज बिहान फ्रान्सतर्फ प्रस्थान गर्नुभयो । आफ्ना नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणमा छोटो अवधिका लागि नेपाल भ्रमणमा आउनुभएका मन्त्री कोनोले आजै बिहान राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो...बाँकी अंश →

काठमाडौँ, २६ पुस,, प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलिदेखि छ दिने भारत भ्रमण गर्नुहुने भएको छ । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उहाँ आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । भ्रमणको क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीयस्थल सेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी...बाँकी अंश →

जाजरकोट, २६ पुस,, जाजरकोट–डोल्पा मोटरबाटो ट्र्याक खुलेपछि डोल्पामा दैनिक उपभोग्य सामग्रीमा मुल्य घटेसँगै चामलको मूल्य पनि घटेको छ । यातायातको पहुँच बढेसँगै बजारमा पाइने चामलको मूल्य घटेपछि नेपाल खाद्य संस्थानको चामल महँगो भएको भन्दै नबिकेपछि संस्थानले नयाँ मूल्य निर्धारण गर्न केन्द्रसँग प्रस्ताव गरेको छ । जाजरकोट–दुनै मोटरबाटोको धेरै खण्डमा ट्र्याक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: