
भद्रपुर, ७ कात्तिक झापा र इलामका उत्साही युवा उद्यमीहरुद्वारा इलामको सन्दकपुर–५ जौबारीमा गरिएको केसर खेतीको परीक्षण सफल भएको छ । अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बालीमा प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ । जौबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर प्रालि स्थापना गरी जौबारीको एक हजार ३००...बाँकी अंश →
दाङ, ७ कात्तिक चारैतिर खचाखच गाडी, वर्षादको समयमा हिलाम्य, हिउँदको समयमा धुलाम्य हुने गरेको तुलसीपुर बसपार्क अहिले भने चिटिक्ट हँुदै गएको छ । यात्रुलाई सजह तथा सुरक्षित बसपार्कबाट यातायात सेवा प्रवाह गर्न अहिले आधुनिक बसपार्क निर्माण भएपछि चिटिक्क हँुदै गएको हो । तुलसीपुर उपमहानगरपालिकाले नगर विकास कोष नयाँ बानेश्वरबाट...बाँकी अंश →
अछाम, ७ कात्तिक सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो । विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५...बाँकी अंश →

वीरगञ्ज, कात्तिक ७ भारतको कोलकाता घर भई विगत ३१ वर्षदेखि वीरगञ्जको माईस्थानमा फुलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्षित गरी २० हजार सयपत्री फूलको माला भारतबाट ल्याउनुभएको छ । कोलकाताबाट रु ५० मा पाइने सयपत्री फूलको स्थानीय बजारमा प्रति माला रु ७५ देखि १०० सम्म बिक्री हुँदै आएको...बाँकी अंश →

भरतपुर, ७ कात्तिक चितवनमा बुधबारदेखि हराएकी एक वृद्ध मृत फेला परेकी छन् । भरतपुर महानगरपालिका वडा नम्बर २१ की ८९ वर्षीय टुल्कीदेवी अधिकारी आज बिहान भरतपुर २० शङ्करचोक नजिकै रहेको माछापोखरीमा मृत भेटिएकी हुन् । उनी बुधबार बिहान ११ बजेदेखि घरबाट हराएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्थानीयले...बाँकी अंश →
पशुपतीनगर, ७ कात्तिक जिल्ला प्रहरी कार्यालय इलामले पल्लो किराँत राष्ट्रिय लिम्बूवान मोर्चाका केन्द्रीय सचिवसहित नौ जनालाई नियन्त्रणमा लिएको छ । आफ्नो पार्टीको ६४औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा राखिएका राष्ट्रिय झण्डा हटाएर मोर्चाको झण्डा राख्ने क्रममा प्रहरीले उनीहरुलाई आज नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोर्चाका केन्द्रीय सचिव धनबहादुर...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले हिम चितुवा संरक्षणलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । भारतको नयाँ दिल्लीमा बुधबारदेखि शुरु भएको ‘ग्लोबल स्नो लियोपार्ड एण्ड इकोसिस्टम प्रोटेक्सन (जीएसएलपी) को चौथो स्थायी समिति बैठकमा बोल्दै उहाँले पारिस्थितिकीय प्रणाली रक्षाका लागि हिमचितुवा संरक्षण प्रमुख कार्यमध्येको एक भएको समेत उल्लेख...बाँकी अंश →

बैतडी, ७ कात्तिक स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ । लामालेक– ढणौन सडक निर्माणपछि एसके २२० केडी नंको...बाँकी अंश →

चितवन, ७ कात्तिक मित्रराष्ट्र चीनका नागरिक चाङ र उहाँको परिवारले भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ । प्रतिघर परिवार रु १० हजारको हाराहारीमा सहयोग गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बुधबार साँझ एक कार्यक्रमका बीच खाद्यान्न नगद तथा लत्ताकपडा विपन्न परिवारलाई...बाँकी अंश →

बनेपा, ७ कात्तिक तेमाल गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी नयाँ परिचयपत्र वितरण गर्ने काम शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरण गरी मङ्गलबारबाट परिचयपत्र वितरण गर्न थालेको गाउँपालिका अध्यक्ष सलामसिं तामाङले जानकारी दिनुभयो । अहिलेसम्ममा विभिन्न वर्गका गरी ६४ जनाले पचियपत्र प्राप्त गरिसकेका छन् । परिचयपत्र प्राप्त गर्नेमा...बाँकी अंश →

काठमाडौँ, ७ कात्तिक नेपाल प्रहरी लागुऔषध नियन्त्रण ब्यूरोले छ किलोग्राम ४०० ग्राम गाँजा र सात किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लागुऔषध ओसारपसार कार्यमा संलग्न अच्युत त्रिपाठी, राजेन्द्रप्रसाद पाण्डे र सुरेन्द्र पाण्डेलाई विभिन्न मितिमा पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार...बाँकी अंश →

भरतपुर, ७ कात्तिक चितवनका किसानलाई दाङमा मौरी चराउन नदिएको भन्दै नेपाल किसान सङ्घ चितवनले विरोध जनाएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भरतपुरका तीन किसानले दाङ लागेको मौरी फिर्ता पठाइदिएको भन्दै विरोध जनाएको हो । भरतपुर महानगरपालिकाका सुभाष घिमिरेसहित तीन किसानले चरनका लागि मौरीलाई तुलसीपुर उपमहानगरपालिका–१९ कुटिचौर लगेका थिए...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: