१२ चैत २०८२

प्रदेश

डेरामा थन्किए ‘गजल’

भीमदत्तनगर, ३० पुस  ,,  विसं २०६९ मा अध्ययनको सिलसिलामा कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका २५ वर्षीय सिद्धनारायण आचार्य अनेकन पीडाका बीच साहित्यिक क्षेत्रका एक प्रतिभावान र सफल गजलकारका रुपमा परिचित हुनुहुन्छ । कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड घर भएका आचार्य हाल भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरामा बसेर यहाँको सुदूर पश्चिम विश्वविद्यालयमा स्नातक तहमा...बाँकी अंश →


विपन्न परिवारलाई कम्बल वितरण

लहान, ३० पुस ,,  जाडोबाट पीडित सिरहाका लहान नगरपालिका–२३ गढियाका अति विपन्न, एकल महिला र दलित परिवारलाई स्थानीय एक परिवारले कम्बल वितरण गरेको छ । स्थानीयवासी विश्वनाथ गुप्ताको पत्नी कृष्णादेवी गुप्ताले जाडोबाट प्रभावित लहान नगरपालिका–२३ का दलित, एकल महिला तथा अति विपन्न गरी १५० घरपरिवारलाई कम्बल वितरण गरेको हो ।...बाँकी अंश →


पत्रकारिताको भाषामा ध्यान दिन आग्रह

काठमाडौँ, ३० पुस ,,   प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले साना लगानीका मिडियाको संरक्षण एवं प्रबद्र्धनका लागि समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्ने ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ । काउन्सिलद्वारा यहाँ आइतबार आयोजित ‘भाषिक पत्रकारिताको व्यवस्था तथा आचारसंहिता’ विषयको अन्तरक्रियामा श्रेष्ठले भाषिक पत्रपत्रिका तथा साना लगानीका मिडियामा समानुपातिक विज्ञापन...बाँकी अंश →


अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा

धनगढी, ३० पुस  ,,  पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले भन्नुभयो, “कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि...बाँकी अंश →


स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास’

काठमाडौँ, ३० पुस ९ ,, ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब गर्न नदिइने बताउनुभयो । रु १८ करोडको लागतमा १८...बाँकी अंश →


आलेख, गोरु जुधाइ फैलँदै

नुवाकोट, ३० पुस (रासस) ः माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ । तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती (नुवाकोट पट्टिको भू–भाग) मा गोरु जुधाउन शुरु भएको थियो...बाँकी अंश →


ढोलाहिटी–लेले सडकमा २० प्रतिशत काम

काठमाडौँ, ३० पुस  ,,  सडक विस्तारको काम शुरु भएको दुई वर्ष नाँघ्दा पनि ढोलाहिटीदेखि लेले सरस्वती कुण्डसम्मको सडकको काम जम्मा २० प्रतिशतभन्दा बढी हुन सकेको छैन । सर्वाेच्च अदालतले सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेपछि काम अवरुद्ध हुँदा प्रगति कम देखिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।...बाँकी अंश →


नार्कमा कर्मचारी अभाव

गोदावरी, ३० पुस ,,  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बन्दै गएको हो...बाँकी अंश →


पचास प्रतिशतले शेयर बढेपछि माथिल्लो तामाकोशीको कारोवार रद्द

काठमाडौँ, ३० पुस  ,,   नेपाल स्टक एक्सचेञ्जले माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको आजको शेयर कारोवार रद्द गरेको छ । बजार खुल्ने वित्तिकै उक्त कम्पनीको शेयर मूल्य ५० प्रतिशतभन्दा बढीले बढेपछि स्टकले सबै कारोवार रद्द गरेको हो । स्टकका प्रवक्ता मुराहरि पराजुलीले आवश्यकभन्दा बढीको कारोवार भएका कारण कारोवार रद्द गर्नुपरेको जानकारी दिनुभयो...बाँकी अंश →


किताबखानामा अद्यावधिक नभएकाले फाराम भर्न पाउने

काठमाडौँ, ३० पुस ,,   सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती किताबखानामा अद्यावधिक नभएका कर्मचारी पनि समायोजनका लागि फाराम भर्न सक्ने व्यवस्था गरेको छ । समायोनजका लागि फाराम भर्न दुई दिनमात्र बाँकी रहँदा अद्यावधिक गर्न बाँकी भएका कर्मचारीलेसमेत समायोनजका लागि फाराम भर्न सक्ने मन्त्रालय समायोजन शाखाका उपसचिव अनिता निरौलाले जानकारी...बाँकी अंश →


पदयात्रा पर्यटनसँग जोडिएको मिलेनियम गुफा

पोखरा, ३० पुस ,,  सुन्दा अचम्म लाग्छ, शिलामा कुँदिएका दृश्यले सजिएको र चमेरै चमेराले भरिएको गुफाभित्र दुुई झरना छन् । जुन हिउँदमा सुक्दैन, वर्षात्मा पनि ठूलो हुँदैन । पृथ्वी राजमार्गअन्तर्गतको तनहुँ दुलेगौँडाबाट झण्डै १५ किलोमिटर पश्चिम लागेपछि शुक्ला गण्डकी नगरपालिका वडा नं १२ स्थित रमणीय घडेरी गाउँ पुगिन्छ । गाउँको...बाँकी अंश →


बहराइन र नेपालको आर्थिक सम्बन्ध सुदृढ बन्दै

काठमाडौँ, ३० पुस ,,  बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले नेपाल र बहराइनबीचको आर्थिक र सांस्कृतिक कूटनीतिक सम्बन्धलाई थप बलियो बनाउने प्रयास भइरहेको बताउनुभएको छ । नेपाली राजदूतावास बहराइनले शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा राजदूत सुन्दासले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने काममा सहयोग गर्न त्यहाँ बसोवास गर्ने नेपाली समुदाय, सङ्घसंस्था...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter