१३ मंसिर २०८३

प्रदेश

विसं २०७६ का पात्रो माघ १५ सम्म प्रकाशन हुने

काठमाडौँ, ३० पुस ,,  विसं २०७६ का पात्रो (पञ्चाङ्ग) माघ १५ गतेभित्र प्रकाशित भई बजारमा आउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । विभिन्न चाड पर्व, विवाह, व्रतबन्ध जस्ता धार्मिक कर्म गर्ने मुहूर्त पात्रोमा दिइने भएकाले आम मानिसले छिटो बजारमा ल्याउनुपर्ने माग गर्ने गरेका छन् । समितिको बैठकले यस वर्ष...बाँकी अंश →


मेगा बैंकको लाभांश स्वीकृत

काठमाडौँ, ३० पुस  ,,   मेगा बैंक लिमिटेडको आठौँ वार्षिक साधारणसभाले छ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंकको आज यहाँ सम्पन्न साधारणसभाले रु ७० करोड ४५ लाख ५८ हजार ५७० नगद लाभांश र एक दशमलव ००२३३ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव पारित गरेको हो ।...बाँकी अंश →


टिम्बर कर्पाेरेशनद्वारा ३२७ प्रतिशत बोनस सेयर प्रदान

काठमाडौँ, ३० पुस  ,,   पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पाेरेशनको आज सम्पन्न साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस शेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो । वन तथा...बाँकी अंश →


सुन्तलाको उत्पादन घट्दा किसान चिन्तित

भोजपुर, ३० पुस ,, सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् । यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताउनुभयो...बाँकी अंश →


नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न

बुटवल, ३० पुस ,,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पु¥याउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले...बाँकी अंश →


दुम्सीचौरमा कृत्रिम ताल निर्माण शुरु

दमौली, ३० पुस ,,   तनहुँको ब्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको ताललाई ‘नारेश्वर ताल’ नामाकरण गरिएको छ । सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी...बाँकी अंश →


मन्दिर र अनाथ बालबालिकाको सहयोगका लागि ‘म्हेन्दु’को शो

डोल्पा, ३० पुस ,,   विकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’को विशेष ‘च्यारिटी शो’ गरिने भएको छ । आगामी माघ ७ गते बिहान ८ बजे काठमाडौँ बालाजुस्थित अष्टनारायण हलमा फिल्मको विशेष च्यारिटी शो गरिने भएको हो । डोल्पाको मौलिकतालाई झल्काइएको चलचित्र म्हेन्दु नेपालकै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिर,...बाँकी अंश →


चाकु व्यवसायीलार्ई भ्याइनभ्याइ

बनेपा, ३० पुस ,,  काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि...बाँकी अंश →


एक हजार ७०० चल्ला बरामद

सर्लाही, ३० पुस  ,,   भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डिएलसिएनबि ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाइ ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती...बाँकी अंश →


सामाजिक उत्तरदायित्व वहन गर्दै बैंक

दमौली, ३० पुस ,,  तनहँु जिल्लामा सञ्चालनमा रहेका बैंकका शाखाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्न थालेका छन् । तनहुँको दमौलीमा रहेको महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंक र डुम्रेस्थित मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा खानेपानी र सरसफाइका सामग्री, विद्यार्थीलाई झोला र वडामा सडकबत्ती जडान गरेका...बाँकी अंश →


संस्कृति र भाषाको जर्गेनामा जुट्दै युवा पुस्ता

इलाम, ३० पुस ,, केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो । कार्यक्रममा राई जातिको साकेला नाच, लिम्बूको धान नाच र नेवार समुदायको लाखे नाचले पनि स्थान पायो । हिजोआज यहाँ हुने धेरै...बाँकी अंश →


रत्ननगरका जनप्रतिनिधिका लागि आचारसंहिता

भरतपुर, ३० पुस  ,,   रत्ननगर नगरपालिकाले जनप्रतिनिधिका लागि आचारसहिंता जारी गरेको छ । जनप्रतिनिधिलाई जिम्मेवार र पारदर्शी बनाउन जारी गरिएको आचारसंहिता आइतबार सम्पन्न चौथो नगरसभाले पारित गरेको हो । नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी गरिएको नगरप्रमुख नारायण वनले बताउनुभयो । आचारसंहितामा जनप्रतिनिधिले नगरपालिकाभित्र पान, गुड्खा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter