
काठमाडौँ, ३० पुस ,, पूर्ण सरकारी स्वामित्वको द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले शेयरधनीलाई पहिलो पटक ३२७ दशमलव ३ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको छ । टिम्बर कर्पाेरेशनको आज सम्पन्न साधारणसभाले शेयरधनीलाई स्थापनाकालदेखि पहिलोपटक सो बोनस शेयर बाँड्ने निर्णय गरेको महाप्रबन्धक राजु लौडारीले जानकारी दिनुभयो । वन तथा...बाँकी अंश →

भोजपुर, ३० पुस ,, सुन्तलाखेतीबाट निकै राम्रो आम्दानी गर्दै आउनुभएका भोजपुरका कृषक उत्पादन घटेपछि समस्यामा परेका छन् । अन्य बालीलाई पन्छाएर व्यावसायिक रूपले सुन्तला खेतीमा लागेका कृषक उत्पादन कम भएपछि समस्यामा परेका हुन् । यस वर्ष उत्पादनमा ५० प्रतिशतभन्दा बढीले कमी आएको भोजपुर नगरपालिका–३ गुप्तेश्वरका सुन्तला कृषक गणेश प्रधानले बताउनुभयो...बाँकी अंश →

बुटवल, ३० पुस ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज यहाँ सम्पन्न भएको छ । झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पु¥याउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले...बाँकी अंश →

दमौली, ३० पुस ,, तनहुँको ब्यास नगरपालिका–१० स्थित दुम्सीचौरमा कृत्रिम ताल निर्माण गर्न थालिएको छ । उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित निर्माण गर्न लागिएको ताललाई ‘नारेश्वर ताल’ नामाकरण गरिएको छ । सोही ठाउँको नारेश्वर खोलाको पानी थुनेर बनाइने ताल २८ रोपनी क्षेत्रफलमा फैलिने व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले जानकारी...बाँकी अंश →

डोल्पा, ३० पुस ,, विकट हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको नेपाली कथानक चलचित्र ‘म्हेन्दु’को विशेष ‘च्यारिटी शो’ गरिने भएको छ । आगामी माघ ७ गते बिहान ८ बजे काठमाडौँ बालाजुस्थित अष्टनारायण हलमा फिल्मको विशेष च्यारिटी शो गरिने भएको हो । डोल्पाको मौलिकतालाई झल्काइएको चलचित्र म्हेन्दु नेपालकै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिर,...बाँकी अंश →

बनेपा, ३० पुस ,, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइनभ्याइ भएको छ । माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि...बाँकी अंश →

सर्लाही, ३० पुस ,, भारतबाट लुकाइछिपाइ नेपाल ल्याउँदै गरेको एक हजार ७०० कुखुराको चल्लासहित स्करपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार राति ९.३० बजे गोडैता नगरपालिका–१२ मधुवनी नाकाबाट डिएलसिएनबि ०६९९ नं को भारतीय स्करपियोमा चल्ला लुकाइ ल्याउँदै गरेको अवस्थामा जाँच गर्ने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती...बाँकी अंश →

दमौली, ३० पुस ,, तनहँु जिल्लामा सञ्चालनमा रहेका बैंकका शाखाहरुले सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक क्षेत्रमा सहयोग गर्न थालेका छन् । तनहुँको दमौलीमा रहेको महालक्ष्मी विकास बैंक, कैलाश विकास बैंक र डुम्रेस्थित मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा खानेपानी र सरसफाइका सामग्री, विद्यार्थीलाई झोला र वडामा सडकबत्ती जडान गरेका...बाँकी अंश →
इलाम, ३० पुस ,, केही समय अघि इलाम सदरमुकाममा मेची पर्यटन महोत्सव भयो । महोत्सवको उद्घाटन कार्यक्रममा देखाइएका ताप्लेजुङको शेर्पा नाच र झापाको सन्थाल नाचले निक्कै चर्चा पायो । कार्यक्रममा राई जातिको साकेला नाच, लिम्बूको धान नाच र नेवार समुदायको लाखे नाचले पनि स्थान पायो । हिजोआज यहाँ हुने धेरै...बाँकी अंश →

भरतपुर, ३० पुस ,, रत्ननगर नगरपालिकाले जनप्रतिनिधिका लागि आचारसहिंता जारी गरेको छ । जनप्रतिनिधिलाई जिम्मेवार र पारदर्शी बनाउन जारी गरिएको आचारसंहिता आइतबार सम्पन्न चौथो नगरसभाले पारित गरेको हो । नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी गरिएको नगरप्रमुख नारायण वनले बताउनुभयो । आचारसंहितामा जनप्रतिनिधिले नगरपालिकाभित्र पान, गुड्खा...बाँकी अंश →

काठमाडौँ, ३० पुस ,, नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ । बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको...बाँकी अंश →

हुम्ला, ३० पुस ,, सर्केगाड गाउँपालिका–२ मा यतिखेर खानेपानीको समस्या देखिएको छ । उक्त गाउँपालिका–२ का ७० घरधुरीले दिनभरिको काम छाडेर पानीको जोहो गर्नुपरेको छ । खानेपानीको मुहान नजिक नहुँदा दिनभरि खानेपानीको जोहो गर्न घरको एक जना सदस्य पालो कुरिरहनुपर्ने बाध्यता रहेको छ । त्यस क्षेत्रका स्थानीयले खानेपानी ल्याउन एक...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: