
मेलम्ची, ३ माघ ,, चीनसँग जोडिएको नाका तातोपानीमा भइरहेको कामको प्रगतिबारे दुई देशका प्रतिनिधिले अनुगमन गरेका छन् । नेपालको तर्फबाट भन्सार विभागका उपमहानिर्देशक मनमाया पङ्गेनीको नेतृत्व तथा चीनका भन्सार विभागका उपमहानिर्देशक भाइसीको नेतृत्वमा आएको टोलीले आज तातोपानी नाका क्षेत्रको अनुगमन गरिएको नेपालको तर्फबाट अनुगमनमा सहभागी बाह्रबिसे नगरपालिकाका प्रमुख निम्फुन्जो शेर्पाले...बाँकी अंश →

राँझा, ३ माघ ,, बाँकेको तीन गाउँपालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम शुरु भएको छ । आर्थिक तथा सामाजिक सूचकका आधारमा कमजोर रहेका नरैनापुर, डुडुवा र जानकी गाउँपालिकामा कार्यक्रम सञ्चालन भएको कार्यक्रम सहजकर्ता केशव चालिसेले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत गुणस्तरीय स्वास्थ्य, शिक्षाको लागि पहल गर्दै आयआर्जनका अवसर सिर्जना गरी आर्थिक तथा...बाँकी अंश →

घोराही, ३ माघ ,, प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि यहाँ खुलेका ठुला होटेल मारमा परेका छन । दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवलतिर सरेपछि यहाँका होटलमा हुने सामान्य चहलपहल पनि अहिले घटेको छ ।...बाँकी अंश →

सोलुखुम्बु, ३ माघ ,, जिल्लामै पहिलो पटक सामुदायिक वन जोगाउने उद्देश्यले ग्यास सिलिण्डर र चुलो वितरण गरिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ स्थित मोपुङ सामुदायिक वन कार्यालयले स्थानीय उपभोक्तालाई ती सामग्री वितरण गरेको हो । छयालीस घरधुरी उपभोक्तालाई निःशुल्क सिलिण्डर र सशुल्क चुलो वितरण गरिएको वन उपभोक्ता समितिका उपाअध्यक्ष दावा शेर्पाले...बाँकी अंश →

सङ्खुवासभा, ३ माघ ,, सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको धार्मिक पर्यटीयस्थल मनकामनाको छेउमा बहने अरुण नदीमा पहिलो पटक गत शुक्रबारदेखि जलयात्रा शुरु गरिएको छ । सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यमा सङ्खुवासभाको अरुण उपत्यका र बालेश्वर समेतलाई राखेको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने गरी जलयात्रा...बाँकी अंश →

बागलुङ, ३ माघ ,, भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र यहाँका स्थानीय तहबीच सहकार्य अघि बढेका छन् । दुवै पक्षले समन्वय र सहयोग आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका छन् । यसअघि प्राधिकरणले निजी आवासको पुनर्निर्माणमा स्थानीय तहलाई सहभागी गराउने निर्णय गरेको थियो । सोअनुसार जिल्लाका दश स्थानीय तहले...बाँकी अंश →
काठमाडौँ, ३ माघ ,, नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । प्रजातन्त्र सेनानी एवं नेता रावलको गत पुस ३० गते ललितपुरको धापाखेलस्थित आफ्नै निवासमा ९० वर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय रावलको पत्नी, दुई छोरा...बाँकी अंश →

काठमाडौँ, ३ माघ ,, धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक...बाँकी अंश →

पोखरा, ३ माघ (रासस) ,, प्रकृतिलाई पर्यटनसँग जोड्दै आर्थिक समृद्धिका लागि पहल भइरहेका अवस्थामा शुक्ला गण्डकी नगरपालिका–११ राइपुरस्थित प्राचीन महत्वको जन्ते ढुङ्गालाई घरबास र पर्यटनसँग जोड्ने पहल थालिएको छ । परापूर्वकालमा बेहुली लिएर आएका दुई समूहका जन्ती भेट हुनासाथ उनीहरू त्यही ठाउँमा एकाएक हराएको जनविश्वासका आधारमा उक्त स्थानलाई जन्ते ढुङ्गा...बाँकी अंश →

काठमाडौँ, ३ माघ ,, प्रतिनिधिसभा, संसदीय सुनुवाइ समितिले दुई प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णको अध्यक्षतामा आज यहाँ बसेको समितिको बैठकले प्रस्तावित राजदूत फ्रान्सका लागि दीपक अधिकारी र थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । प्रस्तावित राजदूतद्वय अधिकारी र ढकाल परराष्ट्र...बाँकी अंश →

हेटौँडा, ३ माघ ,, यही माघ १० गते यहाँ मकवानपुरगढी विजयोत्सव मनाइँदैछ । दुई सय ५६ वर्षअघि भारत बङ्गालको मुगल सेनाले गरेको आक्रमणको जवाफमा गोरखाली सेनाले विजय गरेको दिनलाई विजयोत्सवका रुपमा मनाउने गरिएको छ । विसं १८१९ माघ १० गते गुरगिन खाँ नेतृत्वको मुुसलमान सेनाको आक्रमणबाट गोरखालीले विजय गरेको बताइएको...बाँकी अंश →

ताप्लेजुङ, ३ माघ ,, अलैँचीको मूल्य बढेर प्रतिमन १ लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिनुभयो । झण्डै सात लाख रुपैयाँ लगानी थपेर उहाँले अलैँची खेती विस्तार पनि गर्नुभयो । साहुबाट महङ्गो ब्याज दरमा ऋण लिनुभएका सार्कीले ६ लाख रुपैयाँ जति त...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: