१० चैत २०८२

प्रदेश

किराती राजाको छोराको सामूहिक चौतारा निर्माण

खोटाङ, ६ माघ  ,,  हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा किराती राजा होलैसुङको दश भाइ छोराको सामूहिक चौतारा बनाइएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी नजिकै रहेको होलेसुङगढी जाने बाटोमा होलेसुङ समूहले सङ्कलन गरेको चन्दाबाट सामूहिक चौतारा निर्माण गरिएको हो । चौतारामा होलैसुङ राजाका जेठा छोरा होम्दिमहोँछा, माइला मायाराजाहोँछा, साइला जितराजाहोँछा, काइला...बाँकी अंश →


मुआब्जा माग्दै जिल्ला बन्द

बेत्रावती, ६ माघ  ,,  राष्ट्रिय गौरवको आयोजनाको रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी’ सडक योजनाअन्तर्गत नुवाकोटको पिपलटारदेखि ढुङ्गेसम्मका प्रभावित बासिन्दाले मुआब्जा माग्दै आज नुवाकोट बन्द आह्वान गरेका छन् । आयोजनाअन्तर्गत पीपलटार–ढुङ्गे करीब नौ किमी सडक बालाजु–त्रिशूली सडकखण्डमा पर्ने र सो सडकको सीमा निर्धारण विसं २०३४ को राजपत्रमा उल्लेख गरिएको भन्दै मुआब्जा नदिने...बाँकी अंश →


शहीद कोइरालाको प्रतिमास्थल खण्डहर बन्दै

बर्दिवास, ६ माघ  ,,   महोत्तरी जिल्लाको मटिहानीस्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहर बनेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शहीद कोइरालाको मटिहानी नगरपालिका–७ स्थित स्मारकस्थलको संरक्षण र मर्मत सम्भार नपाएपछि खण्डहर बनेको हो । नेपाली काङ्ग्रेसको आह्वानमा सशस्त्र आन्दोलनको तयारी गरिरहँदा पञ्चायतकालमा विसं २०३१ साउन ३१ गते राति मटिहानीमा...बाँकी अंश →


पसलमा साढे तीन लाखको धनमाल चोरी

बैतडी, ६ माघ  ,,   बैतडीको डिलाशैनी गाउँपालिकाका विभिन्न तीन पसलमा गए राति तोडफोड गरी रु तीन लाख ५० हजारको धनमाल चोरी भएको छ । डिलाशैनी–३ पंसेरामा रहेको हरि नाथको पसलबाट नगदसहित रु एक लाख ५० हजार, धनीराम ओडको मोबाइल पसलबाट नगदसहित रु एक लाख २५ हजार र केशव कोलीको किराना...बाँकी अंश →


कर्णाली प्रदेश निर्माणको डिजाइन दिनुहोस् ,, मुख्यमन्त्री शाही

सुर्खेत, ६ माघ  ,,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गर्नुभएको हो ।...बाँकी अंश →


अपाङ्गता भएकालाई रेडक्रसको सहयोग

दमौली, ६ माघ (रासस) ः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तनहुँले अपाङ्गता भएका व्यक्तिहरुलाई रु आठ लाख आर्थिक सहयोग प्रदान गरेको छ । अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि सहयोग पु¥याउन रेडक्रस सोसाइटीले व्यास नगरपालिका–८ रिस्ती र भानु नगरपालिका–१३ सम्जुरका अपाङ्गता भएका व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरेको हो । रिस्तीका ३७...बाँकी अंश →


देवीस्थान डाँडामा घोडचढी अर्को आकर्षण

बनेपा, ६ माघ   ,,  धुलिखेलको पर्यटकीय गन्तव्यको रुपमा चर्चित रमणीय स्थान देवीस्थान डाँडामा घुम्न आउनेहरुको आकर्षण चुच्चे ढुङ्गामा चढेर तस्विर लिनेका साथै घोडचढी पनि बनेको छ । सो स्थानमा घुम्न जानेहरुका लागि त्यहाँका अग्लो चुच्चे ढुङ्गा र त्यहाँ व्यावसायिक रुपमा राखेका घोडचढी अर्को आकर्षण बनेको हो । काठमाडौँ चाबहिलबाट शनिबार...बाँकी अंश →


संरक्षणको पर्खाइमा सुदूरका तालहरू

अमरगढी, ६ माघ  ,,   संरक्षण नहँुदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि...बाँकी अंश →


सिमकोट बजारमा सडक विस्तार गरिने

हुम्ला, ६ माघ  ,,  जिल्लाको सदरमुकाम सिमकोट बजारलाई शहरी विकास मन्त्रालय आयोजनाले सडक विस्तार गर्ने भएको छ । शनिबार सिमकोट गाउँपालिका जनप्रतिनिधि, स्थानीय र सङ्घीय योजना प्रमुख, शहरी विकास मन्त्रालयका पदाधिकारीबीच भएको अन्तरक्रिया कार्यक्रममा विगतका योजनाभन्दा फरक तरिकाले कार्य अगाडि बढाउने निर्णय भएको छ । सिमकोट गाउँपालिकाले सडक विस्तारको लागि...बाँकी अंश →


शान्ति सङ्ग्रहालय निर्माण गर्ने नगरपालिकाको निर्णय

गलेश्वर, ६ माघ  ,,   म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले बेनी बजारलाई सुरक्षित बनाउन बाढीको निकासका लागि व्यवधान बनेका दुई घरलाई खरीद गरेर बाढीको सहज निकास दिने र पिपलडाँडामा ‘शान्ति सङ्ग्रहालय’ बनाउने निर्णय गरेको छ । बेनी नगर कार्यपालिकाको बैठकले बर्खामा बजारमाथिको पाखोबाट आउने बाढीलाई सहजरुपमा निकास दिन र व्यवस्थापन...बाँकी अंश →


महायज्ञमा १२ लाख संकलन

घोराही, ६ माघ  ,,  घोराही उपमहानगरपालिका वडा नम्बर– १३ मा रहेको श्री बराहक्षेत्र मावि सेवार बनगाँउको आयोजनामा विहीवारदेखि शुरु भएको महायज्ञमा रु १२ लाख दान संकलन भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास तथा प्राविधिक शिक्षा सञ्चालन सहयोगार्थ आयोजित ‘श्रीमद् भागवत मन–धान्याञ्चल विराट् नवाह ज्ञान महायज्ञ– २०७५’ मा तेस्रो दिनसम्म...बाँकी अंश →


प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट

हेटौँडा, ४ माघ  ,,  प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter