१२ असार २०८३

प्रदेश

ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने

भरतपुर, माघ ६   ,,   चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ । इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार गर्ने काम गर्दै छौँ ।” उक्त गाउँपालिका प्रमुख गीता गुरुङले...बाँकी अंश →


अझै लेखेर सकिएन जुम्ली शब्दकोश

जुम्ला, ६ माघ  ,,  उमेरले ७२ वर्ष नाघेका चन्दननाथ नगरपालिका– २ आचार्यवडाका भाषाविद् रमानन्द आचार्य ‘खसिया आखर’ नेपाली भाषाको जुम्ली शब्दकोश लेख्दै हुनुहुन्छ । तत्कालीन जिल्ला विकास समितिको लगानी र भाषाविद् आचार्यसहित अन्य जुम्ली अगुवा नागरिकको पहलमा विसं २०६५ देखि जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको लोपोन्मुख ‘खसिया आखर’ नेपाली भाषाको...बाँकी अंश →


डोल्पा तीन दिनदेखि सञ्चार विहीन

डोल्पा, ६ माघ  ,,  शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चार विहीन बनेको छ । जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दुर सञ्चार कार्यालयले जनाएको छ । रिपिटर टावरमा समस्या देखिएपछि ठूलीभेरी नगरपालिकामा पर्ने जुफाल, दुन,...बाँकी अंश →


सभागृहको बजेट नरोक्न आग्रह

भद्रपुर, ६ माघ  ,,  नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गर्नुभएको छ । आज यहाँ प्रेस क्लबद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाउनुभएको छ । वर्तमान प्रधानमन्त्री केपी...बाँकी अंश →


प्रहरी परिसरमा ‘नागरिक सहायता कक्ष’

काठमाडौँ, ६ माघ  ,,   नागरिकका गुनासो सुन्न प्रहरी परिसर काठमाडौँले ‘नागरिक सहायता कक्ष’ स्थापना गरेको छ । झण्डै रु १९ लाख ५० हजारको लागतमा निर्माण गरिएको सहायता कक्षको आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गर्नुभयो । समुदाय–प्रहरी साझेदारी अवधारणाअनुसार स्थापना भएको सहायता कक्षबाट नागरिकहरूले महसुस गर्ने गरी सेवा उपलब्ध गराउन...बाँकी अंश →


चार जिल्लाको भौगर्र्भिक अध्ययन हुँदै

काठमाडौँ, ६ माघ  ,,  खानी तथा भू–गर्भ विभागले चार जिल्लाको भौगर्भिक नक्साङ्कन लिने काम शुरु गरेको छ । भू–वैज्ञानिक अध्ययन एवं अनुसन्धान गरी देशको भौगर्भिक तथ्यसम्बन्धी ज्ञान प्राप्त गर्ने उद्देश्यले स्थापना भएको विभागले धादिङ, गोरखा, तनहुँ र चितवनको भौगर्भिक अध्ययन लिने काम शुरु गरेको हो । उक्त क्षेत्र भूकम्प धेरै...बाँकी अंश →


भारतीय रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा

रत्ननगर, ६ माघ  ,,  सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् । यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन्...बाँकी अंश →


दर्जन बढी विकास आयोजना अलपत्र

जाजरकोट, ६ माघ  ,,   वषांैदेखि निर्माण व्यवसायीले काम नगर्दा जाजरकोटका दर्जन विकास निर्माणका काम अलपत्र परेका छन् । ठेक्का लिने तर काम बीचमै छाड्दा यहाँका दर्जन विकास निर्माणका काम आधा भएर अलपत्र परेका हुन् । वर्षेनी लिएको काम पूरा नगर्दा जिल्लाको स्वास्थ्य संस्था, पुल अलपत्र पर्ने गरेको नागरिक अगुवा राजेन्द्रविक्रम...बाँकी अंश →


सडक विस्तार हुँदै

तुलसीपुर, ६ माघ  ,,  तुलसीपुर उपमहानगरपालिकाले २० वर्षसम्म विस्तार हुन नसकेका सडक विस्तार गर्न लागेको छ । तुलसीपुर–१ को धनुवासमा पुगेको सडक विस्तार गरेर उपमहानगरपालिकाले सल्यानको मखनटाकुरीसम्म पु¥याउन लागेको हो । विकट वडालाई सडक सञ्जालसँग जोड्ने योजनाअनुसार सडक सञ्जाल विस्तार भइरहेको नगर प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । उहाँले सडक...बाँकी अंश →


उद्योग वाणिज्य संघका सभा

कपिलबस्तु/माघ ५  ,,  कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.२मा रहेको उद्योग वाणिज्य संघका सभा हालमा आज "कपिलवस्तु समाज"को २९औं वार्षिकोत्सव को अवसरमा सम्मान एंव छात्रवृत्ति वितरण कार्यक्रम को अयोजना भएको थिए। कार्यक्रममा कपिलवस्तुको विभिन्न समुदायिक विद्यालय बाट गत वर्ष एसईई परिक्षा मा सर्वोत्कृष्ट अंक ल्याउने र जेहनदार ६जना विद्यार्थी हरु लाई...बाँकी अंश →


आगलगीबाट अठार लाख क्षति

सर्लाही, ६ माघ  ,,  घरमा बालेको घुरबाट आगलगी हुँदा बलरा नगरपालिका–८ गडहियामा छ घर जलेर नष्ट भएको छ । आगलागीबाट रु १८ लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय इशा महमदको आँगनमा बालिएको घुरबाट आगो सल्किँदा महमदसहित किताब लहेरी, सलिम लहेरी, मञ्जुर लहेरी, जाजुल लहेरी र अकबर लहेरीको घर जलेर...बाँकी अंश →


उपत्यकाको सुरक्षामा २१ हजार सिसी क्यामरा आवश्यक

काठमाडौँ, ६ माघ  ,,  काठमाडौँ उपत्यकाभित्रको सुरक्षाका लागि २१ हजार ४४१ स्थानमा सिसी क्यामरा जडान गर्नुपर्ने आवश्यकता रहेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले भर्खरै गरेको अध्ययनअनुसार काठमाडौँको नौ हजार ११७, भक्तपुर पाँच हजार ९८५ र ललितपुरको ६ हजार ३३९ स्थानमा क्यामरा राख्नुपर्ने देखिएको हो । कार्यालयका प्रमुख एवं प्रहरी...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter