१० चैत २०८२

प्रदेश

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

चितवन, ८ माघ  ,,  चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ । मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स टे«ड फेयर एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको प्रदर्शनी यही माघ ११ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५...बाँकी अंश →


मेलम्चीको काम अघि बढाउन दातासँग छलफल

काठमाडौँ, ८ माघ  ,,  सुरुङ बनाइरहेको निर्माण व्यवसायीसँग ठेक्का सम्झौता रद्द गर्ने तयारी गरिरहेको मेलम्ची खानेपानी विकास समितिले दाता एशियाली विकास बैंक (एडिबी)सँग छलफल गरेको छ । दाताले बाँकी कामका लागि अर्को बोलपत्र आह्वान गर्दा आयोजनाको काममा ढिलाइ हुने भएकाले सहायक निर्माण व्यवसायी कम्पनीलाई छोटो कामको जिम्मेवारी दिन सुझाएको समितिका...बाँकी अंश →


दश सुक्खा क्षेत्रमा खानेपानी आयोजना

काठमाडौँ, ८ माघ  ,,  सरकारले १० वटा सुक्खा क्षेत्रमा बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको छ । विभिन्न समयमा सरकारले सुक्खा क्षेत्र घोषणा गरेका बस्तीलाई आधार मानेर त्यस क्षेत्र वरपरका जनतालाई सर्वसुलभ रुपमा खानेपानी उपलब्ध गराउने उद्येश्यले सरकारले बृहत् खानेपानी आयोजना निर्माण कार्य शुरु गरेको हो । निर्माण हुन...बाँकी अंश →


ढोरपाटन महिला भलिबल ,, तीन विभागीय टोली विजयी

काठमाडौँ, ७ माघ  ,,  विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले ढोरपाटन महिला भलिबलमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा एपिएफले श्री गाउँ खेलकूद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित ग¥र्यो । एपिएफले दाङलाई...बाँकी अंश →


बेनी नगरपालिकाले घटायो सम्पत्ति कर : गाउँका जनता खुशी

गलेश्वर, ८ माघ  ,, : म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर घटेसँगै नगरवासी खुशी भएका छन् । बजार क्षेत्रका नागरिकका लागि ठिकै भए पनि ग्रामीण...बाँकी अंश →


घाचोकमा स्वास्थ्यचौकी भवन निर्माण

कास्की, माघ ८  ,,  कास्कीको माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा स्वास्थ्यचौकीको भवन निर्माण गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कास्कीको रु दुई करोड ३७ लाख ९५ हजार ८८७ लागतमा निर्माण सम्पन्न गरिएको दुईतले सुविधासम्पन्न भवनमा बर्थिङ सेन्टर, बहिरङ्ग, फार्मेसी, प्रशासनिक, दर्ताकक्ष तथा परिवार नियोजन एवं गर्भवती परामर्श...बाँकी अंश →


दोस्रो अन्तर्राष्ट्रिय शृङ्खला : ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

काठमाडौँ, ८ माघ  ,,  संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको शृङ्खला जित्नुनै मुख्य लक्ष्य भएको...बाँकी अंश →


प्रजातन्त्रवादी प्राध्यापक सङ्घको ध्यानाकर्षण

काठमाडौँ, ८ माघ  ,,  प्रजातन्त्रवादी प्राध्यापक सङ्घले शिक्षा क्षेत्रमा सरकारले गरेको क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्घका अध्यक्ष जगत तिमल्सेनाले एक विज्ञप्ती जारी गरी सरकारले विश्वविद्यालयलाई गरेको कार्यशैली र राजनीतिक हस्तक्षेपप्रति ध्यानाकर्षण भएको जनाएको हो । सरकारले विश्वविद्यालयका काठमाडौँस्थित सम्पर्क कार्यालय खारेज गर्ने निर्णय गर्नु, विश्व संस्कृत सम्मेलनमा...बाँकी अंश →


रावाखोला जलविद्युत् आयोजना ८० प्रतिशत सम्पन्न

खोटाङ, ८ माघ  ,,  केपिलासगढी गाउँपालिकाको सुङ्देलबाट उत्पादन गर्न लागिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकको ७० र प्रवद्र्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत लगानीमा उत्पादन हुने तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सम्पन्न भएको जनाइएको...बाँकी अंश →


जनप्रतिनिधि र नागरिकबीच पहिलो पटक सार्वजनिक प्रश्नोत्तर

परासी, ८ माघ  ,,  “गाउँपालिका अध्यक्षज्यू, गाउँमा प्रसूतिगृह नहुँदा सुत्केरीलाई सदरमुकाम लैजानुपर्ने बाध्यता छ, गाउँका स्वास्थ्यचौकीमा औषधि पनि छैन, हामीले कहिले सुविधा पाउँछौँ ?” आफ्नो वडा कार्यालयमा आएका जनप्रतिनिधिलाई स्थानीयवासी विमलादेवी कर्णले प्रश्न गर्नुभयो । “जनप्रतिनिधि भए पनि सरकारले मासिक भत्ता दिएको छ रे, तर वडा कार्यालयमा आउँदा प्रायः वडाध्यक्षज्यू...बाँकी अंश →


कठोर व्रत ‘श्रीस्वस्थानी व्रत’

काठमाडौँ (साँखु), ८ माघ  ,,  माधवनारायण स्वस्थानी व्रतलाई कठोर व्रतमध्येकै एक मानिन्छ । स्वस्थानी पूजा र व्रत सांस्कृतिक र परम्परागतरूपमा जोडिएर आएको छ । स्वस्थानी पुस्तकमै वर्णन गरिएको लावण्य देश भनिएको हालको साँखुमा एक महिनासम्म स्वस्थानी तथा माधवनारायणको कठोर व्रत र पूजा बस्ने चलन रहिआएको छ । पौष शुक्ल पूर्णिमाका...बाँकी अंश →


चलानी पुर्जीका भरमा जडीबुटी तस्करी

जाजरकोट, ८ माघ  ,, जाजरकोटमा मूल्यवान सेतोचिनी लगायतका जडीबुटीको चोरी निकासीको क्रम रोकिएको छैन । जिल्लाको बारेकोट गाउँपालिकाको विभिन्न पाटनबाट अवैधानिकरूपमा सङ्कलन गरिएको सेतोचिनीलगायतका जडीबुटी डोल्पाको निकुञ्जको पुर्जीको भरमा निर्यात हुँदैआएको छ । जिल्ला वन डिभिजन कार्यालयको बेवास्ताका कारण यसरी दैनिक भारी मात्रामा जडीबुटी निकासी भएको गाउँपालिका–४ का तीर्थराज बोहोराले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter