१६ माघ २०८२

प्रदेश

प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्रीबाट

काठमाडौँ, ७ कात्तिक  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १८औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अजरबैजानको बाकुतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोक्नुभएको छ । नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा...बाँकी अंश →


युवा परिचालन कार्यक्रम पहिचान गर्न समिति गठन

काठमाडौँ, ७ कात्तिक  सरकारले युवा परिचालनका लागि कार्यक्रम पहिचान गर्न युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा समिति गठन गरेको छ । सरकारले यस आर्थिक वर्षलाई युवा परिचालन वर्ष मनाउने निर्णय गरेसँगै युवालाई कसरी, कुन कुन क्षेत्रमा परिचालन गर्ने भन्नका लागि समिति गठन गरिएको मन्त्रालयका युवा परिचालन तदर्थ परामर्श...बाँकी अंश →


घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एकको मृत्यु

रोल्पा, ७ कात्तिक  तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा आज बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ । रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक...बाँकी अंश →


सिङ्गो गाउँ व्यावसायिक कृषिमा

तम्घास, ७ कात्तिक  गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलको सिङ्गो गाउँ व्यावसायिक कृषिमा संलग्न भएको छ । बाख्रापालन तथा गोलभेंडा, काउली, सिमीलगायतका तरकारी खेतीमा सिङ्गो गाउँ नै शिक्रयाशील रहेको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि ज्ञान केन्द्रद्वारा सञ्चालित ‘स्मार्ट कृषि गाउँ कार्यक्रम समूह’ अन्तर्गत...बाँकी अंश →


लिफ्टले थिचेर मजदूरको मृत्यु

दमक, ७ कात्तिक  लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आउनुभएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिफ्टमर्मत...बाँकी अंश →


२० बुँदे काठमाडौँ घोषणपत्र पारित

काठमाडौँ, ७ कात्तिक  ‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवद्र्धन गरौँ’ भन्ने अभियानका साथ शुरु भएको पाँचांै विश्व महिला सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो । बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ घोषणपत्र पारित गर्दै सो सम्मेलन समापन गरेको हो । घोषण...बाँकी अंश →


लाङटाङ क्षेत्रमा पर्यटक बढ्न थाले

रसुवा, ७ कात्तिक  लाङटाङ, गोसाइँकुण्ड र तामाङ सम्पदा पदमार्गमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक रमेश बस्नेतका अनुसार चालू वर्षा ऋतुको दुई महीनामा पर्यटकहरू न्यून सङ्ख्यामा आएपनि शरद ऋतुमा भने वर्षाको कमी हुनाका साथै र कुहिरो हटेर अग्ला हिमालका सौन्दर्य अवलोकनका लागि पदयात्रा गर्न...बाँकी अंश →


नेपाल र चीनबीच अनुभव आदानप्रदान

काठमाडौँ, ७ कात्तिक  सङ्घीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोक्ताको अधिकार सुनिश्चित गराउने सन्दर्भमा छिमेकी मुलुक चीनले गर्दै आएको अभ्यासका बारेमा जानकारी लिएको छ । समितिको आज बसेको बैठकमा चीनको राज्य प्रशासन तथा बजार अनुगमन निकायको प्रतिनिधिमण्डलसँग बजार अनुगमनका साथै उपभोक्ता अधिकार सुनिश्चित गराउने क्रममा...बाँकी अंश →


जोखिम राणनीति बनाउनुपर्छ– मन्त्री कार्की

विराटनगर, ७ कात्तिक  प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताले अनुभूति गर्ने विपद् जोखिम नीति तथा रणनीति बनाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयकाद्वारा आज यहाँ आयोजित विपद् उत्थानशील नीति तथा रणनीति मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले मानव निर्मित तथा प्राकृतिक प्रकोप क्षतिका कारण मुलुक अगाडि बढ्न...बाँकी अंश →


विदेश जान छाडेर च्याउ खेतीमा

बनेपा, ७ कात्तिक  काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–६ का समशेर रानामगरले विदेश जाने तयारी छोडेर साझेदारीमा च्याउ उत्पादनतर्फ लागेपछि अहिले मनग्य आम्दानी गरिरहनुभएको छ । यसअघि म्यानपावर धाउँदै कुन देशको प्रवेशाज्ञा लाग्छ र त्यहाँ पाइने काम तथा सेवा सुविधा कस्तो छ भन्दै बुझेर हिँडिरहनुभएका उहाँ त्यसलाई छोडेर अहिले च्याउ खेतीर्फत उन्मुख हुनुभएको...बाँकी अंश →


उम्मेदवार टुङ्गो लगाउँदै काङ्ग्रेस

काठमाडौँ, ७ कात्तिक  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन अन्तिम कसरतमा जुटेको छ । उपनिर्वाचनका लागि पार्टीका सम्बन्धित जिल्ला र स्थानीय निकायबाट सिफारिस भई आएका नामावलीमाथि काङ्ग्रेसले मङ्गलबार र बुधबार पदाधिकारी तहमा छलफल गरेको थियो । पदाधिकारी तहको छलफलपछि आज...बाँकी अंश →


उपाधिको लागि ११३ रनको चुनौती

काठमाडौँ, ७ कात्तिक  वुमन्स च्याम्पियन्स लिग (डब्लूसिएल) को फाइनल खेलमा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई उपाधिको लागि ११३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११२ रनको योगफल बनायो । उसका लागि सुमन...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter