०९ चैत २०८२

प्रदेश

सिँचाइको अभावमा खेत बाँझै

जाजरकोट, २९ माघ  ,,   जाजरकोटको नलगाड नगरपालिका–८ कायाखेत जिकुवा–हलचौर कृषि सडक खन्दा आएको बाढीपहिरोले दुई सिँचाइ कुलो भत्काएपछि कायाखेत जिउलो बाँझो रहेको छ । सडक खन्ने क्रममा सिँचाइ कुलो भत्किएपछि खेतीयोग्य जमीन तथा धान लगाउने खेत बाँझै रहेका हुन् । खेतको माथि अन्धाधुन्ध सडक खनी कुलो भत्काएपछि यस्तो समस्या आएको...बाँकी अंश →


शहीद स्मारक ‘बी’ डिभिजन लिग ,, आज दुई खेल

काठमाडौँ, २९ माघ  ,,  शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो जितको खोजीमा हुनेछ । यसअघि भएको...बाँकी अंश →


बजेट खर्च निरासाजनक

बैतडी, २९ माघ  ,,   सुदूरपश्चिम प्रदेश सरकार मातहत स्थापना भएका बैतडीका कार्यालयहरुको ६ महीनाको खर्च स्थिती हेर्दा निराशाजनक देखिएको छ । विकास निर्माणसँग सम्बन्धित कार्यालयले चालू आर्थिक वर्षको छ महीना पूरा हुँदासमेत विकास खर्च बढाउन सकेका छैनन् । जिल्लाका रणनीतिक सडक, सडक पुल र ठूलाठूला झोलुङ्गे पुल निर्माणको जिम्मा पाएको...बाँकी अंश →


मापदण्डविपरीत बनेका घर हटाइँदै

बेझाड, २९ माघ  ,,  तानसेन नगरपालिकाले मापदण्डविपरीत निर्माण गरिएका घर हटाउन शुरु गरेको छ । सार्वजनिक जग्गा, बाटोघाटो मिचेर, भवन आचारसंहिताविपरीत निर्माण गरिएका घर तथा भवन नगरपालिकाले हटाउन थालेको हो । नगरपालिकाको नीतिनियमविपरीत सार्वजनिक जग्गामा नक्सापासविना बाटोमा स्थायी रूपमा पक्की घर निर्माण गरिएकाले डोजर लगाएर ती संरचना भत्काउन थालिएको छ...बाँकी अंश →


उपमहानगरवासीकै घरमा दूषित पानी

बाँके, २९ माघ  ,, वर्षेनी घर निर्माण गर्ने क्रम बढ्दो छ । जनघनत्व उस्तै बढिरहेको छ । सबै टोलमा पूर्वाधार बनिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका महानगर बनाउन महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको छ । नेपालगञ्जवासीले शुद्ध खानेपानी पिउन भूमिगत स्रोतकै भर पर्नुपर्ने बाध्यता छ । आर्थिक अवस्था राम्रो हुनेले महङ्गा...बाँकी अंश →


कैदीका लागि पुस्तक सङ्कलन

जुम्ला, २९ माघ  ,,  जिल्ला कारागारका कैदीका लागि पुस्तक सङ्कलन अभियान थालिएको छ । कर्णाली प्रदेश प्रहरीको कार्यक्रमअन्तर्गत कैदीका लागि पुस्तकालय स्थापना गर्न पुस्तक सङ्कलन गरिँदै आएको छ । जिल्ला प्रहरी कार्यालयले गत पुस २५ गतेदेखि सञ्चालन गरेको सो अभियानअन्तर्गत हालसम्म पाँच सय पुस्तक सङ्कलन गरिएको प्रहरी नायब उपरीक्षक सीताराम...बाँकी अंश →


टीकापुर महोत्सवमा एक करोड कारोवार

लम्की, २९ माघ  ,,   टीकापुर महोत्सवमा रु एक करोड बराबरको कारोवार भएको छ । ‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा रु २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो । महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार...बाँकी अंश →


व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्नु ठीक हैन: महानिर्देशक घिमिरे

खोटाङ, २९ माघ  ,,  सूचना तथा प्रसारण विभागका महानिर्देशक बालकृष्ण घिमिरेले व्यावसायिक योजनाबिना सञ्चारमाध्यम खोल्ने होड चलेको बताउनुभएको छ । दुर्गम जिल्लामा कार्यरत पत्रकारको क्षमता अभिवृद्धि तालीम समापनमा महानिर्देशक घिमिरेले व्यावसायिक योजना बनाएर भन्दा पनि रहर, लहर र ‘आइडोलोजी’का आधारमा सञ्चारमाध्यम खोल्ने तीव्रताले सञ्चालनको केही समयमै बन्द हुने अवस्थामा पुग्ने...बाँकी अंश →


भूमि समस्या समाधान गर्न माग

नुवाकोट, २९ माघ  ,,  जिल्लाका भूमिपीडितले भूमिसम्बन्धी समस्या समाधान गर्न माग गरेका छन् । जिल्ला भूमि अधिकार मञ्चले सोमबार प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । जिल्लामा पाँच हजार रोपनी विर्ता जग्गा छ । विदुर, जिलिङ, रातमाटे, दुईपीपल, गोस्र्याङ, चारघरे, खड्गभञ्याङ, गेर्खु र चौघडामा बिर्ता समस्या रहेको...बाँकी अंश →


नेपालमा वैदेशिक लगानीका लागि आग्रह

काठमाडौँ, २८ माघ  ,,  नेपाल उद्योग वाणिज्य महासङ्घको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवं लगानीकर्तालाई आग्रह गर्नुभएको छ । दक्षिण एसियाली रोजगारदाता मञ्चको आजदेखि नयाँदिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानून निर्माण भएका, यसका कारण रोजगारदाता...बाँकी अंश →


नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै

काठमाडौँ, २८ माघ  ,,  प्राचीनकालदेखि नै कला र संस्कृतिका धनी नेवार समुदायको मौलिक पहिचानका रूपमा रहेको नेवारी खाद्य परिकारप्रति आकर्षण बढ्दै गएको छ । हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै...बाँकी अंश →


उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो

काठमाडौँ, २८ माघ  ,,  फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला प¥यो । मङ्सिर २४ गते पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नं को मोटरसाइकल सुन्धारामा पार्किङ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter