
काठमाडौँ, २९ माघ ,, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जको ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्नका लागि फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको बताउनुभएको छ । प्रहरी निरीक्षक आधारभूत तालीमको १७८ औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “धेरै वर्ष अगाडिदेखि यो...बाँकी अंश →

जाजरकोट, २९ माघ ९ ,, जनयुद्धमा होमिएकोे तत्कालीन नेकपा ९माओवादी० शान्ति प्रक्रियामा आउने वित्तिकै ठूलो धनराशि खर्च गरेर यहाँको भेरी नगरपालिका– १ स्थित रिम्नामा शहीद स्मृति पार्क निर्माण गरिएको थियो । निर्माण भएको दुई वर्षसम्म त्यहाँ आन्तरिक पर्यटकको ओइरो लागेपनि अहिले भने सुनसान छ । उक्त पार्कमा प्रवेश गर्नेहरू आनन्दको...बाँकी अंश →

बनेपा, २९ माघ ,, मुवा थाई सङ्घ काभ्रेपलाञ्चोक जिल्ला शाखाको आयोजनामा तेमाल गाउँपालिकास्थित पोखरी नारायाण स्थानमा आगामी फागुन ३ र ४ गते प्रदेशस्तरीय ‘मुवा थाई’ प्रतियोगिता हुने भएको छ । किक बक्सिङ तेक्वान्दो कराँतेको सङ्युक्त स्वरुपको उक्त प्रतियोगितामा पाँच जिल्लाका खेलाडी सहभागी हुने आज बनेपामा आयोजित पत्रकार सम्मेलनमा सो शाखाले...बाँकी अंश →

काठमाडौँ, २९ माघ ,, राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा भाग लिँदैै सांसद राधेश्याम अधिकारीले सरकारलाई आयोगले बुझाएको अन्तरिम र मूल प्रतिवेदनमा समेटिएका मूलभूत विषयवस्तुबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । सांसद अधिकारीले...बाँकी अंश →

चितवन, २९ माघ ,, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा परिणत भएको छ ।” सरकारप्रति कडारुपमा...बाँकी अंश →

काठमाडौँ, २९ माघ ,, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिने अधिकाँश सांसदले निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँहरुले मुलुकको शान्ति सुरक्षा, चिया मजदुरको न्यूनतम पारिश्रमिक, हालैको वर्षाबाट इँट्टा उद्योग र बालीनालीमा पुगेको क्षतिलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सांसद लक्ष्मी...बाँकी अंश →

गलेश्वर, २९ माघ ,, म्याग्दीको बेनी नगरपालिका–२ खबरामा गरिएको व्यावसायिक केरा खेतीबाट गाउँलेले वार्षिक रु ५० लाखसम्म कमाउन सफल भएका छन् । गाउँका सबै कृषकले केरा खेती गरेका छन् । करीब १८ हेक्टर क्षेत्रफलमा गरिएको केरा खेती सफल भएपछि खबरा गाउँको मुहार नै फेरिएको छ । धान, गहुँ, मकै, कोदो...बाँकी अंश →

काठमाडौँ, २९ माघ ,, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिने सांसदले समसामयिक र गम्भीर विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले सिंहदरबार प्रवेशद्वारमा पैदालयात्रुलाई परेको अप्ठेरो, प्लाष्टिक झोलाको नियन्त्रण तथा क्रसर उद्योगले प्राकृतिक संरक्षणमा पारेको असरका बारेमा सदनमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । बैठकमा सांसद विन्दादेवी...बाँकी अंश →

डडेल्धुरा, २९ माघ ,, सरकारले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि प्रत्येक वर्ष कुष्ठरोगका नयाँ बिरामी थपिँदै गएका छन् । डडेल्धुरामा मात्रै प्रत्येक वर्ष ३–४ जनामा कुष्ठरोग देखिने गरेको यहाँको उपक्षेत्रीय अस्पतालले जनाएको छ । अस्पतालले पाँच वर्षको अन्तरालमा ९३ कुष्ठरोगीको उपचार गरेको जनाएको छ । गत...बाँकी अंश →

लम्की, २९ माघ ,, कैलालीकी पार्वती धामीको १४ वर्षको उमेरमा विवाह भयो । त्यो बेला उनलाई विवाह एक रमाइलो खेल हो जस्तो मात्रै लागेको थियो । पन्ध्र वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्मियो । त्यसपछि ३० वर्ष नपुग्दै उनका चार सन्तान भए । सुत्केरी अवस्थामा पोषिलो खानपान र स्याहारसुसार नपाएका...बाँकी अंश →

चितवन, २९ माघ ,, पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय नगरी सौराहामा १३ औँ सौराहा खाना पर्व (फुड फेष्टिवल) शुरु भएको छ । पर्वको पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले सौराहाको विकासका लागि सिटि हल निर्माणको काम शुरु भइसकेको बताउनुभयो । प्रणय दिवसको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशन(रेवान)...बाँकी अंश →

गाईघाट, २९ माघ ,, नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: