
काठमाडौँ, १ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धु्रम्बाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी कामलाई टुङ्ग्याएर राष्ट्रव्यापी अभियानमा लाग्ने बताउनुभयो । उहाँले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी...बाँकी अंश →

सुर्खेत, १ फागुन ,, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अको¥याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको आज उद्घाटन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले यही फागुन ३ गते सरकार...बाँकी अंश →

भद्रपुर, १ फागुन ,, गृहमन्त्री रामबहादुर थापाले मुलुकभित्र र बाहिरका असन्तुष्ट शक्तिले सरकारलाई उल्ट्याउने, कमजोर पार्ने र फेरि अस्थिरता पैदा गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । मन्त्री थापाले आज कर्मचारीसँग जिल्ला प्रशासन कार्यालयमा गरिएको भेटघाट कार्यक्रममा राज्य विरोधी शक्ति सल्बलाउन थालेका कारण सजग रहनसमेत निर्देशन दिनुभयो । उहाँले झापामा पृथकतावादीको...बाँकी अंश →

काठमाडौँ, १ फागुन ,, हनुमन्ते नदी सफाइ मूल समारोह समितिले अहिलेसम्म ७२ मेट्रिक टन फोहर व्यवस्थापन गरेको छ । वाग्मतीको सहायक नदीको रुपमा बग्ने उक्त नदी सफाइ अभियानको ५१औँ हप्ताको सन्दर्भमा आज आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले स्थानीयको श्रम र लगानीमा अभियानले देशकै नमूना सफाइ अभियानको रूपमा परिचित...बाँकी अंश →

नारायणपुर, १ फागुन ,, मनखुशी सुनारलाई २७ वर्षकै उमेरमा पाँच छोराछोरीको पालनपोषण गर्नुपर्ने जिम्मेवार आइप¥यो । दुई सन्तानकी आमा मनखुशीलाई दिदीका तीन बच्चाबच्चीको पनि पालनपोषण गर्नुपरेपछि घर चलाउनै धौ धौ छ । अल्लोको धागो काटेर घर चलाउने घोराही उपमहानगरपालिका वडा नं १४ की मनखुशीले मासिक ७०० रुपैयाँ मात्रै कमाउनुहुन्छ ।...बाँकी अंश →

काठमाडौँ, १ फागुन ,, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले आज खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेता खनालले नेपाल आर्थिक विकास र सामाजिक रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको कुरामा जोड दिँदै नेपाल र चीनबीच परापूर्वकालदेखि नै रहेको...बाँकी अंश →

लमही, १ फागुन ,, राप्ती नदीअन्तर्गत दाङखण्डमा अहिलेसम्म करीब १० किलोमिटर मात्रै तटबन्ध निर्माण कार्य पूरा भएको छ । नदीको दुवैतर्फ गरी २० किलोमिटर क्षेत्रफलमा तटबन्ध गर्नुपर्ने भए पनि अहिलेसम्म १० किलोमिटर मात्रै तटबन्ध निर्माणको काम पूरा भएको जनताको तटबन्ध लमहीका प्रमुख विनोद चापागाईले जानकारी दिनुभयो । चालु आर्थिक वर्षभित्र...बाँकी अंश →

भोजपुर, १ फागुन ,, भोजपुरमा वन अतिक्रमण गर्ने कार्यमा वृद्धि भएको छ । जिल्लाभर हालसम्म ६८ दशमलव ६८ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । इलाका वन कार्यालय बोयाअन्तर्गत सबैभन्दा बढी ३७ दशमलव पाँच, वालङ्खाअन्तर्गत ७ दशमलव ३५, याकुमा ९ दशमलव १ हेक्टर र अन्य विभिन्न...बाँकी अंश →

काठमाडौँ, १ फागुन ,, अखिल नेपाल फुटबल सङ्घ (एन्पmा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ । च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षकमा चेतनारायण...बाँकी अंश →

काठमाडौँ, १ फागुन ,, काठमाडौँ उपत्यकामा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । विगतका समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो । महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार...बाँकी अंश →

वीरगञ्ज, १ फागुन ,, बाराको निजगढस्थित निर्माण हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको बाधकका रुपमा रहेको टाङ्गियाबस्तीलाई अन्यत्र सार्ने भएको छ । यसका लागि पिलुवा, हरैया र तामागढी गरी तीन ठाउँ चयन गरेको छ । विमानस्थल आयोजना कार्यालय सिमराका अनुसार विमानस्थल निर्माणको काम अगाडि बढाउन सो बस्ती चुनौतीको रुपमा रहेकाले यसलाई...बाँकी अंश →

काठमाडौँ, १ फागुन ,, गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: