
तुलसीपुर, ३ फागुन ,, आज बिहान चट्याङ परेर आगलागी हँुदा रु पाँच लाख बराबरको क्षति हुनुका साथै एक घाइते भएका छन् । दाङको गढवा गाउँपालिका–७ विजयपुरस्थित बालाराम विकको फुसले छाएको दुईतले कच्ची घरमा एक्कासि चट्याङ परी आगलागी हुँदा विककी श्रीमती ७४ वर्षीय मोती विक आगोले जलेर घाइते भएको जिल्ला प्रहरी...बाँकी अंश →

भद्रपुर, ३ फागुन ,, रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ । झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो...बाँकी अंश →

कञ्चनपुर, ३ फागुन ,, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा प्रहरीले गए राति पाँच किलो ६०० ग्राम अवैध सुन बरामद गरेको छ । इलाका प्रहरी कार्यालय झलारीका अनुसार राति १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले छापा मारी...बाँकी अंश →

डोटी, ३ फागुन ,, जिल्लाका स्थानीय तहले निर्माण गर्ने सडक उपभोक्ता समितिमार्फत गर्ने भनिए पनि यहाँका गाउँगाउँमा डोजर र स्काभेटर प्रयोग गरेर सडक निर्माण भइरहेका छन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने हिसाबले उपभोक्ता समितिको अवधारणा आए पनि स्थानीय तहले मेसिन प्रयोग गरेर सडक निर्माण गरिरहेको स्थानीयवासीको आरोप छ । गाउँमा...बाँकी अंश →

हेटौँडा, ३ फागुन ,, प्रदेश नं ३ अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल रु दुई अर्ब २६ करोड ७४ लाख र ५५ हजार राजश्व असुली गरेको छ । सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी रु एक अर्ब ३७ करोड ७३...बाँकी अंश →

राँझा, ३ फागुन ,, बाँकेको कोहलपुरस्थित चौराहमा निजी क्षेत्रबाट अत्याधुनिक उद्यान निर्माण गरिएको छ । पूर्वपश्चिम राजमार्ग र नेपालगञ्ज–सुर्खेत जोड्ने रत्नराजमार्गको केन्द्रविन्दुमा रहेको चौराहमा कोहलपुर नगरपालिकासँगको सम्झौतामा सिद्धार्थ बिजिनेस ग्रुपले उद्यान निर्माण गरेको हो । रु ६० लाख लगानीमा अहिले चौराहमा उद्यान निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । अत्याधुनिक उद्यानको...बाँकी अंश →

चन्द्रौटा, ३ फागुन ,, : प्रदेश नं ५ सरकारको मुख्य योजना कृषिमा यान्त्रिकीकरण र पर्यटन क्षेत्रको विकासमा रहेको प्रदेश नं ५ का उपसभामुख कृष्णी थारूले बताउनुभएको छ । कपिलवस्तुको चन्द्रौटामा सम्पन्न युवा सम्मेलनमा कपिलवस्तु युवा घोषणापत्र बुझ्दै उपसभामुख थारूले प्रदेश नं ५ को मुख्य आयस्रोत कृषि र पर्यटन रहेकाले...बाँकी अंश →

चितवन, ३ फागुन ,, जिल्लामा रहेका ७६ सामुदायिक विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालनमा आएका छन् । राज्यले दरबन्दी दिन नसक्दा सरकारी विद्यालय सहयोगी संस्था र समुदायको भरमा सञ्चालन गर्नुपरेको हो । विसंं २०६७ बाट माध्यमिक तह सञ्चालन हुँदै आएको कालिका नगरपालिकाको मजवाङ माध्यमिक विद्यालयमा अहिले माध्यमिक तहको शिक्षक...बाँकी अंश →

स्याङ्जा, ३ फागुन ,, पूर्वउपप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले सरकार भ्रष्टाचारीलाई जोगाउन लागिपरेको आरोप लगाउनुभएको छ । सरकारले वाइडबडी विमान खरीद प्रकरणका दोषीलाई जोगाउनकै लागि छानबिन समिति गठन गरेको बताउनुभयो । वालिङ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सातौँ महोत्सवको समापन समारोहमा श्रेष्ठले भन्नुभयो, “कम्युनिष्ट सरकार गठन भएको एक वर्ष...बाँकी अंश →

सप्तरी, ३ फागुन ,, सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष (आइसीयु) सेवा शुरु हुने भएको छ । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले सिटीस्क्यान मेसिन जडानकार्य सम्पन्न गरेको अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिनुभयो । ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताउनुभयो । मेसिन नहुँदा सप्तरी जिल्लाका गम्भीर...बाँकी अंश →

काठमाडौँ, २ फागुन ,, धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव...बाँकी अंश →

विराटनगर, २ फागुन ,, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: