०९ चैत २०८२

प्रदेश

प्रदेशसभासद्लाई विकासका नायक बन्न आग्रह

धनगढी, ८ फागुन ,, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा सदस्य विकासका नायक, अभियानकमी र जनताको उच्चतम आकाङ्क्षाका प्रतिविम्ब बन्नुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशसभालाई आज सम्बोधन गर्दैै उहाँले सुुदूरपश्चिमलाइ छुट्याइएको बजेट सही ठाउँमा खर्च भए नभएको निगरानी गरिदिन प्रदेशसभासद्लाई आग्रह गर्नुभयो । सङ्घीय सरकार र मातहतका कार्यालयबाट सुदूरपश्चिम प्रदेशलाई चालू...बाँकी अंश →


स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

खस्यौली, ८ फागुन ,, अब तपाइँलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ? प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले बिहीबारदेखि शुरु गर्ने सुझाव सङ्कलनमा स्थानीय, कार्यालय प्रमुख, कर्मचारीलगायतलाई ती प्रश्न गरेर विशेष समितिले...बाँकी अंश →


पर्यटक आकर्षित गर्न वनभोज स्थल निर्माण

दमौली, ८ फागुन ,, सरकारबाट १०० नयाँ गन्तव्यका रुपमा घोषणा भएको तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद शान्ति पार्कमा वनभोजस्थल निर्माण सम्पन्न भएको छ । पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकसित गर्दै पर्यटक आकर्षित गर्ने उद्देश्यसहित पार्कले रु १६ लाखको लागतमा वनभोजस्थल निर्माण गरेको हो । पार्कका कोषाध्यक्ष एकबहादुर रानाले...बाँकी अंश →


आधुनिक पशु बधशाला निर्माण हुने

हेटौँडा, ८ फागुन ,, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत चालू आर्थिक वर्षमा सात आधुनिक पशु बधशाला निर्माण गरिने भएका छन् । प्रदेशका उपभोक्ताले प्रयोग गर्ने मासु स्वस्थ र गुणस्तरीय होस् भन्नको लागि र पशुको जथाभावी बध रोक्न बधशाला निर्माण गर्न लागिएको मन्त्रालयका निमित्त सचिव निर्मल...बाँकी अंश →


मगर महोत्सव शुरु

पर्वत, ८ फागुन ,, लोप हुँदै गएको समुदायको संस्कृति संरक्षण गर्दै सङ्ग्रहालय बनाउने उद्देश्यले यहाँ प्रथम मगर महोत्सव शुरु भएको छ । पुन युवा क्लबद्वारा आयोजित महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । महोत्सव उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेश आर्थिक समृद्धि हासिल गर्ने पहिलो प्रदेश बन्ने दाबी...बाँकी अंश →


वडा थप गर्न प्रस्ताव

रसुवा, ८ फागुन ,, भौगोलिक विकटताका कारण ग्रामीणवासीको सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकेको भन्दै कालिका गाउँपालिकाले वडा थप गर्ने प्रस्ताव गरेको छ । गाउँपालिकाका अध्यक्ष सीतादेवी पौडेल अधिकारीका अनुसार वडा नं १ को राम्चे र वडा नं ५ को जिवजिवे क्षेत्रको भूभाग तथा वडा नं ४ को धुसेनी, रूप्सेपानी,...बाँकी अंश →


कानून निर्माणको युगीन वर्ष ः कानूनमन्त्री ढकाल

रुपन्देही, ८ फागुन ,,  कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माणका हिसाबले २०७५ साल युगीन वर्ष हुने बताउनुभएको छ । कानून निर्माणका क्रममा स्रोत परिचालन र बाँडफाँटमा देखिएको अन्योल हटाउन आज बुटवलमा आयोजना गरिएको छलफल कार्यक्रममा मन्त्री ढकालले सङ्ख्याका हिसाबले मात्र नभई गुणात्मक हिसाबले यसवर्ष उत्कृष्ट कानून बनेको...बाँकी अंश →


निर्माणाधीन पुलको निरीक्षण

भीमदत्तनगर, ८ फागुन ,, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको आज बिहान स्थलगत निरीक्षण गर्नुभएको छ । पुलसँगै निर्माण भइरहेको पहुँचमार्ग र उक्त मार्गमा बनिरहेका पुलको समेत निरीक्षणपछि मन्त्री महासेठले निर्माण कम्पनीलाई काममा गति दिन निर्देशन दिनुभएको छ । भीमदत्तनगरपालिका–११, १२ र...बाँकी अंश →


संरक्षणको पर्खाइमा सुकेताल

पाल्पा, ८ फागुन ,, तिनाउ गाउँपालिका–२ सुकेतालस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित सुकेताल संरक्षणको पर्खाइमा रहेको छ । सुकेतालभन्दा माथिल्लो भागमा सञ्चालित चुन ढुङ्गाखानी र सडक विस्तारका कारण ताललाई असर गर्ने सम्भावना रहेको स्थानीय बासिन्दाको गुनासो छ । उचितरूपमा ताल क्षेत्रको संरक्षण गरी सयौँ पर्यटक घुमफिर गर्ने थलो बनाउन...बाँकी अंश →


सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन ,,  सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो । खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन...बाँकी अंश →


गाउँपालिका राष्ट्रिय महासङ्घमा पोखरेल

किर्नेटार, ८ फागुन ,,  गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन हुनुभएको छ । तामाकोशी गाउँपालिकाको किर्नेटारमा मङ्गलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो । अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज...बाँकी अंश →


काकाकुल बन्दैछन् चुरेवासी

पशुपतिनर, ८ फागुन ,,  इलामको दक्षिणी चुरे क्षेत्रका दुई स्थानीय तहमा मुहान सुकेसँगै खानेपानीको हाहाकार भएको छ । चुरे क्षेत्रको वन फडानीले भूक्षय र पहिरो गएपछि पानीका मुहान पुर्ने र हिउँदमा मुहान सुक्ने गरेकाले हाल झण्डै ५० हजार व्यक्ति खानेपानीका लागि खोला र खोल्सा धाउन बाध्य छन् । प्राकृतिक कुवा,...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter