१० असार २०८३

प्रदेश

अध्यक्ष भण्डारीद्वारा घाइतेको उपचार

गलेश्वर, १० फागुन ,,  म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाँखानीमा रुखबाट खसेर घाइते भएका ३३ वर्षीय पोष्टबहादुर छन्त्याल (प्रविण) लाई गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीको सहयोगमा हेलिकोप्टरमार्फत पोखरा मणिपाल अस्पताल पु¥याई उपचार गरिएको छ । गाउँभन्दा माथिको जङ्गलमा गोठमा बस्दै आएका छन्त्याल गाईबस्तुलाई घाँस काट्न जाँदा बिहीबार रुखबाट खसेर सख्त घाइते भएको जानकारी...बाँकी अंश →


प्रदेशसभा सदस्य ओलीको निधन

रुपन्देही, १० फागुन ,, प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधन भएको छ । सडक दुर्घटनामा परी घाइते उहाँको गए राति निधन भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । गत माघ २४ गते प्रदेशसभा बैठक सकेर घर फर्किँदा ओली दाङमा दुर्घटनामा परी घाइते हुनुभएको थियो ।...बाँकी अंश →


कालीगण्डकीमा रोकिएका पक्की पुल निर्माण शुरु गरिने

बेझाड, १० फागुन ,,  कालीगण्डकीमा निर्माणकार्य रोकिएका पक्की पुल तत्काल सञ्चालन गरिने भएको छ । पाल्पाको रामपुर र चापाकोट जोड्ने प्याक्लुकघाट र निर्दिमघाटको पुल शिलान्यास भएर पनि लामो समय बितिसक्दा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । सो पुल तत्काल निर्माण गर्न प्रक्रिया अगाडि बढाउने नेपाल सरकारका मुख्यसचिव लोकदर्शन रेग्मीले...बाँकी अंश →


आधुनिक वधशाला र कृषि हाटबजार बनाइने

लहान, १० फागुन ,, प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले सिरहाको मिर्चैयामा आधुनिक वधशाला र कृषि हाटबजार निर्माण गरिने बताउनुभएको छ । ‘समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार’ मूल नाराका साथ मिर्चैया नगरपालिका–६ स्थित बजारमा माघ २८ गतेदेखि शुरु भएको ‘प्रथम मिर्चैया महोत्सव २०७५’...बाँकी अंश →


मेघौली विमानस्थल : गौचरन बन्ने खतरा

भरतपुर, १० फागुन ,, कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरे । तर त्यो तामझाम धेरै समय टिक्न...बाँकी अंश →


जुम्लामा पुग्यो पाठ्यपुस्तक

खलङ्गा, १० फागुन ,, विगतका वर्षमा पाठ्यपुस्तकको समस्या हुँदै आएको जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक आइपुगेको छ । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रको डिपो कार्यालयमा पाठ्यपुस्तक पठाएपछि जुम्लाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुगेको हो । नयाँ शैक्षिकसत्रको शुरुआत भएसँगै फागुन १५ सम्ममा जुम्लाका सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक...बाँकी अंश →


राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

वीरगञ्ज, ९ फागुन ,, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गर्नुभएको छ । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ । वीरगञ्जको त्रिजुद्ध...बाँकी अंश →


ऊर्जामन्त्रीद्वारा सवस्टेशन उद्घाटन

बर्दिया, ९ फागुन (रासस) ः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज बर्दियाको ठाकुरद्वारा नगरपालिकाको भुरीगाउँमा रहेको १३२ केभीको सवस्टेशन उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले बर्दियालाई अँध्यारोबाट मुक्त गरी उज्यालो नेपाल अभियानलाई अगाडि बढाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बबई, भादा र औरही नदी नियन्त्रण आयोजनामा अम्बासा नदीलाई...बाँकी अंश →


महाप्रबन्धक र सञ्चालक सदस्यद्वारा कार्यालय निरीक्षण

पोखरा, ९ फागुन  ,, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा र सञ्चालक सदस्य दयाराम दाहालले आज पोखरास्थित रासस गण्डकी प्रदेश कार्यालय निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँहरूलाई कार्यालयको विद्यमान भौतिक अवस्था एवं यहाँबाट भैरहेको सेवाप्रवाह लगायतमा कार्यालय प्रमुख प्रभाषचन्द्र झा, उपसमाचारदाता वासुदेव पौडेल, भोलानाथ पौडेल लगायतले जानकारी गराउनुभयो ।...बाँकी अंश →


प्रादेशिक महोत्सवमा एक करोडभन्दा बढीको कारोवार

डोटी, ९ फागुन ,,  जिल्लाको दिपायलस्थित पिपल्ला बजारमा सञ्चालन भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव समापन भएको छ । महोत्सवमा करीब एक करोड बराबरको कारोवार हुनुका साथै ४० देखि ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेको महोत्सव आयोजक संस्था डोटी उद्योग वाणिज्य सङ्घले जनाएको छ । डोटीलगायत समग्र सुदूरपश्चिमको मुख्य पर्वकै रुपमा हेरिएको...बाँकी अंश →


खानेपानी आयोजना सम्पन्न

म्याग्दी, ९ फागुन ,,  म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकममा निर्माण भएको कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजनाबाट करीब ३५० घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु दुई करोड ६७ लाख ८८ हजार ५५५ को लागतमा निर्माण भएको आयोजनाबाट ताकम र काफलडाँडा गाउँका ३३६ घरधुरी लाभान्वित...बाँकी अंश →


विद्युत् सुविधापछि हर्षित

सिन्धुली ९ फागुन ,, सिन्धुलीको फिक्कल गाउँपालिका–६ रत्नावतीका २०० घरमा यतिबेला बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । स्थानीय खोलाबाट लघु जलविद्युत् आयोजनामार्फत बिजुली बाल्न पाउँदा स्थानीयवासी हर्षित बनेका हुन् । साविकको रत्नावती गाविसको ६, ७, ८ र ९ नं वडाका २०० घरधुरीले विद्युत् सुविधा विस्तार भएको साउ खोला जलविद्युत्...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter