
म्याग्दी, २२ फागुन ,, : म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु दुई करोड छ लाखको लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो । विसं...बाँकी अंश →

रुपन्देही, २२ फागुन ,, “मौका मिल्दा गीत गाउन झराँै है, गीत सङ्गीतको जगेर्ना गरौँ है” बुटवलमा आयोजित राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता एवं सांस्कृतिक महोत्सवअन्तर्गत मङ्गलबार तेस्रो दिनमा अर्घाखाँचीकी विमला थापा र लमजुङकी प्रिती आलेबीचको दोहोरी लोक सङ्गीतको जगेर्ना गर्नेमा केन्द्रित रह्यो । विमलाको टुक्का सकिएलगत्तै प्रितीले “नलागोस् है दोहोरीलाई...बाँकी अंश →

चिप्लेढुङ्गा, २२ फागुन ,, पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ । पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र विभिन्न देशका कलाकारले बनाएको कलाकृतिसमेत ओझेलमा परेको थियो । झारभित्र...बाँकी अंश →

नेपालगञ्ज, २२ फागुन ,, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ । नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो । अख्तियारका नेपालगञ्ज कार्यालयका प्रमुख गणेश गैरले विशेष सूचनाका आधारमा नेपालगञ्ज भन्सार कार्यालयका नायबसुब्बा...बाँकी अंश →

कास्की, २२ फागुन ,, गण्डकी प्रदेश सरकारले कृषियोग्य जमीनमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न स–साना कित्ताका जमीनलाई एकीकृत गरी सामूहिक खेती गर्ने कार्यक्रम अघि बढाएको छ । एक बाली मात्र खेती गरिने जमीनमा चक्लाबन्दीको माध्यमबाट आवश्यक सिँचाइ, मल तथा बीउको व्यवस्थापन गरी कम्तीमा पनि तीन बाली खेती गरी उत्पादन वृद्धि...बाँकी अंश →

विराटनगर, २१ फागुन ,, प्रदेश सरकार गठन भएको एक वर्षमा आर्थिक मामिला तथा योजना मन्त्रालयले केही संरचना बनाउनाका साथै थुप्रै आधार निर्माण गरेको छ ।मुलुक सङ्घीय संरचनामा गइसकेपछि प्रदेश सरकारको पहिलो अभ्यास र अनुभवलाई अत्मसात् गरेर मन्त्रालयले थुप्रै रचनात्मक काम अघि बढाएको हो । सङ्घीय सरकारबाट हस्तान्तरण हुने संरचना र...बाँकी अंश →

डोटी, २१ फागुन ,, जिल्ला कारागार डोटी जीर्ण भई चुहिन थालेपछि कैदीबन्दी प्लाष्टिकको छानो बनाएर रात बिताउन बाध्य भएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद सुवेदीले कारागार चुहिने भएकाले कैदीबन्दीलाई समस्या भएको बताउनुभयो । “भवन पुरानो छ, बेलाबेलामा पानी पर्दा चुहिन्छ”, उहाँले भन्नुभयो, “कारागार मर्मतका लागि हामीले बजेट माग...बाँकी अंश →

पोखरा, २१ फागुन ९ ,, गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का तर्फबाट प्रत्यक्ष निर्वाचित बन्नुभएको थियो । बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु हुनुभएका अन्य...बाँकी अंश →

पोखरा, २१ फागुन ,, हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले थालनी गर्नुभएका विकास अभियानलाई पूर्णता दिन सकिएमा मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विभिन्न नेताले बताउनुभएको छ । निधनको साताँंै दिन आज स्व अधिकारीकै निवासमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीद्वारा आयोजित श्रद्धाञ्जलि कार्यक्रममा सङ्गठक र...बाँकी अंश →

जाजरकोट, २१ फागुन ९ ,, नलगाड नगरपालिका–३ कैनामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट ८०० बिरामी लाभान्वित भएका छन् । विंग्स फाउण्डेशन र नेपाल अर्वुद रोग निवारण संस्था सुर्खेतको सहयोगमा आयोजित सो शिविरमा पाठेघर खस्ने, मुटु, अपाङ्गता, बालरोग, दम, दाँतलगायत रोगका बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । पाठेघर खस्ने रोगबाट पीडित...बाँकी अंश →
धनगढी, २१ फागुन ,, पाँच महीना बितिसक्दा पनि कैलालीको गोदावरीमा सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी स्थापना गर्ने निर्णयबमोजिमको काम हुन सकेको छैन । गत असोजमा प्रदेशसभाको बैठकले गोदावरी नगरपालिका २ र ४ को बीचमा पर्ने जङ्गल क्षेत्रमा स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाइ मतले पारित गरेको थियो । निर्णयसँगै जमीन उपलब्ध...बाँकी अंश →

सुर्खेत, २१ फागुन ,, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले मिडियालाई व्यवस्थित गर्दै लैजाने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट नेतृत्वको पाँच सदस्यीय मिसन टोलीसँग आज भएको भेटघाटमा उहाँले भन्नुभयो, “सरकारी, सामुदायिक र निजीलगायत सबै मिडियालाई व्यवस्थित गर्न जरुरी छ ।” मुख्यमन्त्री शाहीले सरकारले आफ्नै मिडिया सञ्चालन गरेर...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: