१० असार २०८३

प्रदेश

चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

बेझाड, २३ फागुन  ,,  पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हँुदैछन् । नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल...बाँकी अंश →


रामपुरमा इञ्जिनीयरिङ पढाइ

चितवन, २३ फागुन  ,,  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भरतपुर महानगरपालिकासँग सहकार्य गरेर आउँदो शैक्षिक सत्रबाट रामपुरमा इञ्जिनीयरिङ स्नातक पठनपाठन शुरु गर्ने भएको छ । विश्वविद्यालयले पहिले कृषि पढाएको क्षेत्रमा इञ्जिनीयरिङ विषय पढाइ गर्न लागेको हो । सरकारले रामपुरमा केन्द्रीय कार्यालय हुने गरी कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याएसँगै त्रिविले...बाँकी अंश →


उचित संरक्षणको पर्खाइमा कमलपोखरी

दाङ, २३ फागुन ,,  कुनै समय कमलको फूल फुलेको दृश्यले सबैलाई लोभ्याउने तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित कमलपोखरी ताल अहिले उचित संरक्षणको पर्खाइमा छ । पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण सो तालक्षेत्रमा घुम्न तुलसीपुर बजारसहित टाढा–टाढाबाट मानिस अहिले पनि आउने गर्दछन् तर, तालको संरक्षण तथा पूर्वाधार कमजोर रहेको भन्दै यसलाई पर्यटकीय क्षेत्रका रूपमा...बाँकी अंश →


वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प

हेटौँडा, २२ फागुन ,,  रु एक करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत छ महीनादेखि ठप्प भएको छ । गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको काम ठप्प...बाँकी अंश →


‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट छःगच्छदार

कञ्चनपुर, २२ फागुन ,,  नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन ।” पूर्वउपप्रधानमन्त्री गच्छदारले सरकार जुन बाटामा...बाँकी अंश →


ज्वरो प्रभावित गाउँमा स्वास्थ्यकर्मीको टोली

मार्तडी, २२ फागुन ,,  बाजुराको बूढीनन्दा नगरपालिका–३ नुरीको सिङ्गो गाउँ नै भाइरल ज्वरोले प्रभावित भएको खबर आएपछि आज बिहान स्वास्थ्यकर्मीको टोली उक्त क्षेत्रमा पुगेको छ । सिङ्गो गाउँका मान्छे बिरामी भएको खबर पाएपछि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । स्वाथ्यकर्मीको टोलीले १०८ को उपचार...बाँकी अंश →


सूचना टाँसेर बैठक स्थगित

पोखरा, २२ फागुन ,, गण्डकी प्रदेशसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । आजका लागि दिउँसो १ बजे बस्ने भनिएको बैठक विशेष कारण भन्दै स्थगन गरिएको हो । अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो । प्रदेशसभाको मङ्गलबार बसेको बैठकले संस्कृति,...बाँकी अंश →


सेतीमा जलयात्रा बढ्दै

डोटी, २२ फागुुन ,,  दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहँु जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको सेतीमा जलयात्रा गर्न दिनहुँ स्थानीयवासी तथा पर्यटक आउने गरेका छन् । शिखर नगरपालिकाको भागेश्वर मन्दिरदेखि दिपायलमा रहेको पुरानो...बाँकी अंश →


सहुलियत ऋण नपाउँदा युवा उद्यमी निराश

राँझा, २२ फागुन ,,  सरकारले सञ्चालन गरेको युवा उद्यम कार्यक्रममा सहभागी यहाँका युवाले उद्यमी समयमै सहुलियत ऋण प्राप्त गर्न नसक्दा निराश भएका छन् । जिल्ला युवा समितिको कार्यालय बाँकेमार्फत स्वीकृत व्यवसाय योजनाअनुसार गाउँमै उद्यम व्यवसाय गर्न तयार भएका युवा समूहलाई ऋण लगानी नभएपछि उनीहरुले सञ्चालन गरेको उद्यम समेत अलपत्र अवस्थामा...बाँकी अंश →


लप्सीका परिकार अमेरिका निर्यात

पर्वत, २२ फागुन ,, लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको यहाँबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ । लप्सी सङ्कलन, प्रशोधन र व्यापारको काम गर्दै आएको सामुदायिक खाद्य प्रशोधन उद्योगले प्रशोधन गरेर तयारी अवस्थामा रहेको १० टन लप्सी अमेरिका पठाएको हो । फलेवास नगरपालिकाको मुडिकुवामा रहेको उद्योगले जिल्लाका...बाँकी अंश →


फुटबल प्रतियोगिता हुने

कैलाली, २२ फागुन ,, नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको हो । युवालाई खेलकूदमा लाग्न अभिप्रेरित गर्नुका साथै फुटबल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको...बाँकी अंश →


निर्मलाका हत्यारा पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री

धनगढी, २२ फागुन ,,  गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाई कानूनको कठघरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै गृहमन्त्री थापाले भन्नुभयो, “छिटोभन्दा छिटो अपराधीलाई कानूनको कठघरामा उभ्याउने छौँ ।” घटना भएको शुरुको अवस्थामा लापर्वाही हुँदा अनुसन्धानमा जटिलता पैदा भएको बताउँदै उहाँले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter