०९ चैत २०८२

प्रदेश

बुटवलमा सुरक्षित मातृत्व अभियान शुरु

रुपन्देही, २४ फागुन ,,  विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएका गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरेर बुटवल उपमहानगरले सुरक्षित मातृत्व अभियान शुरु गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर बिहीबार बुटवल–११ बुद्धनगरका श्रमिक महिलालाई पौष्टिक आहार वितरण गरी अभियानको शुरुआत गरिएको हो । कार्यक्रम उपमहानगरभरि नै सञ्चालन हुनेछ ।...बाँकी अंश →


महिलाका अधिकार कार्यान्वयन गरिनुपर्दछ ः सभामुख अधिकारी

कास्की, २४ फागुन ,,  गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले लैङ्गिक, वर्गीय र जातीयलगायतका शोषण, उत्पीडन र विभेदको अन्त्य नगरेसम्म समृद्ध नेपालको स्थापना नहुने हुँदा सबैमा समानता कायम गर्दै समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताउनुभएको छ । प्रदेशसभा सचिवालयको आयोजनामा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज प्रदेशसभा सचिवालय भवनमा...बाँकी अंश →


निजी स्रोतका शिक्षकका लागि एक करोड

बैतडी, २३ फागुन ,,  पाटन नगरपालिकाले निजी स्रोतका शिक्षकको व्यवस्थापनका लागि रू एक करोड उपलब्ध गराउने भएको छ । नगरपालिकाभरका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकका लागि सो रकम उपलब्ध गराइने नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । शिक्षकका लागि अभिभावकले चन्दा दिनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले पहल गरिरहेको जनाइएकोे छ...बाँकी अंश →


गण्डकी मेडिकल कलेजका २ पक्राउ

चिप्लेढुङ्गा, २३ फागुन  ,,  पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला अदालतको अनुमतिपछि...बाँकी अंश →


भ्रष्टाचारविरुद्ध निगरानी संस्था गठन

लहान, २३ फागुन ,,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको सार्वजनिक निकायमा हुने अनियमिततालाई निगरानी गर्न सिरहामा भ्रष्टाचार बिरुद्धको निगरानी संस्था गठन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख सहसचिव शिवराम न्यौपानेको उपस्थितिमा सदरमुकाम सिरहामा सम्पन्न सर्वपक्षीय भेलाले सिरहाबाट प्रकाशित हुँदै आएको अपन दैनिकका प्रधानसम्पादक अनिरुद्ध ठाकुरको अध्यक्षतामा...बाँकी अंश →


स्काभेटरमा आगजनी

रोल्पा, २३ फागुन ,,  त्रिवेणी गाउँपालिका रोल्पाको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति गरिएको उक्त आगजनीबाट स्काभेटर पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ । सडक निर्माणका लागि त्रिवेणी गाउँपालिका–२ जप्कामा रहेको उक्त स्काभेटरमा आगजनी भएको हो । स्काभेटर आगजनी भएसँगै गाउँपालिकाको करोडौँ मूल्य बराबरको भौतिक सामग्री क्षति हुन...बाँकी अंश →


प्रहरीको गोलीबाट चन्दका कार्यकर्ता घाइते

तौलिहवा, २३ फागुन ,,  प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोकाउपर प्रहरीले गोली प्रहार गरेको थियो । खुट्टामा गोली लागी घाइते भएका रोकाको अञ्चल अस्पताल...बाँकी अंश →


प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाईं

खोटाङ, २३ फागुन ,,  प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागार्इं निर्विरोध चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागार्इं अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकला राई, सचिवमा चिसाङ शेर्पा, सहसचिवमा दीपा बस्नेत र कोषाध्यक्षमा खेमराज...बाँकी अंश →


भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण

राजविराज, २३ फागन  ,,  सप्तरीको विष्णुपुर गाउँपालिका–३ स्थित मुसहर्नियाँमा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण गरिएको छ । सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा विष्णुपुर गाउँपालिका तथा विद्यालयको संयोजनमा आयोजित समुन्नति कार्यक्रमअन्तर्गत बालविकास केन्द्रको निर्माण कार्य सम्पन्न भएको हो । जनता...बाँकी अंश →


विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता नपाउँदा कामकाज ठप्प

लमही, २३ फागुन ,,  नेपाल संस्कृत विश्वविद्यालयको कार्यकारी परिषद्ले पूर्णता पाउन नसक्दा काम अघि बढन सकेको छैन् । कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित विश्वविद्यालयका २० सदस्य सहभागी रहेको विश्वविद्यालयको ७१औँ सभाले उपकुलपतिले नियुक्त गरेका कार्यपरिषद्का सदस्यलाई अनुमोदन नगरी टुङ्गिएको विश्वविद्यालयका प्रशासक...बाँकी अंश →


भाइरल ज्वरोले ५० विद्यार्थी बिरामी

दमौली, २३ फागुन ,,   तनहुँको घिरिङ गाउँपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयका ५० बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका छन् । विद्यालयमा अध्ययनरत विभिन्न कक्षाका ५० भन्दा बढी विद्यार्थी भाइरल ज्वरोले बिरामी परेका हुन् । सोमबारदेखि विद्यार्थीमा टाउको दुख्ने, घाँटी दुख्नेलगायतका समस्या देखापरेको विद्यालयका प्रधानाध्यापक प्रेम थापाले जानकारी दिनुभयो । उहाँका...बाँकी अंश →


चार स्थानमा ‘स्मार्ट कृषिगाउँ’

बेझाड, २३ फागुन  ,,  पाल्पाका चार स्थानमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हुने भएको छ । प्रदेश सांसद कार्यक्रमअन्र्तगत प्रदेश नं ५ का ५२ स्थानअन्तर्गत पाल्पाका चार स्थानीय तहमा स्मार्ट कृषिगाउँ कार्यक्रम सञ्चालन हँुदैछन् । नयाँ सोचका साथ ल्याइएको यस कार्यक्रम सञ्चालनका लागि प्रदेशसभा सदस्यहरू तुलाराम घर्तीमगर, नारायण आचार्य, युवराज खनाल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter