
खस्यौली, २७ फागनु ,, रुपन्देहीको देवदह नगरपालिकामा एक युवाको हत्या भएको छ । मोटरसाइकलमा सवार देवदह–५ का २० वर्षीय अनिश पुरीलाई अज्ञात समूहले गए राति आक्रमण गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । स्थानीय खैरेनीबाट भलुहीतर्फ जाँदै गर्दा उनीमाथि रड र ढुङ्गा...बाँकी अंश →

ठिनी, २७ फागुन ,, पछिल्लो एक महीनायताको हिमपातका कारण मुस्ताङमा सयाँै भेडाच्याङ्ग्रा र चौँरीगाई मरेका छन् । चरन क्षेत्रमा परेको हिउँका कारण आहारा खान नपाएर, हिउँले पुरिएर र हिउँ चितुवाले आक्रमण गरेर भेडाच्याङ्ग्रा र चौरी गाई मरेका हुन् । आयआर्जनको मुख्य स्रोत भेडाच्याङ्ग्रा र चाँैरीगाई मरेपछि मुस्ताङका कृषक चिन्तित भएका...बाँकी अंश →

बुटवल, २७ फागुन ,, रुपन्देहीमा केन्द्रीय कार्यालय रही सञ्चालनमा रहेका दुई ठूला विकास बैंकले एकता प्रक्रिया थालेका छन् । बुटवलमा विकास बैंकको रुपमा स्थापित शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड र भैरहवामा स्थापित पूर्णिमा विकास बैंकबीचको एकता प्रक्रिया शुरु भएको आइतबार जानकारी गराइएको छ । साइन रेसुङ्ष डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद...बाँकी अंश →

पर्वत, २७ फागुन ,, गएको साउनपछि खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय आइतबारदेखि स्थापना गरिएको छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी जिल्ला स्वास्थ्य कार्यालयको स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर विश्वकर्मा पौडेलले उद्घाटन गर्नुभयो । पुरानो जिल्ला स्वास्थ्य कार्यालयमा नै...बाँकी अंश →

इनरुवा, २७ फागुन ,, जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । रु छ करोड ७० लाख १३ हजारको लागतमा निर्माण हुन लागेको भवनको प्रदेश नं १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिप्रका हाताभित्रै शिलान्यास गर्नुभयो । हालको संरचना पुरानो र जीर्ण रहेकाले समेत...बाँकी अंश →

धरान, २७ फागुन ,, साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११ सदस्यीय नेटवर्कमा पछि चार सदस्य थप हुने बताइएको छ ।...बाँकी अंश →

कपिलवस्तु / संवाददाता फागुन २६ कपिलवस्तुको जिल्ला को आर टि यो रोडमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जना को ज्यान गएको छ । उत्तर बाट दक्षिण जाँदै गरेको लु १९ प ५७१४ नम्बर को मोटरसाइकल बिपरित दिशा बाट आउदै गरेको लु १ त ७९३६ नम्बरको ट्याक्टर एक आपस मा ठोक्किदा...बाँकी अंश →

जुम्ला २६ फागुन ,, जुम्लाका स्थानीय तहले ग्रामीण भेगमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । सिञ्जा भेगमा पर्ने हिमा गाउँपालिकाले ग्रामीण भेगमा धुम्ती निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ज्येष्ठ नागरिक तथा महिला र बालबालिकालाई घरआँगनमै पुगी स्वास्थ्य सेवा दिँदै आएको छ । हिमा गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत...बाँकी अंश →

काठमाडौँ, २६ फागुन ,, सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको सञ्चालन, नियमन तथा एकरुपता कायम गर्न छाता स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक ल्याउन सिफारिश गरिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गत ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ समस्या अध्ययन गर्न गठित समिति’ले सरकारलाई सो सुझाव दिँदै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई थप आवश्यक बजेट...बाँकी अंश →

रत्ननगर, २६ फागुन ,, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ । अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो । यो उपकरणबाट एचपिभी...बाँकी अंश →

काभ्रेपलाञ्चोक, २६ फागुन ,, तेमाल गाउँपालिकाले गाउँसभा तयारीका लागि भन्दै एक हप्ता आफ्नो सेवा ठप्प बनाएको छ । यही फागुन २७ गते सो गाउँपालिकाले गाउँसभा तोकिएको हो । सो गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी यही फागुन २० देखि २७ गतेसम्म गाउँसभाको तयारी गर्नुपर्ने भएकाले योजना सम्झौता तथा योजनाको भुक्तानीलगायत...बाँकी अंश →

फागुन २६, लम्की ,, कैलालीको टीकापुरस्थित इलाका प्रहरी कार्यालयले एक हजार २०० लागुऔषध प्रयोगकर्ता बालबालिकालाई पक्राउ गरेको छ । प्रहरीले पछिल्लो १० महीनामा उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरिएका बालबालिका १२ देखि १८ वर्ष समूहका छन् । पक्राउ गरिएका बालबालिकामध्ये नौ जनालाई सुधारगृहमा र बाँकीलाई अभिभावकको जिम्मा लगाइएको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: