०९ चैत २०८२

प्रदेश

वृद्धादेखि सुत्केरीलाई नागरिकता

जाजरकोट, १ चैत ,,  जाजरकोटको दुर्गम बारेकोटमा सञ्चालित घुम्ती शिविरमा ७२ वर्षीया एक ज्येष्ठ महिलादेखि तीन दिने सुत्केरी समेतले नागरिकता लिने अवसर पाएका छन् । बारेकोट गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय जाजरकोट समन्वयमा बुधबारदेखि बारेकोटको लिम्सामा भएको शिविरमा बारेकोट गाउँपालिका–४ गोठगाउँकी ७२ वर्षीया धनसरी सिंहले नेपाली नागरिकताको प्रमाणपत्र पाएकी...बाँकी अंश →


विद्युतीय दुर्घटना न्यूनीकरणका लागि नाङ्गो तार विस्थापन

बलेवा, १ चैत  ,, विद्युतीय दुर्घटना न्यूनीकरणका लागि बागलुङ बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको ठाउँँमा कालो प्लाास्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ । घना बस्ती रहेको बजार क्षेत्रमा...बाँकी अंश →


बस दुर्घटना : दुईको मृत्यु, २३ घाइते

जिरी, चैत १ ,,  दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको मृत्यु भएको सशस्त्र प्रहरी बलको लामाबगरस्थित माथिल्लो तामाकोशी आयोजनाको सुरक्षा बेसका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक फुर्गेली...बाँकी अंश →


‘मिर्गौला दान गर्नुस्’

लमही, १ चैत ,, ले मृर्गौला दान गर्न अनुरोध गर्नुभएको छ । विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको नसर्ने रोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले आफ्नो मृत्युपछि पनि आफन्तको ज्यान बचाउन सकिने भन्दै मृत्युपछि मिर्गौला दान गर्ने प्रतिबद्धता जनाउन अनुरोध गर्नुभयो । “सबैभन्दा पहिला मानिसको मस्तिष्कको मृत्यु हुन्छ, मिर्गौला,...बाँकी अंश →


मदन भण्डारी लोकमार्गले रोल्पा छुने

रोल्पा, १ चैत ,,  कुनै पनि राजमार्गले नछोएको रोल्पाको भूगोललाई मदन भण्डारी लोकमार्गले छुने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको ध्यानाकर्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय उक्त राजमार्ग रोल्पालाई समेत जोड्ने गरी निर्माण गर्न सहमत भएको हो । सरकारले गत जेठमा एक हजार २०० किलोमिटर लामो उक्त लोकमार्ग घोषणा गर्दा...बाँकी अंश →


आँखा जोगाऔँ : मुख्यमन्त्री

दाङ, १ चैत ,,  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसार देखाउने आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ पवननगरको वीरेन्द्र मावि भ्यूडहर, सुनपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उहाँले आँखा शरीरको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभयो । मुख्यमन्त्री पोख्रेलले महिलाले अझै पनि पाठेघरको रोग लुकाई राख्ने गरेका...बाँकी अंश →


विष्फोटमा संलग्न भएको आशङ्कामा दुई पक्राउ

चितवन, ३० फागुन ,,  जिल्ला प्रहरी कार्यालय चितवनले विप्लव निकट नेकपाका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ । चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बुधबार भरतपुर महानगरपालिका–५ मा भएको विष्फोटमा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो । विष्फोटलगत्तै प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको थियो । प्रहरी उपरीक्षक राठौरका अनुसार...बाँकी अंश →


निर्मला प्रकरण ः आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश

भीमदत्तनगर, ३० फागुन ,,  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक बहसपछि आदेश जारी गर्दै यातनाविरुद्धको कसूरमा मुद्दाका प्रतिवादी तत्कालीन...बाँकी अंश →


ट्रकमा आगजनी

हेटौँडा, ३० फागुन ,,  मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको पालुङ नजिक गएराति करीब ११ः४५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नंको ट्रक ट्रेलरमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट ट्रकमा क्षति पुगेको छ भने ट्रकका चालक तथा सहचालक सुरक्षित छन् । सो घटनाको अनुसन्धान भइरहेको जिल्ला...बाँकी अंश →


सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ, ३० फागुन ,,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ । वन कार्यालयमा अनुसन्धान भइरहेको मुद्दाको मिसिल मिलाइदिन्छु भन्दै सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशीलाई आयोगले रु रु ३० हजार घुस...बाँकी अंश →


बम निष्क्रिय

बाँके, ३० फागुन ,, विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो । बम राखेको सूचना पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले...बाँकी अंश →


ट्राफिक कार्यालय कृष्णानगर द्वारा १६ लाख ९२ हजार राजस्व संकल

अजय मिश्र/ कृष्णानगर फाल्गुन ३० कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यलय कृष्णनगर ले आर्थिक बर्ष २०७५ साउन देखि फाल्गुन २८ गते सम्मा विभिन्न सवारी साधन लाई कार्वाहि गरि राजस्व संकलन गरिएको छ। ट्राफिक कार्यलय कृष्णनगर ले १७६वटा बस बाट रु.९२०००/- २५६९वटा ट्रक बाट रु.१४०७०००/- १२१वटा जिपकार बाट रु.६३००/- २२७वटा मोटरसाइकल...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter