०९ चैत २०८२

प्रदेश

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

सप्तरी, ५ चैत ,, सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ । सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई...बाँकी अंश →


भ्रष्टाचार विकेन्द्रीकरण भएको छः अध्यक्ष राणा

सुर्खेत, ५ चैत  ,,  राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले मुलुकमा भ्रष्टाचार विकेन्द्रीकरण भएको आरोप लगाउनुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सु्र्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले विगतमा केन्द्रमा सीमित रहेको भ्रष्टाचारको संस्कृति अहिले गाउँसम्म पुगेको बताउनुभयो । “स्थानीय तह, प्रदेश र सङ्घीय सरकारलाई कर तिरेर...बाँकी अंश →


आलेख ः ४४ वर्ष बित्यो, सडक बनेन

नारायणपुर, ५ चैत ,,  दाङ र सुर्खेतलाई सडकले जोड्ने ४४ वर्ष अघिदेखिको योजना अझै पूरा हुन सकेको छैन । पञ्चायतकालदेखि यो सडकको निर्माण प्रक्रिया शुरु भएको थियो । पञ्चायतको अन्त्यपछि देश बहुदल हुँदै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि यो सडक पूरा भएको छैन । विसं २०३१ असारतिर तत्कालीन निर्माण तथा...बाँकी अंश →


‘रुपाली’ होलीको महत्व बढ्दै

भीमदत्तनगर, ५ चैत  ,,  बयासी वर्षीय पूर्वसांसद गङ्गादत्त जोशी कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा होली पर्वको खेलमा पाइला मिलाइरहेको अवस्था भेटिनुभयो । जोशी मात्रै नभई उहाँसित डडेल्धुराको रुपालबाट भीमदत्तनगरमा बसाई सरेका धेरै वृद्ध फागू पूर्णिमाका अवसरमा आयोजित परम्परागत रुपाली होलीमा रमाइरहेका थिए । वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीमा...बाँकी अंश →


निर्मला पन्त प्रकरणः फरार पूर्वप्रहरी उपरीक्षक विष्ट अदालतमा उपस्थित

भीमदत्तनदगर, ५ चैत ,, कञ्चनपुर भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्याय र यातनाविरुद्धको कसुर मुद्दामा फरार अभियुक्त डिल्लीराज विष्ट आज बिहान अदालतमा उपस्थित भएका छन् । विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक हुनुहुन्छ । हाल उहाँ बर्खास्त हुनुहुन्छ । कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार...बाँकी अंश →


दुई पटक भूकम्पको धक्का

बैतडी, ५ चैत ,, बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बेलुका एक घण्टाको फरकमा लगातार दुई पटक भूपकम्पको धक्का महसुस गरिएको हो । बेलुका ६ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर र ७ बजेर ४२ मिनेटमा ३ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले...बाँकी अंश →


भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ

राँझा, ५ चैत ,, सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले...बाँकी अंश →


सुदूरका गीतमा ‘र्याप’ को चर्चा

भीमदत्तनगर, ४ चैत  ,, ‘र्यापर’ तथा सङ्गीतकार राजेन्द्र भट्ट (मिष्टर आरजे)ले पछिल्लो केही वर्षयता सुदूरपश्चिमका देउडादेखि यहाँका मौलिकता झल्किने गीतहरुमा ‘र्याप’ मिसाउन थालेपछि यहाँको साङ्गीतिक बजार तातेको छ । काठमाडौँमा रहेर र्याप तथा सङ्गीत दिँदै आएका कञ्चनपुरको दोधारा चाँदनीका र्यापर राजेन्द्र भट्टले विगत चार वर्षयता सुदूरपश्चिमको भाषा (डोट्याली) लाई र्याप...बाँकी अंश →


स्थानीय तहमा अझै कानून बन्न सकेन

पर्वत, ४ चैत ,, स्थानीय तह कार्यान्वयनमा आएको दुई वर्ष वितिसक्दा पनि स्थानीय सरकार सञ्चालनका लागि आवश्यक पर्ने कानून अझै बन्न सकेको छैन । नेपालको संविधान २०७२ को अनुसूची ८ ले स्थानीय तहलाई २२ वटा एकल अधिकार प्रदान गरिएको छ । तीबाहेक अनुसूची ९ मा सङ्घ, प्रदेश र स्थानीय तहका...बाँकी अंश →


अङ्ग्रेजी माध्यममा पढाइपछि विद्यार्थी बढे

पोखरा, ४ चैत ,, अधिकांश सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदै गएका बेला विद्यार्थी, शिक्षक र अभिभावकको सामुहिक प्रयासले यहाँको एक विद्यालयमा विद्यार्थी सङ्ख्या भने बढ्दै गएको छ । चार वर्ष अघि ३५० विद्यार्थी रहेको पोखरा महानगरपालिका–३३ बाघमारास्थित सरस्वती टिका माध्यमिक विद्यालयमा अहिले बढेर एक हजार १३२ पुगेका छन् । “समयको...बाँकी अंश →


सुनौलो हजार दिनका आमालाई निःशुल्क सिमकार्ड वितरण

बेझाड, ४ चैत ,,  पाल्पाको निस्दी गाउँपालिका–६ अर्चलेमा सुनौलो हजार दिनका ५० आमालाई निःशुल्क सिमकार्ड वितरण गरिएको छ । स्वास्थ्य पोषण कार्यक्रमअन्र्तगत यहाँका सुनौलो हजार दिनका ५० आमालाई स्मार्ट सिमकार्ड वितरण गरिएको वडाध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिनुभयो । स्वास्थ्य, पोषणसम्बन्धी सन्देशमूलक सूचना एकापसमा आदानप्रदान गरी सिमकार्डको सही सदुपयोग गर्न उहाँले...बाँकी अंश →


मापसे जाँचमा समस्या

डोटी, ४ चैत  ,,   मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको जाँच गर्ने ब्रेथलाइजर उपकरण नुहँदा डोटीलगायत अन्य पहाडी जिल्लाका ट्राफिक प्रहरीलाई समस्या भएको छ । बिग्रेका उपकरण मर्मतका लागि अत्तरियास्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पठाएको लामो समय भइसक्दासमेत मर्मत गरेर नपठाउँदा डोटीलगायत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, बाजुरा तथा दार्चुला...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter