०९ असार २०८३

प्रदेश

वन उपभोक्ता समूहका सम्पूर्ण काम रोक्न निर्देशन

परासी, २६ जेठ ,,  पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ । समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न लागेको उजुरीको आधारमा सुनवलस्थित मूलपानी सामुदायिक वन उपभोक्ता...बाँकी अंश →


विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्छ ः राष्ट्रपति

काठमाडौँ, २६ जेठ  ,,  राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय शिक्षा समयसापेक्ष र जनमुखी हुनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिगो विकासका लक्ष्यलाई आत्मसात् गर्दै नवीनतम् खोज र ज्ञानको भण्डारका रुपमा विश्वविद्यालय शिक्षा परिवर्तित हुनुपर्नेमा जोड दिनुभएको छ...बाँकी अंश →


स्थानीय सरकारद्वारा मोटरेवल पुल निर्माण

लमजुङ, २६ जेठ  ,,  गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङमा स्थानीय सरकारद्वारा एक मोटरेवल पुल निर्माण गरिएको छ । बेसीँशहर नगरपालिकाले नगरभित्र पक्की संचरना बनाउने अभियानअन्तर्गत बेँसीशहरको झ्याङखोलास्थित विद्या विकास विद्यालय नजिकै वडा नं ८ मा रहेको मोटरेवल पुल निर्माण गरेको हो । पुल निर्माण सम्पन्नसँगै शनिबार नगरप्रमुख गुमानसिंह अर्यालले बेसीँशहरको...बाँकी अंश →


विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

कास्की, २६ जेठ   ,,  कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी...बाँकी अंश →


जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु,आठ बिमारी

पाल्पा, २६ जेठ   ,,  पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी हुन् । पाल्पाका जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वमणि पोखरेलका अनुसार जङ्गली च्याउ तरकारीका रुपमा...बाँकी अंश →


हावाहुरीले विद्यालयको छाना उडायो, २ लाख ५० हजारको क्षति

बैतडी, २६ जेठ  ,,  शनिबार राति आएको हावाहुरीले बैतडीका विद्यालयका छाना उडाएको छ । विद्यालयका छाना उडाउँदा पठनपाठन कार्य प्रभावित भएको छ । हावाहुरीले पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको तीनकोठे विद्यालय भवनको छाना उडाएको छ । हावाहुरीले छाना उडाउदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको विद्यालय व्यवस्थापन...बाँकी अंश →


चट्याङले मकवानपुरमा दुई घाइते

आज बिहान चट्याङ लागेर मकवानपुरमा दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा राक्सीराङ गाउँपालिका–९ खैराङका ३० वर्षीय बुद्धलाल मोक्तान र अर्का घाइते सोही ठाउँका २१ वर्षीय विनोद पाख्रिन अचेत रहेको प्रहरीले जनाएको छ । आज बिहान हावाहुरीसँगै पानी पनि...बाँकी अंश →


उपत्यकामा आइतबार सार्वजनिक बिदा

सरकारले रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आगामी आइतबार (जेठ २६ गते) काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयद्वारा आज जारी सूचनाअनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौँ उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।बाँकी अंश →


यार्सागुम्बा सङ्कलकको मृत्यु

यार्सागुम्बा सङ्कलनका लागि डोल्पाको पाटनमा गएका थप एक जनाको मृत्यु भएको छ । नलगाड नगरपालिका–१२ तल्लुका १६ वर्षीय भीमबहादुर बस्नेतको लेक लागेर आज मृत्यु भएको हो । डोल्पाको टाक्सी पाटनमा बिरामी परेका उनलाई धो स्वास्थ्य चौकीमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको आफन्तले बताएका छन् । मृतक बस्नेत हिमालय...बाँकी अंश →


राहत र उद्धारमा जुट्न काँग्रेसको आग्रह

काठमाडौँ, २४ जेठ  ,,  नेपाली काँग्रेसले कैलाली र कञ्चनपुर हावाहुरीबाट पीडितको राहत र उद्धारमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत बिहीबार साँझ कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका पीडितको राहत र उद्धारमा नेता तथा कार्यकर्तालाई जुट्न आग्रह गर्नुभएको हो । हावाहुरीका...बाँकी अंश →


न्यून चापीय प्रणालीको प्रभावले भीषण हावाहुरी

पश्चिममा विकास भएको न्यून चापीय प्रणली र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको संयुक्त प्रभावले बिहीबार बेलुका कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार साँझ कैलाली र कञ्चनपुरमा विकसित भएको प्रणाली बिस्तारै सर्दै आज बिहान काठमाडौँसम्म आइपुगी हावाहुरीसहित वर्षा भएको...बाँकी अंश →


भुम्लुमा स्थानीय पाठ्यक्रममा शिक्षण

काभ्रेपलाञ्चोक, २४ जेठ  भुम्लु गाउँपालिकाले आफ्नै पाठ्यक्रम निर्माण गरी अध्यापन शुरु गरेको छ । पाँच विषयवस्तु समेटिएको उक्त पाठ्यक्रमका आधारमा गत बिहीबारदेखि स्थानीय विद्यालयमा शिक्षण शुरु गरिएको छ । भौगोलिक अवस्था तथा स्थानीय आवश्यकतालाई महत्व दिएर विपद्, सूचना–प्रविधि, कृषि, स्थानीय स्रोत तथा भुम्लुको परिचय समेटिएको पाठ्यक्रम निर्माण गरिएको गाउँपालिका शिक्षा...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter