
रुकुमपश्चिम, २७ जेठ ,, मुसीकोट नगरपालिकालाई छाउपडी प्रथा नभएको नगर घोषणा गरिएको छ । नगरमा छाउपडी प्रथाको कुनै अवशेष नरहेको भन्दै नगरलाई छाउपडी प्रथा नरहेको घोषणा गर्दै यसलाई सफल पार्न पाँच बुँदे प्रतिबद्धता पनि व्यक्त गरिएको छ । विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने, यससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, विद्यार्थीलाई यौनका...बाँकी अंश →

काठमाडौँ, २७ जेठ ,, नारायण रिना मेमोरियल फाउण्डेशनले दुर्घटनामा परी दुवै हात गुमाएकी मेघा घिमिरेलाई उपचारका लागि अमेरिका लैजाने भएको छ । संयुक्त राज्य अमेरिकामा स्थापना भएको फाउण्डेशनले आइतबार यहाँ पत्रकार सम्मेलन गरी दुवै हात गुमाएकी घिमिरेलाई उपचार लागि अमेरिका लैजान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष...बाँकी अंश →
चितवन, २७ जेठ ,, पश्चिम चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको हो । प्रहरीले रङ्गशालाको बारमा डोजर लगाएका मुख्य आरोपी प्रकाश कँडेलसहित...बाँकी अंश →

भीमदत्तनगर, २७ जेठ ,, तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ । कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । “जिल्लाभर रहेका...बाँकी अंश →

प्रिया अधिकारी/रुपन्देही कञ्चन जेसिस बर्ष २०१९को मिसन leadership for awareness लाई सार्थकता दिनको लागि जिवनमा असल मान्छेहरु नखोज्नु होस,बरु आफै असल बनिदिनुहोस भन्ने मुल नाराका साथ Drug awareness कार्यक्रम कञ्चन १ लौसामा रहेको डाफे रेस्टुरेन्ट एण्ड पाटि प्यालेसमा भव्यताका साथ सप्पन्न भएको थियो। कञ्चन जिसिसका संस्थापक अध्यक्ष चुडामणि पौडेलको अध्यक्षतामा...बाँकी अंश →

पोखरा, २६ जेठ ,, नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर एवं गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन...बाँकी अंश →

नेपालगञ्ज (बाँके), २६ जेठ ,, प्रदेश नं. ५, कर्णाली र सुदूरपश्चिमलाई वातावरणीय सन्तुलनमा राखिनुपर्नेमा सरोकार भएका निकायका अधिकारीहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसको अवसर पारेर वन तथा वातावरण मन्त्रालयले जेठ २२ र २३ गते प्रदेश नं–५ को नेपालगञ्जमा आयोजित दुई दिने ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय...बाँकी अंश →

काठमाडौँ, २६ जेठ ,, सङ्घीयता कार्यान्वयनसँगै क्षयरोग निवारण गर्न थप चुनौती देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र रहेको सो कार्यक्रम रहेको छ । क्षयरोग उपचारका लागि दक्षजनशक्ति, प्रयोगशालाको अभाव साथमा दुर्गम क्षेत्रका बासिन्दामा ‘रोगलाग्दा उपचार गर्न स्वास्थ्य संस्थामा जानुपर्छ’ भन्ने अझै जनचेतनाका अभावका कारण निवारणका...बाँकी अंश →

दूल्लु, २६ जेठ ,, गत चैत २२ गते बेलुका अचानक आएको हावाहुरीसहितको असिनापानीका कारण दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकामा ठुलो धनको क्षति भयो । असिनापानीले पाक्नै लागेको गहुँबाली, जौ, फलफूल र तरकारी खेती नष्ट ग¥यो । असिनापानीपीडितहरुले दुई महिना बित्नै लाग्दा समेत राहत पाउन सकेका छैनन् । अहिले...बाँकी अंश →

काठमाडौँ, २६ जेठ ,, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले किसानलाई वर्गीकरण गरेर योजना अघि सार्ने निर्णय गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले कृषिको दिगो विकासका लागि संसारभरी नै किसान वर्गीकरणको व्यवस्था रहेको उल्लेख गर्दै कृषिको दिगो विकासका लागि किसानको...बाँकी अंश →

पोखरा, २६ जेठ ,, पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएकोे छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो...बाँकी अंश →

सुर्खेत, २६ जेठ ,, नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले इतिहास भजाएर मात्रै काङ्ग्रेसलाई अब जनताले विश्वास नगर्ने बताउनुभएको छ । “काङ्ग्रेसले आफूलाई विधिअनुसार नचलाएमा, नयाँ संरचनामा नलगेमा र आन्तरिक कलह समाप्त नपारेसम्म जनताको मन जित्न सम्भव छैन्”, उहाँले भन्नुभयो, “इतिहासलाई भजाएर मात्रै हुँदैन, हामी आफू पनि सच्चिन तयार हुनुपर्छ ।”...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: