०८ चैत २०८२

प्रदेश

सुत्केरी भत्ता नपाएको गुनासो

बझाङ, २७ जेठ  ,,  बझाङका सुत्केरीले ११ महीनादेखि राज्यले उपलब्ध गराउँदै आएको सुत्केरी प्रोत्साहनबापतको भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले साउनदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका हुन् । राज्यले अस्पताल र बर्थिङ सेन्टरमा बच्चा जन्माएबापत सुत्केरी महिलालाई हिमाली जिल्लामा प्रतिमहिला रु तीन हजार ८०० दिँदै आइरहेको भए पनि जिल्ला...बाँकी अंश →


बजेटको प्रभावकारी कार्यान्वयनमा शङ्का छः सांसद

काठमाडौँ, २७ जेठ  ,,  राष्ट्रियसभाका सदस्यले बजेट जनमुखी भए पनि प्रभावकारी कार्यान्वयनमा चुनौती हुने शङ्का व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०७६÷०७७ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफलमा भाग लिँदै सांसद खिमलाल भट्टराईले बजेटले गरीब किसान र मजदूरलगायत सबै समुदायलाई समान रुपमा समावेश...बाँकी अंश →


मङ्गलबारसम्मका लागि प्रतिनिधिसभा स्थगित

काठमाडौँ, २७ जेठ  ,,  अपराह्न १२ः५ मा १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मङ्गलबार बिहान ११ बजे बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार गुठी विधेयकको विरोधमा माइतीघरमण्डलमा भएको शान्तिपूर्ण प्रदर्शनमा सुरक्षाकर्मीले दमन गरेको भन्दै गृहमन्त्री रामबहादुर थापाको जवाफ माग गरेको थियो । संविधानबमोजिम गरिएको...बाँकी अंश →


सदरमुकाममै खानेपानीको हाहाकार

बाजुरा, २७ जेठ   ,,  जिल्ला सदरमुकाम मार्तडीमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ । बडिमालिका नगरपालिकाले खानेपानी समयमै व्यवस्थापन गर्न नसक्दा सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएको हो । खानेपानीको हाहाकार भएपछि सदरमुकाम मार्तडीमा बसोबास गर्ने करीब १७ हजारभन्दा बढी जनसङ्ख्या शुद्ध खानेपानी पिउनबाट वञ्चित भएका छन्् । बडिमालिका नगरपालिकाले...बाँकी अंश →


रसुवाघाट–कालापानी खानेपानी आयोजान अन्तिम चरणमा

खोटाङ, २७ जेठ  ,,  पम्पिङ प्रविधि अपनाइएको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सुनकोशी नदीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर गाउँमा पानी वितरण गर्न सो आयोजना शुरु गरिएको होे । कालापानीमा सञ्चालित आयोजनामा भौतिक निर्माणको सबै काम सकेर अहिले विद्युत् जडानको काम भइरहेको निर्माण...बाँकी अंश →


एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

म्याग्दी, २७ जेठ   ,,  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र...बाँकी अंश →


दलित बालबालिका छात्रवृत्तिबाट वञ्चित

लहान, २७ जेठ  ,,  सिरहाको मिर्चैया नगरपालिका–६ स्थित आधारभूत प्राथमिक विद्यालय मटियर्वामा अध्ययनरत दलित विद्यार्थी छात्रवृत्तिबाट वञ्चित भएका छन् । नगरपालिकाले समयमा निकास नदिँदा सो विद्यालयका करीब एक सयभन्दा बढी दलित विद्यार्थी हालसम्म छात्रवृत्तिबाट वञ्चित भएका हुन् । गत वर्ष २०७४ चैत महीनायता उनीहरु कुनै किसिमको छात्रवृत्ति पाउन नसकेको उक्त...बाँकी अंश →


महानगरपालिका बनाउने गति सुस्त

नेपालगञ्ज, २७ जेठ  ,,  नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन थालिएको सम्भाव्यता अध्ययनपछिको प्रयास सुस्त देखिएको छ । महानगरपालिका बनाउन के कस्ता पूर्वाधारहरु आवश्यक पर्छ, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्याको आवश्यकता कति हुनुपर्छ, भौतिक पूर्वाधारहरुको विस्तारलगायतका सम्भावनाका विषयमा छलफल भने भइरहेको छ । महानगरपालिकाको सम्भाव्यता अध्यययन तथा अन्य कामका लागि नगरसभाबाट छुट्याइएको...बाँकी अंश →


स्थानीय तहले बजेट लगे बिरुवा हुर्काएनन्

चितवन, २७ जेठ   ,,  डिभिजन वन कार्यालयलाई बिरुवा हुर्काउन पठाइने बजेट स्थानीय तहमा गएपछि वनमा बिरुवा कम हुर्किएका छन् । स्थानीय तहले भने बजेट लिएर पनि बिरुवा हुर्काउने काम गरेका छैनन् । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार यस वर्ष वृक्ष सुधार कार्यक्रमअन्तर्गत ७० हजार बिरुवा मात्र...बाँकी अंश →


उग्रतारा मेलौली सडक कालोपत्र

डडेल्धुरा, २७ जेठ  ,,  निर्माण शुरु भएको तीन दशकपछि डडेल्धुराको उग्रतारा मेलौली सडक कालोपत्र हुन थालेको छ । डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्मको यस सडकको कूल लम्वाईमध्ये आठ किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराको कूल रु १२ करोड ४५ लाखको लागतमा कालापत्रे...बाँकी अंश →


चार दिनदेखि नगरपालिकामा तालाबन्दी

बाजुरा, २७ जेठ  ,,  जिल्लाको बूढीनन्दा नगरपालिकाको कार्यालयमा गएको चार दिनदेखि तालाबन्दी गरिएको छ । नगर कार्यपालिकाले फोहर सङ्कलन केन्द्र राख्ने बारेमा गरेको विवादित निर्णय खारेज गर्न मागसहित स्थानीयवासीले कार्यालयमा जेठ २२ गतेदेखि तालाबन्दी गरेका हुन् । नगरपालिका–५ र ७ का स्थानीयवासीले नागरिकको स्वास्थ्यबारे ख्यालै नगरी मनोमानी रुपमा डम्पिङ साइड...बाँकी अंश →


चितवनमा ९० किलो गाँजा बरामद

मुग्लिन, २७ जेठ  ,,  चितवनमा प्रहरीले ९० किलो गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यको नेतृत्वमा खटिएको टोलीले पूर्वी चितवनको राप्ती नगरपालिका–१२ परखाल भन्ने ठाउँबाट गाँजा बरामद गरेको हो । विशेष सुराकीका आधारमा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरी निरीक्षक आचार्यले बताउनुभयो ।...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter