०८ चैत २०८२

प्रदेश

शोक प्रस्ताव पारित

काठमाडौँ, ३१ जेठ  प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राख्नुभएको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं...बाँकी अंश →


इन्धन खर्चको रकम बालबालिकालाई

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्ताैलाले आफूले प्राप्त गरेको यातायात इन्धन खर्चबापतको रकम टुहुरा तथा अपाङ्गता भएका विद्यार्थी बालबालिकालाई वितरण गर्नुभएको छ । उहाँले गाउँपालिकाको शिक्षा शाखामार्फत गाउँपालिकाभित्र रहेको विद्यालयहरुमा अध्ययनरत सामुदायिक तथा निजी विद्यालयमा अध्ययनरत अपाङ्गता र टुहुरा विद्यार्थीहरुको विवरण सङ्कलन गरी प्राप्त विवरणका आधारमा सो कार्य थालनी गर्नुभएको...बाँकी अंश →


फोहर नउठाउँदा नगरक्षेत्र दुर्गन्धित

लहान, ३१ जेठ  ,,  लामो समयदेखि फोहर नउठाउँदा सिरहाको प्रमुख व्यापारिक केन्द्र लहान नगरक्षेत्र दुर्गन्धित बनेको छ । विगत एक महीनादेखि लहान नगरपालिकाले लहान क्षेत्रमा फोहर नउठाउँदा फोहरको डङ्गुरले पूर्वपश्चिम राजमार्ग क्षेत्रसहित बजार क्षेत्र दुर्गन्धित बनेको हो । लहानस्थित गुदरी बजार, शिव मन्दिर, साप्ताहिक हाटबजार, सवारी साधन पार्किङस्थल र सडक...बाँकी अंश →


धार्मिक महोत्सवबाट १२ लाख सङ्कलन

बैतडी, ३१ जेठ   ,,  क्याम्पसको सर्वाङ्गीण विकासका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ । उक्त महोत्सवबाट रु १२ लाख ४२ हजार १६८ सङ्कलन भएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दान सिंह कार्कीले जानकारी दिनुभयो । सङ्कलित रकम धार्मिक महोत्सवमा व्यवस्थापनमा...बाँकी अंश →


स्थानीय न्यायिक समिति गठन भएन

जाजरकोट, ३१ जेठ  ,,  स्थानीय तह गठन भएको लामो समय बितिसक्दा पनि डोल्पाको ठुलीभेरी नगरपालिकामा न्यायिक समिति गठन हुनसकेको छैन । प्रशासकीय केन्द्रको विवाद समाधान हुन नसकेपछि न्यायिक समिति गठन हुन नसकेको हो । न्यायिक समिति गठन नहुँदा न्याय सम्पादनकार्य अलपत्र पर्दै आएको छ । अहिले पनि न्याय सम्पादनका लागि...बाँकी अंश →


‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

लहान, ३१ जेठ  ,,  भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा...बाँकी अंश →


बौद्धिक अपाङ्ग बालबालिकालाई सहयोग

पोखरा, ३१ जेठ   ,,  मन्टेश्वरी एशोसिएसन कास्कीको चौथो वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई विभिन्न बन्दोबस्तीका सामग्री वितरण गरिएको छ । पोखरा–३३ बागमारास्थित टीका माध्यमिक विद्यालय बौद्धिक अपाङ्गता केन्द्रका २४ बालबालिकालाई एक कार्यक्रमका बीच बिहीबार दुई÷दुई जोर पोशाक, बल्याङ्केट, सिरानी, तन्नालगायत बिस्कुट विरतण गरिएको हो । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी...बाँकी अंश →


आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन आजदेखि

भादगाउँ, ३१ जेठ  ,,  ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिनुभयो...बाँकी अंश →


चिठ्ठाको नाममा ठगी गर्ने पक्राउ

विराटनगर, ३१ जेठ   ,,  चिठ्ठामा रु २५ लाख परेको भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले विहीबार पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहाले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश...बाँकी अंश →


नेप्से परिसूचक निरन्तर ओरालो

काठमाडौँ, ३० जेठ   ,,  निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१...बाँकी अंश →


शिक्षिका नै जाँदैनन् महिनावारीमा विद्यालय

बाजुरा, ३० जेठ  ,,  जिल्ला सदरमुकाम मार्तडीदेखि नजीकै रहेकोे जनप्रकाश आधारभूत विद्यालयका शिक्षिकाहरु महिनावारी भएका बेला विद्यालय नजाने गरेको पाइएकोे छ । विद्यालय नजीकै रतुडा देवताको मन्दिर रहेकाले महिनावारी भएको समयमा देउता लाग्ने डरले शिक्षिकाहरु विद्यालय नजाने गरेको जयबहादुर ऐडीले बताउनुभयो । ऐडीका अनुसार पुराना पुस्ताका बूढापाकाले यो कुरालाई प्रोत्साहित...बाँकी अंश →


तीन वर्षमा कार्यान्वयन भएन खानेपानीसम्बन्धी मौलिक हक

काठमाडौँ, ३० जेठ  ,,  संविधानबमोजिम खानेपानीलगायत मौलिक हकसँग सम्बन्धित विषयमा तीन वर्षमा कानून बनाइनुपर्ने भए पनि त्यो पूरा हुन नसकेकोतर्फ सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । विनियोजन विधेयक २०७६ अन्तर्गत खानेपानी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि जारी छलफलमा भाग लिँदै सांसद गगनकुमार...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter