
वीरगञ्ज, ३ असार ,, प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा मदिराका कारण घरेलु हिंसा बढ्दै गएपछि प्रहरीले सो अभियान शुरु गरेको हो । अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी गस्ती टोलीले पटेर्वा सुगौली–१ रङ्गपुर बजार एरियामा...बाँकी अंश →

दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापती पन्तले दिनुभएको जानकारीअनुसार नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् । सोमबार राति घरायसी झगडा हुँदा कृष्णले श्रीमती मीनाको...बाँकी अंश →

रुपन्देही, ३ असार ,, उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला आजदेखि बुटवलमा शुरु भएको छ । शेयर काष्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा शुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने कार्यशालामा खोज पत्रकारिता...बाँकी अंश →

लमही, ३ असार ,,सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो । राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका...बाँकी अंश →

साँखु, ३ असार ,, कागेश्वरी मनोहरा नगरपालिका–१ को गागलफेदीदेखि रत्नपार्कसम्म चल्ने गागलफेदी यातायातले आफ्नो सेवा शुरु गरेको छ । गागलफेदी यातायात प्रालिले सञ्चालनमा ल्याएको बस सेवाबाट नगरपालिकाको गागलफेदीका सर्वसाधारणलाई यात्रा गर्न सहज हुने भएको छ । सीमित सवारीसाधनका कारण सधैँ जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउँदै स्थानीयवासीको सहजताका लागि यातायात सेवा विस्तार...बाँकी अंश →

सोलुखुम्बु, ३ असार ,, तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहँुदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि कुनै पनि उडान तथा अवतरण हुननसकेको लुक्ला विमानस्थलका निमित्त प्रमुख प्रविन श्रेष्ठले जानकारी दिनुभयो । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने तथा हल्का वर्षासमेत हुने गरेपछि शुक्रबारदेखि कुनै पनि विमानले...बाँकी अंश →

हेटौँडा, २ असार ,, प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभा सदस्यलाई दिइने विकास कोषको अनुदान व्यक्तिगत प्रयोजनका लागि नभई निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि विनियोजन गरिएको स्पष्ट पार्नुभएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६÷०७७ बजेटमा विनियोजित रकमका सन्दर्भमा आज मन्त्रालयमा आयोजित...बाँकी अंश →
सिरहा, २ असार ,, सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ । राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको...बाँकी अंश →

काठमाडौँ, २ असार ,, होटल हायात रिजेन्सीमा मदजूरको आन्दोलनका कारण विगत पाँच दिनदेखि होटल सेवा प्रभावित भएको छ । सेवा सुविधा र सम्मानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदूरले असार ३० गतेदेखि सङ्घर्ष गर्दै आएका छन् । व्यवस्थापन पक्षले मजदूरको माग सम्बोधनका लागि चासो नदेखाएको मजदूरले गुनासो गरेका छन् ।...बाँकी अंश →

ठमाडौँ, २ असार ,, नेकपा (क्रान्तिकारी–माओवादी) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ । आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले जानकारी दिनुभयो । ‘‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन् ,’’...बाँकी अंश →

सरकारले चालू आर्थिक वर्षमा प्रक्षेपण गरेको आर्थिक वृद्धिको लक्ष्य पूरा नहुनुको पछाडि माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना पनि प्रमुख कारण रहेको उल्लेख गरेको छ । चालू आवमा ८.२ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको थियो । यद्यपि सो प्रक्षेपणलाई बजेटको मध्यावधि समिक्षा मार्फत केही संशोधन गरियो । भूकम्प, भारतको...बाँकी अंश →

वीरेन्द्रनगर, २ असार ,, कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपियाँ जम्मा गरिदिने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमार्फत छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो । आइतबार सार्वजनिक बजेटमा छोरीको...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: