शनिबार, ०५ जेठ २०८१

खोज पत्रकारिता तालीम शुरु

३ असार २०७६, मंगलवार ११:४७ मा प्रकाशित

रुपन्देही, ३ असार   ,,  उत्तरदायी स्थानीय सरकारका लागि खोज पत्रकारिता कार्यशाला आजदेखि बुटवलमा शुरु भएको छ । शेयर काष्ट इनिसिएटिभ नेपाल र अमेरिकी दूतावासको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको संयोजनमा शुरु भएको खोज पत्रकारिता कार्यशालामा रुपन्देहीका ४० पत्रकारको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने कार्यशालामा खोज पत्रकारिता केन्द्रका शिव गाउँले, सुशासनविद् विनोद उपाध्याय, शेयरकाष्टका कार्यकारी निर्देशक मधु आचार्यलगायतले सहजीकरण गर्नु हुनेछ । कार्यशालाको शुरुआत गर्दै शेयरकाष्टका कार्यकारी निर्देशक मधु आचार्यले विषय बुझने क्षमता भएर पनि पत्रकारिताको सीप कम हुँदा खोजमूलक पत्रकारिता ओझेलमा परेको बताउनुभयो । उहाँले स्थानीय तहको काम प्रभावकारी बनाउन खोजमूलक पत्रकारितामार्फत दबाब र खबरदारी जरुरी रहेको धारणा राख्नुभयो । अमेरिकी दूतावासका प्रतिनिधि प्रेरणा मरासिनीले स्थानीय सरकारको कामकारवाही प्रभावकारी बनाउन सबै प्रदेशमा खोजमूलक पत्रकारिता कार्यशाला आयोजना गरेको बताउनुभयो । पत्रकार महासङ्घ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले स्थानीय सरकारलाई उत्तरदायी र जवाफदेही बनाउन तालीम महत्वपूर्ण हुने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter