०८ चैत २०८२

प्रदेश

चार स्थानीय तहमा अझै बैंक पुगेनन्

जाजरकोट, १० असार   ,,  डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ । स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी चार वटा गाउँपालिकामा तोकिएका बैंकले अझै आफ्ना...बाँकी अंश →


अवैध भरुवा बन्दुकसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् । आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले...बाँकी अंश →


प्रदेश नं ३ का पाँच जिल्लामा विषादी परीक्षण केन्द्र

भरतपुर, १० असार  ,,,  फलफूल तथा तरकारीमा अत्यधिक विषादी पाइन थालेपछि प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका पाँच जिल्लामा विषादी परीक्षण केन्द्र स्थापना गर्ने भएको छ । छोटो समयमा धेरै आम्दानी गर्ने मनसायले किसानले तरकारीमा धेरै विषादी हाल्ने गरेको भन्दै मन्त्रालयले पाँच जिल्लामा एक–एक परीक्षण...बाँकी अंश →


मेलम्ची आयोजनाको काम सञ्चालन गर्न कार्यदल

मेलम्ची, असार १०  ,,  मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । इटालेली कम्पनी सिएमसी भागेपछि...बाँकी अंश →


नगरसभा स्थगित गर्न माग

लहान, १० असार   , , आफुहरुसँग कुनै सल्लाह नै नगरी गुपचुप रुपमा नगरसभा गर्न खोजिएको भन्दै सिरहाको सुखीपुर नगरपालिका उपपप्रमुखसहित पाँच वडाध्यक्षले नगरसभा स्थगनको माग गर्नुभएको छ । नगरप्रमुख रामऔतार यादवले सरसल्लाह नगरी आगामी आर्थिक वर्ष २०७६÷०७७ को नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रेणुदेवी साहसहित वडाध्यक्ष हरिवंश महतो, रामेश्वर साह,...बाँकी अंश →


आर्थिक विधेयक विचार गरियोस् प्रस्ताव पारित

विराटनगर, ५ असार  ,,  प्रदेश नंं १ प्रदेशसभाको आज बैठकले आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ (१) बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पेश गर्नुभएको सो प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो । यसअघि बैठकमा मन्त्री...बाँकी अंश →


मनसुन शुरुः देशभर फैलिन केही दिन लाग्ने

काठमाडौँ, ५ असार   ,,  नेपालमा आजदेखि मनसुन शुरु भएको छ । मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन देशभर फैलिन अझै केही समय लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको महाशाखाले जनाएको छ । नेपालमा...बाँकी अंश →


भूकम्पबाट विस्थापित परिवारले पाए निजी आवास

चौतारा, ५ असार  ,,  भूकम्पबाट विस्थापित सिन्धुपाल्चोक सेलाङका १९ परिवार बुधबारदेखि बासँखर्कस्थित नवनिर्मित निजी आवासमा बस्न थालेका छन् । अक्सफाम जिवी नेपालको आर्थिक सहयोग तथा जनहित ग्रामीण सेवा समितिको साझेदारीमा निर्माण गरिएको एकीकृत बस्तीमा विगत चार वर्षदेखि विस्थापित जीवन बिताउँदै आएका उनीहरु निजी आवासमा बस्न थालेको एकीकृत आवास निर्माण समितिका...बाँकी अंश →


खानेपानी योजना शुरु

कावासोती, ५ असार   ,,   नवलपरासी पूर्व कावासोतीको जिल्लास्थित सरकारी कार्यालय स्थापना गर्ने स्थलमा खानेपानीको योजना शुरु गरिएको छ । नवलपुरको सदरमुकामस्थित कार्यालय निर्माणस्थलमा खोनेपानीका लागि डिप बोरिङ र होभर हेड ट्याङ्की निर्माण गर्न लागिएको हो । कावासोती–३, राममन्दिरमा रहेको १८७ बिघा क्षेत्रफलमा विभिन्न सरकारी कार्यालय स्थापना गर्ने योजना बनाइएको छ...बाँकी अंश →


स्काभेटरमा आगजनी

फिदिम, ५ असार   ,,  पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बामा रोकेर राखिएको स्काभेटरमा आज बिहान आगजनी भएको छ । लिम्बास्थित लेकगाउँमा राँके–रवि–भेडेटार सडक निर्माणका लागि प्रयोग भइरहेको ज्वाला निर्माण सेवा प्रालिको बा३क ५६६ नम्बरको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार बाटोमा...बाँकी अंश →


वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग

काठमाडौँ, ५ असार   ,,   प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गर्नुभएको छ । उहाँले कारखाना सञ्चालन नहुँदा हजाराँै मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिनुभयो । बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार...बाँकी अंश →


फोहर सङ्कलनमा शिक्षित युवा

ललितपुर, ५ असार   ,,  शिक्षित युवाले ‘डोको रिसाइक्लर्स पाटन’ नामक पाटनमा सम्पर्क कार्यालय खोली पुनः प्रशोधन हुने फोहर सङ्कलन गर्न थालेका छन् । एमबिए, एमआइटी, एमएसडब्ल्यूलगायत अन्य विभिन्न विधामा अध्ययनरत् ३० भन्दा बढी युवाले फोहरलाई मोहर बनाउने उद्देश्यका साथ पुनः प्रशोधन हुने फोहर सङ्कलनमा लागिपरेका हुन् । पुनः प्रशोधन हुने...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter