गुट्खाको अवैध व्यपारका कारण सरकारले वार्षिक करोडौं रुपैयाँको राजस्व गुमाउँदै आएको छ । प्रहरीले वीरगञ्जको माईस्थानस्थित गौतम चौरसियाको घरमा छापामारी रु तीन लाख मूल्य बराबरको गुट्खा बरामद गरेपछि यसको अवैध व्यापार हुने गरेको रहस्य सार्वजनिक भएको हो । भन्सारबाट राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको बारे वीरगञ्ज भन्सार कार्यालयमा कुनै अभिलेख...बाँकी अंश →

कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो...बाँकी अंश →

सङ्खुवासभा, १२ असार ,, सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने...बाँकी अंश →
म्याग्दी, १२ असार ,, जिल्ला सदरमुकाम बेनी बजारको अस्पताल चोक बाढीको उच्च जोखिममा परेको छ । वातावरणीय असरको ख्यालै नगरी गत हिउँदमा अस्पताल चोकदेखि जामुनाखर्कसम्म खनिएको अव्यवस्थित सडकका कारण अस्पताल चोक बाढीको उच्च जोखिममा परेको हो । बर्खासँगै नाली नभएको सडकबाट दैनिकजसो बाढी आउन थालेको छ । बुधबार अपराह्न ४...बाँकी अंश →

पाँचथर, १२ असार ,, जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका...बाँकी अंश →

बैतडी, १२ असार ,, बैतडीका सल्लेरी वन मासिँदै गएका छन् । व्यापकरुपमा खोटो सङ्कलन भइरहेकाले सल्लेरी वन मासिने क्रम बढ्दै गएको हो । जिल्लामा रहेका ३५७ वटा सामुदायिक वनमध्ये अधिकांशमा सल्लाको वन रहेका छन् । सल्लेरी वनमा खोटो सङ्कलन भइरहेकाले ती वनमा आगलागीको सम्भावना पनि बढिरहेको सिगास गाउँपालिका–१ का केशवदत्त...बाँकी अंश →
पोखरा, १२ असार ,, ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ । कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् । पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित...बाँकी अंश →

मेलम्ची, १२ असार ,, मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो । मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन...बाँकी अंश →

काठमाडौँ, १२ असार ,, नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो । बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव...बाँकी अंश →

नेपालगञ्ज, १२ असार ,, नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ । बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा रु ५२ करोड अधिकतम पूँजी रहेको नेपालगञ्ज सहकारीको झन्डै रु ३८ करोड अपचलन...बाँकी अंश →

वीरगञ्ज, १२ असार ,, वाणिज्य कार्यालय पर्साले उपभोक्तालाई ठगी गर्ने, एमआरपी नराख्ने तथा बिल नदिनेजस्ता गैरकानूनी क्रियाकलाप गरी उपभोक्ता ठग्ने वीरगञ्जका छ व्यापारिक फर्मलाई जरिवाना गरी कारवाही गरेको छ । कारवाहीमा परी जरिवाना तिरेका फर्ममा वीरगञ्ज महानगरपालिका– १८ को नारायणी धूप उद्योग रहेको छ । सो उद्योगलाई उत्पादन गर्ने अगरबत्तीमा...बाँकी अंश →
जाजरकोट, १२ असार ,, दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पामा समस्या भएको छ । एक महीनामा तीनपटक टेलिफोन सेवा अवरुद्ध हुँदा डोल्पाका स्थानीयवासी हैरान भएका छन् । मौरेलेकमा टेलिफोन टावरमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । अहिले खराब भएको ठाउँमा मर्मतका लागि कर्मचारी खटाइएको छ । सदरुमकाम दुनैबाट...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: