०९ असार २०८३

प्रदेश

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु

काठमाडौँ, १५ असार   ,,  स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ शुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । आन्तरिक श्रममा युवाको...बाँकी अंश →


नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक र ३५ प्रतिशत नर्स उत्तीर्ण

विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ६३ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिललले शनिबार लिएको पोष्टग्राजुएट्स तह (पिजी) अध्ययन पूरा गरेका ३४२ जना चिकित्सक सो परीक्षामा सहभागी भएका थिए । तीमध्ये २१७ जना मात्र उत्तीर्ण र १२५ जना अनुत्तीर्ण भएका काउन्सिलले जनाएको छ । नेपाली सेनाद्वारा सञ्चालित...बाँकी अंश →


फार्मेसी सेवाबाट बिरामीलाई सुविधा

नवलपरासी , १५ असार  ,,  पश्चिम नवलपरासीको जिल्ला पृथ्वी चन्द्र अस्पतालले आफ्नै फार्मेसी सेवा सञ्चालनमा ल्याएपछि बिरामीहरुलाई सहज हँुदै आएको छ । स्थापना भएको करिब ८० बर्ष पछि बल्ल आफ्नै फार्मेसी सेवा सञ्चालनमा आएपछि अहिले बिरामीहरुलाई निकै सुविधा भएको हो । अस्पताल परिसर भित्र बाहिरका मेडिकलहरु भन्दा सहुलियत मूल्यमा फार्मेसी...बाँकी अंश →


तेत्तीस लाखको अक्षयकोष स्थापना

तनहुँ, १५ असार  ,,  तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उहाँकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । गरीब तथा विपन्न वर्गका बालबालिकालाई पठनपाठनतर्फ अभिप्रेरित गर्ने र भक्तजनलाई मन्दिरको उचित संरक्षण गर्ने उद्देश्यले समाजसेवी मल्ल...बाँकी अंश →


औद्योगिक क्षेत्र डुबानको खतरामा

लहान, १५ असार   ,,  पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको छ । औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि बनाइएको नाला र पोखरीलाई थुन्दै स्थायी संरचना निर्माण गर्न थालेपछि सप्तरीको रुपनी...बाँकी अंश →


बाजुरामा ३० प्रतिशत रोपाइँ सम्पन्न

बाजुरा, १५ असार   ,,  यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर, असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमीनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ । कृषकले अघिल्ला वर्षहरुमा असार १५ गतेभित्र जिल्लाका अधिकांश खेतीयोग्य जमीनमा धान रोपेर सक्ने गरेका थिए...बाँकी अंश →


भरुवा बन्दुकसहित एक पक्राउ

खाँदबारी, १५ असार   ,,  सङ्खुवासभाको पाँचखपन नगरपालिका–६ बाट भरूवा बन्दुकसहित एक पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा वाना प्रहरीले पाँचखपन–६ सङ्खुवामगरगाउँका २९ वर्षीय जगत रानामगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । रानालाई घरभित्र लुकाई ‘लोड’ गरेर राखेको भरूवा बन्दुकसहित शनिबार प्रहरीले पक्राउ गरेको हो । बन्दुकसहित...बाँकी अंश →


महिला सशक्तीकरण कार्यक्रम सम्पन्न

  प्रिया अधिकारी/रूपन्देही असार १४ कञ्चन जेसिस र साना किसान सहकारी संस्था कञ्चनको संयुक्त आयोजनामा एक दिने महिला सशक्तीकरण कार्यक्रम कंन्चन १ लौसामा रहेको डाफे कटेज एण्ड पाटी प्यालेसमा सम्पन्न भएको छ। कञ्चन जेसिस बर्ष २०१९का संस्थापक अध्यक्ष चुरामडी पौडेलको अध्यक्षतामाब भएको उक्त कार्यक्रम कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले...बाँकी अंश →


कृष्णानगर नगरपालिका का वडाहरू खुल्ला दिशा मुक्त घोषणा हुदै

अजय मिश्र / कृष्णानगर असार १४ कपिलवस्तु बकाैली र झण्डेनगर वासीकाे स्वभिमान अबकाे पालाे पूर्ण सरसफाई अभियान भन्ने उद्देश्यका साथ कृष्णनगर नगरपालिका वडा न.३ र १० खुल्ला दिशा मुक्त घाेषणा गरिएकाे छ । कृष्णनगर नगरपालिका वडा न. ३ को वडा अध्यक्ष सगीर अहमद खां र १० को वडासचिव राम किशाेेर...बाँकी अंश →


पेट्रोल पम्प स्थापनाका लागि मापदण्ड

बुटवल, १३ असार  ,,  प्रदेश नं ५ सरकारले प्रदेशअन्तर्गतका राजमार्ग किनारामा पेट्रोलपम्प स्थापनाका लागि मापदण्ड निर्धारण गरेको छ । सरकारले निर्धारण गरेको मापदण्डअन्तर्गत राष्ट्रिय राजमार्ग र प्रदेश तथा नगरस्तरीय राजमार्ग किनारामा पेट्रोलपम्प सञ्चालनका लागि भिन्न भिन्न मापदण्ड निर्धारण गरिएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले सडक...बाँकी अंश →


‘लाग्यो असार’ बजारमा

काठमाडौँ, १३ असार  ,,  डिएआर मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत ‘लाग्यो असार’ बजारमा ल्याएको छ । गाउँघरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्देश्यले सोहीअनुरुप असारे भाकासहित लोक गीत ल्याउने प्रयास गरेको प्रभावन जेले जानकारी दिनुभयो । गीतमा नौ जना लोक गायकगायिकाले स्वर दिएका छन् ।...बाँकी अंश →


महिलामाथिको आक्रमण ः सिरिञ्ज हैन काँटी

रातिको करीब १०ः१५ बजे चकमन्न रात, मानिसको चहलपहल शून्य थियो । काठमाडौँ महानगरपालिका–१७ पुरानो ढल्कुकी एक महिला सडकमा कुकुर डुलाउँदै हुनुहुन्थ्यो । अगाडिबाट मोटरसाइकलमा आएका एक व्यक्तिले नजिकै पुगेर महिलामाथि केही चिजले प्रहार गरेर भागे । त्यसपछि महिला फनक्क फर्किंदा मोटरसाइकल भागिसकेको थियो । पछिल्लो केही महीनामा उस्तै प्रकृतिका छ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter