०८ चैत २०८२

प्रदेश

बलात्कार अभियुक्त फरार

वीरगञ्ज, १३ असार   ,,  गएराति वीरगञ्ज महानगरपालिका–२७ उदेयपुर घुर्मी बस्ने राकेश यादवले ११ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । जन्ती हेर्न आएकी ती बालिकालाई शुरुमा राकेशले जिस्काएको र पछि जबर्जस्ती करणी गरेको उजुरी परेपछि सो घटना सार्वजनिक भएको हो । पीडित पक्षको बयान...बाँकी अंश →


विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने

काठमाडौँ, १३ असार   ,,   ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका...बाँकी अंश →


बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’

नारायणपुर, १३ असार   ,,  जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको...बाँकी अंश →


ससीटिभी क्यामरा जडान

बैतडी, १३ असार ,,  आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताउनुभयो । करीब रु पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको...बाँकी अंश →


प्रहरी बिट हस्तान्तरण

हेटौँडा–२ स्थित सगरमाथा युपीभीसी उद्योगले ट्राफिक प्रहरी कार्यालय हेटौँडालाई प्रहरी बिट हस्तान्तरण गरेको छ । उद्योगका सञ्चालक राजेन्द्र न्यौपाने र रामबहादुर गुरुङले मकवानपुरका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरलाई बिहीबार सो प्रहरी बिटको साँचो हस्तान्तरण गरेका हुन् । सडकमा ड्युटी गर्न बसेका ट्राफिकलाई वर्षात्को समयमा निकै ठूलो समस्या...बाँकी अंश →


तोकिएको मितिमा पाँच स्थानीय तहले गाउँसभा गर्न सकेनन्

खोटाङ, १३ असार  ,,  जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि ल्याउन नसकेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको...बाँकी अंश →


जलेश्वर कारागार डुबानमा

गौशाला, १३ असार  ,,  आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन...बाँकी अंश →


एक मेगावाट विद्युत् आयोजना शिलान्यास

सिञ्जा, १३ असार   ,,  पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाट विद्युत् उत्पादनका लागि शिलान्यास गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र स्थानीयवासीको सेयर लगानीमा शुरु भएको उक्त आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शिलान्यास गर्नुभएको छ । पातारासी १ गढिगाउँबाट उत्पादन हुने उक्त...बाँकी अंश →


बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन

वालिङ, १३ असार   ,,  स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको संयोजनमा प्रदर्शन गरिएको जनचेतनामूलक...बाँकी अंश →


सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु

सप्तरी, १३ असार   ,,  सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख...बाँकी अंश →


स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित

डडेल्धुरा १३, असार   ,,  डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी...बाँकी अंश →


वडा न ८र ९संयुक्त रुपमा खुला दिसामुक्त क्षेत्र घोषणा

अजय मिश्र /कृष्णानगर अषाढ १२ कपिलवस्तु को कृष्णनगर नगर पालिका वडा न ८र ९संयुक्त रुपमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। कृष्णनगर नगरपालिकाका १२ वटा वडामध्ये ८ र९ नम्बर वड़ा साविक काे बहादुरगंज गबिसलाई संयुक्त रुपमा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको छ। संयुक्त अध्यक्ष नूर मोहम्मद मुसलमान र राम...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter